No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

खानेकुरामा मिसावट : कसरी थाहा पाउने ?

खानेकुरामा मिसावट : कसरी थाहा पाउने ?

खानेकुराको शुद्धतामाथि हामी जहिले पनि सशंकित हुनुपर्ने अवस्था छ । बजारमा उपलब्ध खानेकुरामा निर्भर हुँदा हामी त्यसको शुद्धतामा ढुक्क हुन सकिरहेका छैनौं ।

कुनैपनि खानेकुराको शुद्धता र गुणस्तर जाँच गरेर खरिद गर्ने परिपाटी छैन । त्यसैले बजारमा म्याद गुज्रिएका खाद्यवस्तु छ्यापछ्याप्ती हुने गर्छ । यस्ता खानेकुराले हाम्रो शरीरलाई पोषण दिने होइन, बरु अरु रोगी बनाउने जोखिम छ ।

हामी स्वस्थ्य जीवनको लागि खानेकुरा सेवन गर्छौ । हाम्रो खानामा प्रोटिन, बोसो, कार्बोहाइड्रेट, भिटामिन, खनिज, लवण आदि सामेल हुनुपर्छ । यी सबैको सन्तुलनले नै शरीर स्वस्थ्य हुने हो । यद्यपि अहिले खानेकुरामा अनेकौ बस्तुको मिसावट हुन्छ । त्यसले गर्दा खानेकुराबाट जे प्राप्त गर्नुपर्ने हो, त्यो त प्राप्त हुँदैन नै । बरु, त्यसले शरीरमा प्रतिकुल असर पुग्छ ।

व्यापारीले बढी मुनाफा आर्जन गर्ने हेतुले खानेकुरामा विभिन्न किसिमका अखाद्य तत्व मिसाउने गर्छन् । यस्तो मिसावट हामीले दैनिक प्रयोग गर्ने खाद्यपदार्थमा हुन्छ । जस्तो कि, घिउ, दुध, दही, चामल, दाल, तेल, मसला, मिठाई ।

खानेकुराको सोझो सम्बन्ध हाम्रो स्वस्थ्यसँग हुन्छ । त्यसैले हामी जे खान्छौ, त्यसको असर शरीरले झेल्नुपर्छ । यस हिसाबले अखाद्य पदार्थको सेवनले शरीरमा बिकार बढाउँछ । त्यसले रगत अशुद्ध बनाउँछ । पाचन यन्त्रमा असर गर्छ । मिगौला, कलेजो जस्ता भित्री अंगको कार्यक्षमता कमजोर बनाउन सक्छ ।

कसरी जोगिने ?

खाद्यपदार्थ खरिद गर्दा त्यसको गुणस्तरमा ध्यान दिनुपर्छ । सामान्यतः चामल, गेडागुडीमा मिसावट छ÷छैन भन्ने कुरा सहजै जाँच्न सकिन्छ । त्यस्ता खानेकुरामा ढुंगा लगायत मिसाइएको हुन्छ । जथाभावी तेल, घिउ खरिद गर्नु हुँदैन । आफुले प्रयोग गरिरहेको ब्रान्ड वा कम्पनीको खाद्य वस्तु खरिद गर्नुपर्छ, जसको गुणस्तरमा आफु ढुक्क हुन सकिन्छ ।

त्यस्तै कतिपय खानेकुरामा मिसावट भएको जाँच गर्ने विधी छ । दुध, तेल, बेसार आदिमा भएको मिसावटबारे घरमै जाँच गर्न सकिन्छ ।

बेसार

हरेक छाकमा प्रयोग हुने बेसार शुद्ध हुन्छ भन्ने छैन । बजारबाट खरिद गरेर प्रयोग गरिने बेसारमा मेटानिल येलो नामक रसायन मिसाइन्छ । जबकी यो क्यान्सर जस्तो भयानक रोगको कारण समेत बन्न सक्छ ।

