• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अमेरिकी दिदीभाइ चीनबाट तीन वर्षपछि रिहा


अमेरिकी दिदीभाइ चीनबाट तीन वर्षपछि रिहा

बीबीसी । चिनियाँ मूलमा दुई अमेरिकी दिदीभाइलाई तीन वर्षपछि चीनले अमेरिका फर्कन अनुमति दिएको छ । चीन भ्रमणका रहेका बेला सिन्थिया र भिक्टर लु एवम् उनीहरूका आमालाई आर्थिक अपराधको आरोप लगाइएको थियो ।

उनीहरूले आफ्नो पितालाई चीनमा ठगीको आरोप खेप्न चीन फर्काउने प्रयासमा नियन्त्रित गरिएको बताउने गरेका छन् । चिनियाँ प्रविधि व्यापारी मङ्ग वान्जू र दुई क्यानडेली नागरिकलाई नियन्त्रणमुक्त गरिएको बेला चीनको यो नयाँ निर्णय आएको हो । आलोचकहरूले चीनले आमनागरिकलाई राजनीतिक दबावका लागि मोहरा बनाउने गरेको आरोप लगाउँछन् ।

चीनले यसलाई सधैँ अस्वीकार गर्छ । सोमवार अमेरिकी सिनेटरहरू एडवार्ड मार्के र एलिजावेथ वारेनले एक विज्ञप्तिमा सिन्थिया र भिक्टर लु चिनियाँ सरकारको गोटीको रूपमा चीनमा कठिन तीन वर्ष बिताएपछि घर फर्किएको बताएका छन् । उनीहरूले ति दिदीभाइका आमा अमेरिकी नागरिक सान्ड्रा हान अझै चीनको नियन्त्रणमा रहेको बताएका छन् । उनीहरूले अमेरिकी सरकारसँग उनलाई फर्काउन मिलेर काम गरिरहेको बताइएको छ ।

सन् २०१८ मा उनीहरू नातेदार भेट्न चीन पुगेका थिए । त्यो बेला २७ वर्षीया दिदी कन्सल्टेन्टको रूपमा काम गर्थिन् भने १९ वर्षीय भाइ विश्वविद्यालयमा पढ्दै थिए । उनीहरूका अनुसार चीन पुगेको केही दिनमा आमालाई चिनियाँ अधिकारीले नियन्त्रणमा लिएर गोप्य जेलमा लिएर गए । उनीहरूले आफू चीन छोड्नबाट रोकिएको पनि थाहा पाए ।

यो बेला चिनियाँ विदेश मन्त्रालयले ती तीनसँग चिनियाँ नागरिक भएको कागजात भएको र उनीहरूमाथि आर्थिक अपराध गरेको शङ्का गरिएको बताएको थियो । ह्वावेइकी उच्च अधिकारी मङ्ग वान्जू क्यानडामा रिहा भएको केही घण्टामै क्यानडाका माइकल स्प्याभर र माइकल कोभिङलाई चीनले नियन्त्रणमुक्त गरिदिएको छ ।

तर दिदीभाइले न्यूयोर्क टाइम्स समाचारपत्रलाई आफूहरूलाई चिनियाँ सरकारी ब्याङ्कका पूर्वकर्मचारी रहेका पितालाई चीन आउन दबाव दिन नियन्त्रणमा लिइएको बताएका थिए। उनीमाथि आर्थिक हिनामिनाको आरोप लागेको भए पनि उनले सन् २०१२ मै श्रीमती र छोराछोरीसँग सम्बन्ध तोडेको बताइएको छ ।

चाइना डेलीमा यसअघि प्रकाशित समाचारमा उनीहरूका पिता लु चाङमिङ चीनले खोजिरहेको प्रमुख १०० भगौडामा रहेको र भ्रष्ट्राचार आरोपमा खोजी भइरहेको बताइएको थियो । उनी सन् २००७ मा चीनबाट भागेका थिए । न्यूयोर्क टाइम्सका अनुसार उनीहरूको आमा व्यापारी रहेको र उनीसँग लाखौँ डलरको घरजग्गा रहेको छ ।

अमेरिकी समाचारमा चीनले अमेरिकी नागरिकलाई क्यानडेली नागरिकहरू माइकल स्प्याभर र माइकल कोभिङसँगै छोडेको बताएका छन् । क्यानडेली नागरिकहरू सन् २०१८ मा जासुसीको आरोपमा पक्राउ परेका थिए । क्यानडाले ह्वावेइका मङ्ग वान्जूलाई चीन फर्कन दिएको केही घण्टापछि क्यानडेली नागरिकलाई चीनले रिहा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनमाथि बाइडेन प्रशासनको दबाबसँगै ‘साउथ चाइना सी’मा भियतनाम र फिलिपिन्सको सक्रियता
  • २०७८ आश्विन १३, बुधबार १०:१४
  • In "अन्तराष्ट्रिय"
  • चिनियाँ मानव तस्करको निशानामा गरिब एसियाली मुलुक
  • २०७८ आश्विन १३, बुधबार १०:१४
  • In "BannerNews"
  • चीनसँगको व्यापारले धेरै देशलाई अप्ठेरो
  • २०७८ आश्विन १३, बुधबार १०:१४
  • In "अन्तराष्ट्रिय"
Tags: #world#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

क्षेप्यास्त्र परिक्षण सफल भएको उत्तर कोरियाको दावी

सम्भावित गृहयुद्ध र भूराजनीति

नेप्सेमा उच्च अङ्कको गिरावट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version