• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बच्चालाई कम दूध चुसाउने महिला स्तन क्यान्सरको उच्च जोखिममा


बच्चालाई कम दूध चुसाउने महिला स्तन क्यान्सरको उच्च जोखिममा

काठमाडौं । बच्चालाई कम दूध चुसाउने महिलामा स्तन क्यान्सरको उच्चजोखिममा हुने गरेको पाइएको छ । प्राकृतिक चक्रविपरीत बच्चालाई कम दूध खुवाउने, महिनावारीमा गडबडी, ३० वर्षपछि सन्तान जन्माउने तथा मोटोपन भएका महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने गरेको पाइएको हो ।

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार अस्वस्थ तथा शहरी जीवनशैली, धुम्रपान तथा मद्यपानको सेवन स्तन क्यान्सरका प्रमुख कारण हुन् । सामान्यतया ५५ वर्षमाथिका महिलामा स्तन क्यान्सरको समस्या देखिने शाहीले न्युज कारखानासँग बताए । वंशाणुगत गुणका कारण ५५ वर्षभन्दा कम उमेरमा पनि क्यान्सर देखिन सक्ने उनी बताउँछन् ।

अक्टोबर महिनालाई विश्वभर नै स्तन क्यान्सर जनचेतनाको महिना मानिन्छ । यस महिनामा स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउने, स्वास्थ्य शिविर गर्नेलगायतका गतिविधि हुने गर्छन् । महिलाको पाठेघरको क्यान्सर र स्तन क्यान्सर पछिल्लो समय विकराल छ । विश्वव्यापी साझा समस्याको रूपमा रहेको स्तन क्यान्सर विकासोन्मुख तथा निम्न आर्थिक अवस्था भएका मुलुकहरूमा अझ बढ्दो छ ।

डा. शाही भन्छन्, ‘स्तन क्यान्सर सुरुमा नै पहिचान गरी उपचार गर्न सके निको हुन्छ । तर, उपचार गराउन ढिला भएमा महिलाको बाँच्ने अवधि कम हुन पुग्छ ।’

विश्वमा रोगका कारण महिलाहरूको मृत्यु हुने गरेकामा स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । स्तन क्यान्सरबाट बर्सेनि विश्वभर छ लाख २७ हजार महिलाले ज्यान गुमाउने गरेका छन् । नेपालमा प्रत्येक दिन पाँच जना महिलाको स्तन क्यान्सरका कारण मृत्यु हुने गरेको छ ।

स्तन क्यान्सरको जोखिममा पुरुष पनि

स्तन क्यान्सर पुरुषमा पनि हुने गरेको पाइएको छ । प्रत्येक एक हजार पुरुषमा एक जनामा स्तन क्यान्सर हुने गरेको छ ।

क्यान्सर हुनुको कारण महिलाहरूको जस्तै भए तापनि पुरुषको स्तनको कोषिका अनियन्त्रित भएर विभाजित हुने चरणमा पुरुषमा स्तन क्यान्सरको समस्या देखा पर्न सक्छ ।

स्तन क्यान्सरका कारणहरू

– अस्वस्थ जीवनशैली

– नियमित व्यायाम नगर्नु

– बच्चालाई कम दूध खुवाउनु

– ३० वर्षपछि बच्चा जन्माउनु

– मोटोपना हुनु

– अनुवांशिक गुण

स्तन क्यान्सरका लक्षणहरू

– स्तन तथा काँखीमुनि गिर्खा वा गाँठा गुठी देखिनु

– स्तनको मुन्टो निचोर्दा पिप वा रगत देखापर्नु

– स्तनको आकार तथा रङमा परिवर्तन हुनु

– स्तनको मुन्टो गाडिनु वा खाल्डो पर्नु

यस्ता लक्षण नदेखिए पनि शरीर दुख्ने, आलस्य हुने, खान मन नलाग्ने, तौल कम हुँदै जानु पनि स्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन् ।

रोकथामका उपाय

– नियमित व्यायाम गर्ने

– धुम्रपान तथा मादक पदार्थ सेवन नगर्ने

– बच्चालाई प्रशस्त मात्रामा दूध खुवाउने

– मासिक रूपमा आफ्नो स्तनको जाँच आफैँ गर्ने

– नियमित वर्षको एक पटक स्तन जाँच गराउने

– ४५ वर्ष उमेर पुगेका महिलाले वर्षमा एक पटक म्यामोग्राम गराउने

– परिवारमा अन्य महिला सदस्यमा स्तर क्यान्सर छ भने ४० वर्षको उमेरमा म्यामोग्राम गराउने

– ४० वर्षभन्दा कम उमेरका महिलामा शंका भएमा स्तनको एक्स रे गराउने

म्यामोग्राम भनेको के हो ?

म्यामोग्राम भनेको उपचार विधिमा स्क्रनिङ गर्नु भन्ने बुझिन्छ । स्तन क्यान्सर हुनुभन्दा अघि शंका लागेमा आफूलाई क्यान्सर छ कि छैन भनी पत्ता लगाउने विधि हो । यो इमेजी अध्ययन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • के बालबालिकाहरु मोटोपनको सिकार हुँदैछन् ?
  • २०७८ आश्विन १७, आईतवार १६:१२
  • In "जीवनशैली"
  • पाठेघरको मुखको क्यान्सर हुनुअघि देखिन्छ यस्तो संकेत
  • २०७८ आश्विन १७, आईतवार १६:१२
  • In "जीवनशैली"
  • जान्नुहोस् हरियो मकैका ८ फाइदा, बलियो हड्डी आँखालाई राम्रो
  • २०७८ आश्विन १७, आईतवार १६:१२
  • In "जीवनशैली"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post

नेप्से परिसूचक ५६ अंकले घट्दा यी कम्पनीकाे शेयरमूल्य भने बढ्यो

काठमाडौंमा गान्धी जयन्तीको अवसरमा कला प्रदर्शनी

चीनको लागि भारतले तैनाथ गर्‍यो ५० किमि सम्म मार गर्ने तोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version