No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमसीसी बारे चीनलाई वास्ता छैन भने स्वघोषित दास बनेर किन वास्ता गर्ने ?


एमसीसी बारे चीनलाई वास्ता छैन भने स्वघोषित दास बनेर किन वास्ता गर्ने ?

एमसीसीको विरोध गर्नु ‘लाल मनोवैज्ञानिक’ रोग हो’

देउवाले परिपक्वता देखाएनन्, सम्झौता फिर्ता गए प्रचण्ड र माधव नेपालको दोष हुन्छ

facebook sharing button
twitter sharing button

नेपालमा यतिखेर अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता विवादमा छ । विवाद चर्किरहेकै बेला एमसीसी मुख्यालयकी कम्प्याक्ट अप्रेशन उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपाल आएर फर्केको छ । सो टोलीले प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूलाई उनीहरूकै घरदैलोमा पुगेर एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्न आग्रह गर्ने र दबाब दिने काम गरेको छ ।

सो टोलीले हिजो (आइतबार) नेपालमा एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन लबिङ र दबाब बढाइरहेका पक्षधरहरूसँग छलफल ग–यो । सो छलफलमा अर्थ राजनीतिक एवं परराष्ट्र मामिलाका विश्लेषक अरूण कुमार सुवेदी पनि सहभागी थिए । सुवेदी एमसीसी कम्प्याक्ट सम्झौता लागू गराउनैपर्छ भनी निरन्तर लविङ गर्दै आइरहेका बुद्धिजीवी हुन् ।

विरोधीहरूले अनावश्यक बखेडा झिकेको बताउने सुवेदी एमसीसी सम्झौता हरहालतमा नेपालले कार्यान्वयन गर्नुपर्छ भन्ने पक्षमा छन् । सुवेदीसँग रातोपाटीले गरेको कुराकानी :

एमसीसी कम्प्याक्ट अप्रेशनकी उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौता पक्षधर विज्ञहरूसँग गरेको छलफलमा यहाँ पनि सहभागी हुनुभयो, फातिमाको भनाइ के थियो ?

अरू नेताहरूलाई उहाँले औपचारिकरूपमा जे भन्नुुभयो, हामीसँग पनि त्यही कुरा गर्नुभयो । त्यहाँ कम्प्याक्टको विषयवस्तुु र शब्दका अर्थबारे अनर्थ​ लगाउने पात्र र व्यक्तिहरू थिएनन् । त्यसैले, एमसीसीका शर्तहरूबारे उहाँ (फातिमा) ले स्पष्टीकरण दिनुपर्ने स्थिति बनेन । अमेरिकाको पक्ष (एमसीसी) बारे उहाँले धारणा राख्नुुभयो ।

‘एमसीसी सम्झौता संसारका ५० भन्दा धेरै देशसँग भएको छ । नेपाल र श्रीलंकामा यसबारे धेरै विवाद भयो । श्रीलंकाबाट हामी पछि हटिसक्यौँ । मंगोलियामा कार्यान्वयन भइसक्यो, तपाईंहरूलाई विकास/समृद्धि मन पर्दैन र उत्तेजना तथा नकारात्मक प्रचारबाजीलाई नै नेपालका राजनीतिक शक्तिहरूले उचित भन्ठान्छन् भने निर्णय गर्नुस्’ भन्नुभयो ।

नेपालकै प्रस्तावअनुसार संसदबाट अनुमोदन प्रावधान राखेको र सरकारको मात्रै निर्णय भएको भए हामी यो भन्दैनथ्यौँ, कार्यान्वयन गर या सहायता फिर्ता लैजान्छौँ भन्थ्यौँ । संसदीय अनुमोदनको व्यवस्था राखेको हुनाले निर्णय संसदबाटै हुनुपर्ने बाध्यात्मक स्थिति हामीलाई आयो । त्यसकारण, सहायता लिने या नलिनेबारे संसदले निर्णय गरोस् । गरीब जनताका लागि लगानी गर्न खोजिएकाले जनताको जीवनस्तरमा यसले ठूलो कायापलट गर्न भनेर निर्धारित परियोजना हो । आर्थिक पक्षमा यथोचित विश्लेषण गरेर नेपालकै इच्छाअनुसार छनोट भएको कार्यक्रम हो । नलिने हो भने भन्नुस्, विश्वका देशै देशले सहायता कुरेर बसेका छन् । हामीलाई नेपालमै कार्यान्वयन गर्नुपर्ने बाध्यता छैन भन्ने उनीहरूको प्रष्ट धारणा पाएँ ।

अर्को एउटा वर्ग छ, त्यो निकै सुकिलो छ । त्यसले बिप्पा सम्झौता हुँदा पनि नेपाल अब १० वर्षभित्र सिक्किम बन्छ भन्थे ।

तपाईंले निकै अघिदेखि एमसीसी सम्झौताका पक्षमा कुरा गरिरहनुुभएको छ । तर, यो सहायता सम्भवतः नेपालमा अहिलेसम्मकै चरम विवादित हो, सडकदेखि सदनसम्म यसको विरोध भइरहेको छ, सम्झौता विवादित हुनुको कारण के हो, सरकारले कहाँनेर कमजोरी ग–यो ?

