• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बलिउड फिल्म ‘उचाईंले नेपालको पर्यटन प्रवर्द्धन गर्छ’


बलिउड फिल्म ‘उचाईंले नेपालको पर्यटन प्रवर्द्धन गर्छ’

काठमाडौं । नेपालमा समेत छायाँकन भएको बलिउड फिल्म ‘उचाईं’ आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। नेपालको पर्यटकीय क्षेत्रमा छायाँकन भएकाले यो फिल्मले नेपाली पर्यटनलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।
फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जोङ्पा, परीनिती चोपडा, नीना गुप्ता, सारिका हसनजस्ता दिग्गज कलाकारहरूले अभिनय गरेका छन्।

नेपालकै पात्रलाई मूलकथा बनाइएको फिल्म छायाँकन गर्न दुई सयको हाराहारीमा प्राविधिक भारतबाट आएका थिए। त्यसमा नेपाली प्राविधिक तथा कलाकारले समेत काम गर्ने अवसर पाएका थिए।

बलिउडमा स्थापनाको ७५औँ वर्ष पूरा गरेको राजश्री प्रोडक्सनको निर्माण रहेको फिल्मलाई सुरज बडजात्याले निर्देशन गरेका छन्। नेपालमा स्वयम्भु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङमा झन्डै एक महिना छायाँकन भएको थियो। नेपालमा लाइन प्रोड्युसर सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले र प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मीले व्यवस्थापन गरेका थिए।

‘उहाँहरूसँग काम गर्दा नेपाली प्राविधिकले समेत सिक्न पाएँ। उहाँहरूको काम गर्ने शैली परिपक्व छ,’ प्रोडक्सन कोर्डिनेटर रेग्मीले भने, ‘दिग्गज कलाकारहरूको कामप्रतिको सरलता र मानवीय स्वभावले हामीलाई काम गर्न ऊर्जा प्रदान गर्थ्यो। निर्देशकले नेपाली दृश्य खिच्नलाई कुनै सम्झौता गर्नुभएन।’

छायाँकन टोलीमा भारतका एक सय ५५ जना सदस्य र नेपालीतर्फ कलाकारबाहेक छायाँकनमा ३० देखि ३५ जना नेपाली प्राविधिक खटेका थिए। टोलीका लागि ६० भन्दा बढी गाडीको प्रयोग चौबिसै घण्टा रहन्थ्यो। लाइन प्रोड्युसर आचार्यका अनुसार छायाँकनको दौरान लगभग तीन सयको हाराहारीमा हेलिकोप्टर उडान गरिएको थियो। ‘हामीले फाप्लो-लुक्ला, लुक्ला-नाम्चे, नाम्चे-एबीसी, कालापत्थर, कालापत्थर-काठमाडौं, काठमाडौं-मनाङको यात्रा हेलीबाटै गरेका थियौं,’ उनले भने।

उचाईंको छायाँकन भएपश्चात् केही सिरिज तथा फिल्महरू नेपालमा छायाँकन भएका छन्। ‘सरकारका तर्फबाट केही सेवासुविधा पाए छायाँकनमा आउने सङ्ख्या बढ्छजस्तो लाग्छ। कानुनी अड्चनसँगै विविध समस्याहरू छन्। यद्यपि, उचाईं प्रदर्शन भएपछि अन्य प्रोडक्सन हाउसलाई नेपालले लोभ्याउनेमा विश्वत छु,’ प्रोडक्सन कोर्डिनेटर रेग्मीले भने।
डेनी डेन्जोङ्पा सोलुखुम्बुवासीको भूमिकामा छन्। उनले आफ्ना बुढ्यौलीको साथीहरू अमिताभ, अनुपम र बोमनलाई नेपाल ल्याउने प्रयास गरे पनि त्यो सफल हुँदैन। डेन्जोङ्पाको निधनपश्चात् उनको अस्तुलाई नेपालमा विसर्जन गर्ने अठोट लिएर बाँकी तीन नेपाल आउने कथा फिल्ममा देखाइएको छ।

नेपाली गाइड परिणिती चोपडाले उनीहरूलाई हिमाल पुर्‍याउने र घुमाउने भूमिका निर्वाह गरेकी छन्। यात्रामा यी तीन साथीहरू आउने आरोह अवरोह नै मूल कथा हो। acpnewsnepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाली पर्यटन बढावा दिने भारतीय फिल्म , धारणा शर्माको लोकप्रियता
  • २०७९ कार्तिक २८, सोमबार ११:५३
  • In "मनोरन्जन"
  • ‘कश्मीर फाइल्स’को उत्साहजनक व्यापार, नेपालमा पनि रिलिज गर्ने तयारी
  • २०७९ कार्तिक २८, सोमबार ११:५३
  • In "मनोरन्जन"
  • बलिउड अभिनेता राजीव कपूरको निधन
  • २०७९ कार्तिक २८, सोमबार ११:५३
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post

राजनीति दलका उम्मेदवार लाई हैन स्वतन्त्र उमेदवार सरिता गिरी लाई मतदान गर्ने : स्थानीयको भनाइ

३ वर्षको प्रेमपछि करोड खर्चेर विवाह, घरनिकाला गरेर सम्बन्धविच्छेद मुद्दा

जनतालाई जनमत चाहिएको छ : नेता बिनोद चौधरी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version