• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काठमाडौंमा सीमा अतिक्रमणविरुद्ध चिनियाँ राष्ट्रपतिको पुत्ला दहन


काठमाडौंमा सीमा अतिक्रमणविरुद्ध चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

काठमाडौं । चीनविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ । हुम्लास्थित नेपाली भूमि चीनले अतिक्रमण गरेको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको हो । अभियानले माइतीघर मण्डलामा चीन विरुद्ध प्रदर्शन गर्दै चिनियाँ राष्ट्रपति सी चिङपिङको पुत्ला समेत दहन गरेको छ । चिनियाँ राष्ट्रपतिको पुतला दहन गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवले चीनद्वारा विभिन्न बहानामा बारम्बार नेपाली भूमि अतिक्रमण भइरहेको बताए ।

उनले मिचिएको नेपाली भूमि यथाशीघ्र फिर्ता गर्नु पर्ने मागसमेत राखे। उनले भने,‘चीनको नेपालमाथि जाहिले पनि गिद्ध कुदृष्टि रहेकोले चीनको राष्टपतिको आज पुतला दहन गरिएको हो र अब उपरान्त चीनले हाम्रो भूमि फिर्ता गरेन भने देश भरी चीनको विरुद्धमा हामी आन्दोलन गर्न बाध्य हुने छौँ।’ प्रदर्शनकाे क्रममा सहभागीहरुले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर र अघाेषित नाकाबन्दी खुला गर भन्दै चीनविरुद्ध नारा लगाएका थिए।

प्रदर्शन हुम्ला जिल्लाको सीमावर्ती क्षेत्रका जनताहरुको पनि सहभागिता समेत रहेको थियो।

प्रदर्शनको क्रममा हुम्लाका स्थानीयवासीहरुले चीनले नेपालको भूमी मिचेको ठोकुवा समेत गरेका छन् । हुम्ला सीमा नाकाका स्थानीय कोटन्व तामाङले चीनले पिलर नै नयाँ राखेको र नेपाली भूमिमा भवनहरु बनाएर बार समेत लगाएको बताएका छन् ।

उनले भने,‘ नेपाली भूमी चीनले मिचेकै हो, पुरानो पिलर नै गायब पारिएको छ।’ १२ नम्बर पिलर राख्दा जनप्रतिनिधिलाई जानकारी नगराइएको र स्थानीय मान्छे पनि नराखी परिवर्तन गरिएको उनले बताए ।

उनले भने,‘चिनियाँ प्रहरी आएर हामीलाई धम्क्याउने गर्छन, हाम्रो कुरै नसुन्ने, एकलौटी रुपमा सिमानमा जे मन लायो त्यही गर्ने जस्ता क्रियाकलापले नेपाली भूमि मिचेको प्रमाणित हुन्छ।’

त्यस्तै अर्का स्थानीयका अनुसार नेपालको भूमिमा चीनले बार लगाएको छ । ती स्थानीयले भने,‘ नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा ३÷४ वर्ष अगाडि कुनै भवन थिएन, कुनै बार लगाइएको थिएन, अहिले बार लगाएको पनि देखिन्छ, नेपाली भूमिमा चिनियाहरुले भवन बनाएको पनि देखिन्छ।’

त्यस्तै नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले पनि भवनहरू नेपाली भूमिमै बनेको पाइएको बताए । भवनहरू नेपाली भूमिमा रहे पनि केपी ओलीको सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानीयहरू भने चिन्तितसँगै आक्रोशित भएको उनले बताए।

चिनियाँहरूले भवन बनाएको ठाउँभन्दा पर ग्यापुदोचा भन्ने ठाउँको पानी ढलो भएदेखि यता नेपाल उता चीन रहेकोमा उनीहरूले अतिक्रमण गरी भवनहरू बनाउँदा पनि तत्कालीन केपी आली सरकार सीमा मिचिएको होइन भनेर बसेकामा नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङ गुनासो गर्छन् । वडा अध्यक्ष पाल्जोर तामाङले चिनियाँहरूले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमीमा आएर भवनहरू बनाएको बताए।

त्यस्तै अर्को एक सरकारी प्रतिवेदनमा नेपालको ६४ हेक्टर जग्गा चीनले मिचेको छ। कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाको प्रतिवेदनमा चार जिल्लाका ११ ठाउँमा चीनले नेपाली भूमि मिचेको उल्लेख छ।

हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालीमा ४ हेक्टर जग्गा चीनले मिचेको पाइएको छ। त्यस्तै रसुवाको सान्जेन खोलामा २ हेक्टर, भुर्जुग खोलामा एक हेक्टर, जम्बु खोलमा ३ हेक्टर नेपाली भूभाग चीनले अतिक्रमण गरेका छ। लेम्दे खोलामा पनि समस्या छ।

सिन्धुपाल्चोकको खराने खोला ७ हेक्टर, भोटेकोशीमा ४ हेक्टर, त्यसतै संखुवासभा सुमजुँग खोलामा ३ हेक्टर, कामखोलामा २ हेक्टर र अरुण खोलामा ४ हेक्टर जग्गा चीनसँग सीमा समस्या छ। प्रतिवेदन अनुसार नदी वहाव परिवर्तनका कारण नेपालको भूभाग चीन परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लोकतान्त्रिक समाजवादी पार्टी द्वारा चिन विरुध काठमाडौंमा विरोध प्रदर्शन
  • २०७८ आश्विन ११, सोमबार १६:५९
  • In "देश"
  • राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन
  • २०७८ आश्विन ११, सोमबार १६:५९
  • In "BannerNews"
  • काठमाडाैँमा राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन
  • २०७८ आश्विन ११, सोमबार १६:५९
  • In "देश"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

ईस्लाम भनेको के यहि हो ; अफगानी महिलाको अधिकार माग गर्दै माइतीघरमा प्रदर्शन

ह्वाइट हाउसमा मोदी र बाइडेन बीचमा भेटवार्ता , अन्तर्राष्ट्रिय कुटनितिमा तरंग

चोरी पैठारीमा गोलबजार नपाको जेसीबी सहित चालक प्रहरी नियन्त्रणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version