बेसार पाउडरमा केहि थोपा हाइड्रोक्लोरिक एसिड र उत्तिनै थोपा पानी हालेर जाँच्नुपर्छ । यदि बेसार गुलाबी वा बैजनी रंगको भयो भने, त्यो मिसावट भएको हुनसक्छ ।

दुध

दुध वा अन्य दुधजन्य उत्पादनमा मिसावटको एकदमै संभावना हुन्छ । सामान्यत दुधमा पानी मिश्रण गरिन्छ । यदि पानी शुद्ध छ भने त त्यो जटिल समस्या भएन । यदि पानीको ठाउँमा यूरिया, रंग वा वाशिङ पाउडर मिसाइयो भने त्यो स्वास्थ्यका लागि घातक हुनसक्छ ।

सामान्य विधी अनुसार दुधको केहि थोपालाई सफा वा चिल्लो स्थानमा चुहाउनुपर्छ । त्यो थोपा बिस्तारै चुहियो र सफा दाग रह्यो भने, दुध शुद्ध हुन्छ ।

दुधमा पानी मिसाइएको छ, छैन भनेर जाँच्ने माध्याम हो ल्याक्टोमिटर । यसको रिडिङ २८ देखि ३४ हुनुपर्छ । यदि यो रिडिङ २८ भन्दा कम आयो भने त्यसमा पानी मिसिएको हुनसक्छ । त्यसो त ल्याक्टोमिटरमा रिडिङ बढाउनका लागि पनि दुधमा यूरिया, चिनी, वाशिङ पाउडर मिसाउने गरिएको छ । यसको जाँच दुधमा आयोडिन मिसाएर गर्नुपर्छ । यदि दुधको रंग निलो भयो भने त्यसको अर्थ हो, दुधमा स्टार्च मिसाएको छ । दुध जति नै अल्कोहल मिसाउँदा त्यो फाट्यो भने दुधमा मिसावट भएको बुझिन्छ

घिउ 

घिउमा बनस्पती घिउ मिसाउने संभावना हुन्छ ।

घिउमा मिसावट जाँच्नका लागि १० सिसी हाइड्रक्लोरिक अम्ल र एक चम्चा चिनी मिसाउनुपर्छ । यस मिश्रणमा १० सीसी घिउ मिसाउनुपर्छ । अब उक्त मिश्रणलाई राम्ररी हल्लाउने । यदि मिश्रणको रंग रातो भयो भने घिउमा मिसावट हुन्छ । रंग बद्लिएन भने घिउ शुद्ध छ ।

धूलो खुर्सानी

दैनिक भान्सामा बजारमा पाइने रातो धूलो खुर्सानी खरिद गर्छौं । यस्तो खुर्सानीमा मिसावटको अधिक संभावना हुन्छ । खासगरी रातो खुर्सानीको धुलोमा इटाको धुलो मिसाउने गरिन्छ । साथै अन्य कृतिम रंग मिश्रण गरेर त्यसलाई रातो बनाउने गरिन्छ ।

एउटा कचौरामा पानी राख्ने । त्यसमा खुर्सानीको धुलो हाल्ने । यदि पानीमा त्यो खुर्सानीको पाउडर तैरियो भने, शुद्ध हो । डुब्यो भने त्यसमा मिसावट भएको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
लुम्बिनीमा संविधान दिवस : प्रमुख विपक्षी एमालेलाई निम्तो नै दिइएन

लुम्बिनीमा संविधान दिवस : प्रमुख विपक्षी एमालेलाई निम्तो नै दिइएन

चीनले नेपाली भुमि मिचेकाे विराेधमा लाेसपाकाे प्रदर्शन

चीनले नेपाली भुमि मिचेकाे विराेधमा लाेसपाकाे प्रदर्शन

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको तराई सडकको काम सन्तोष जनक

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको तराई सडकको काम सन्तोष जनक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .