• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरधाम उपमहानगरको आर्थिक कारोबार तीन महिनादेखि ठप्प


जनकपुरधाम उपमहानगरको आर्थिक कारोबार तीन महिनादेखि ठप्प

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कारोबार तीन महिनादेखि ठप्प रहेको छ । उपमहानगरपालिकाको नयाँ खाता सञ्चालन हुन नसक्दा आर्थिक कारोबार ठप्प भएको हो ।

वडाध्यक्षहरूले मेयर लालकिशोर साहले पछिल्लो परिषद्को फाइल क्लोज नगरेकाले अहिलेसम्म नयाँ खाता सञ्चालन हुन नसक्दा आर्थिक कारोबार ठप्प हुन गएको आरोप लगाएका छन् । वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले पछिल्लो परिषदको निर्णयसहितको फाइल क्लोज गरेर नेटमा हाल्न नसकेको कारण नयाँ खाता हुन नसकेको बताए ।

‘परिषद्को निर्णयसहितको फाइल परिषद् सम्पन्न भएको १५ दिनभित्रै गर्नुपर्ने कानूनी प्रावधान छ तर मेयर साहले आफ्नो योजनाहरू हालसम्म छनौट गर्न नसकेको कारण फाइल क्लोज गरेका छैनन् । नयाँ खाता सञ्चालन हुन नसक्दा उपमहानगपालिका र वडाका आर्थिक कारोबार गत तीन महिनादेखि ठप्प छन्,’ उनले भने । यस्तै वडा नम्बर १० का अध्यक्ष मिथिलेश कर्णले मेयर साह र उपमेयर रीता मिश्रले आफ्ना योजनाहरू रकमसहित छनौट गर्न नसकेका कारण फाइल क्लोज गर्नमा ढिलाइ भइरहेको बताए ।

वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले पनि मेयर साहकै कारण आर्थिक कारोबार ठप्प रहेको आरोप लगाए । ‘पछिल्लो परिषद्को फाइल क्लोज गरेर नेटमा हाल्ने र त्यहाँबाट स्वीकृतिपश्चात खाता खोल्ने प्रावधान छ तर सो प्रक्रिया पुरा गर्न नसक्दा खाता सञ्चालनमा ढिलाइ भएको हो,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत विनोद खड्का र मेयर साहबीचको मतान्तरले गर्दा फाइल क्लोज हुन नसकेको उपमहानगरपालिकाका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने । ‘योजना छनौटमा नपरेका करारमा कर्मचारी भर्ना, मर्मत सम्भारका लागि रहेका गाडी बनाउने, विभिन्न योजनामा रकम निर्धारणको विषयमा प्रमुख प्रशासकीय अधिकृतले असहमति जनाएका कारण मेयर साहले १५ दिनमा क्लोज गर्नुपर्ने फाइल हालसम्म क्लोज गर्नुभएको छैन,’ उनले भने ।

नयाँ खाता सञ्चालन हुन नसक्दा कर्मचारीहरूले तीन महिनादेखि तलब लिन पाएका छैनन् भने औषधि तथा शैक्षिक सामग्रीलगायत उपमहानगर तथा वडा कार्यालयका अन्य आर्थिक कारोबार ठप्प रहेको छ । उपमहानगरपालिकाका लेखा अधिकृत नन्दकुमार झाले उपहानगरपालिकाको नयाँ खाता सञ्चालन हुन नसक्दा कर्मचारीहरूको तीन महिनाको तलब बाँकी रहेको र औषधि तथा शैक्षिक सामग्री खरिदलगायतका कुनै पनि आर्थिक कारोबार अघि बढन नसकेको बताए ।

‘अहिलेसम्म खाता सञ्चालन हुन नसके पनि दसैं तिहारनजिक कात्तिक महिनामा कर्मचारीहरूलाई तलब भत्तालगायतका भुक्तानीका लागि जसरी पनि खोल्नैपर्छ,’ उनले भने । खाता नखुल्नुको स्पष्ट कारणचाहिँ उनले बताउन चाहेनन् । ‘हाम्रो पालिकाका मात्रै होइन देशका अधिकांश पालिकाको खाता सञ्चालन हुन सकेको छैन,’ मेयर साहले भने, ‘नयाँ खाता सञ्चालनमा प्रत्येक वर्ष असोज कात्तिकसम्मको समय लाग्छ, प्रक्रियामा छ चाँडै नै खुल्नेछ ।’ – सुभाष कर्ण, ईकागज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • छोरीको विवाह भन्दै नक्कली विहे कार्ड छापाएर नगरपालिका कार्यालयबाट आर्थिक सहयोग
  • २०७८ आश्विन ७, बिहीबार १७:४५
  • In "BannerNews"
  • मधेश कृषि विश्वविद्यालयको बेहालः उप–प्राध्यापकहरुद्धारा जिल्लामा क्रियाशील राजनीतिलाई ज्ञापनपत्र
  • २०७८ आश्विन ७, बिहीबार १७:४५
  • In "BannerNews"
  • परिवर्तित खरिद-बिक्री खाताबाट यसरी गर्नुस् करको विवरण अध्यावधिक
  • २०७८ आश्विन ७, बिहीबार १७:४५
  • In "आर्थिक"
Tags: #आर्थिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

अमेरिका- फ्रान्स बीचको सम्बन्ध किन बिग्रियो ?

तुलसीको पातका यी फाइदाहरू थाहा पाउँदा छक्क पर्नुहुनेछ

अफगानिस्तानको भुमी तालिवानमा फेरी गृह युद्ध हुने चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version