पहिलो त एमसीसी सम्झौता विवादित छैन, जबरजस्ती विवादित बनाइएको हो । नेपालमा अहिलेसम्मको राजनीतिक परम्परा नकारात्मक उत्तेजना फैलाएर जनतालाई आफूप्रति ध्यानाकर्षित बनाएर भोट लिनेतर्फ चलिआएको छ । अन्तिम अध्यायमा भारतविरोधी राष्ट्रियताको प्रचारबाजीबाट केपी ओलीजीको दमदार उदय भयो । अहिले त्यो हतियार लगभग भुत्ते भइसक्यो, अब काम गर्दैन ।

अब चुनावमा के लिएर जाने भन्नेबारे बाम स्कूलका पार्टीलाई निकै सकस छ । त्यसैले यसैलाई नकारात्मक उत्तेजनाको हतियार बनाएर जनतामा गएर आफ्नो सान्दर्भिता पुष्टि गर्न खोज्ने प्रयास भइरहेको छ । किम इल सुुङलाई आदर्श शासक मान्ने पुरातनपन्थी वाम धारणका मान्छेहरूले एक किसिमको सडकीय उत्तेजना र नकारात्मकता निर्माण गरे ।

अर्को एउटा वर्ग छ, त्यो निकै सुकिलो छ । त्यसले बिप्पा सम्झौता हुँदा पनि नेपाल अब १० वर्षभित्र सिक्किम बन्छ भन्थे । आजसम्म तपाईं हाम्रो नागरिकता नेपालकै छ, भारतको लिएका छैनौँ ।

नेपाली काँग्रेसले समर्थन गर्छु भनेकै थियो । काँग्रेस र एमाले मिलेको भए सभामुख नै परिवर्तन गर्न सकिन्थ्यो । दुवै कुरामा केपीजी अघि बढ्नुभएन । उहाँको रणनीतिक निर्देशित हो या पार्टीभित्रको दबाबले यसो गर्न नसक्नु भएको हो, मैले बुझ्न सकेको छैन ।

त्यस्तो प्रकारको नकारात्मक उत्तेजना, जसले जे कुरालाई पनिउत्तेजित बनाइदिन्छ, भारतमा ‘अर्बन नक्सलिष्ट’ (शहरी नक्सलवादी) भन्छन्, त्यस्ता मानिसहरूले एमसीसीलाई आफू चर्चित हुने भाँडो र विकास भाँड््ने औजारको रूपमा प्रयोग गरे । कम्प्याक्टका कुनै पनि बुँदामा नभएका कुरामा अवधारणा बनाएर फलाक्दै हिँडे । यो दोस्रो वर्ग हो ।

पार्टीहरूमा यसबारे धारणा बनिसकेको थियो । प्रचण्डजी प्रधानमन्त्री हुँदा एमसीसी सहायता भित्र्याउने प्रकृया शुरू भयो । बाबुरामजीले अघि बढाउनुभयो । शेरबहादुरजीको अघिल्लो क्याबिनेटले हस्ताक्षर ग–यो । केपीजीले संसदबाट अनुुमोदन गर्नुपर्छ भनेर पेश गर्नुभयो । सबैले प्रतिबद्धता व्यक्त गरिसकेको अवस्था थियो । शर्तहरू तिनै थिए । कहीँकतै टेढोमेढो छैन । शुरूमा पहल गर्दादेखि अहिलेसम्म पनि कुनै अन्यथा भएको छैन । उहाँहरूले सरासर सदनमा टेबल गरेर अघि बढाउनुुभएको भए स्थिति अर्कै हुन्थ्यो, त्यसो गर्नुभएन । टेबल गर्न खोज्दा सभामुखले व्यवधान गरे भन्नुभयो । तर, सरकारले कार्यपरामर्श समितिमा राखिसकेको विषय सभामुखले मात्रै व्यवधान गर्न सम्भव हुँदैनथ्यो ।

नेपाली काँग्रेसले समर्थन गर्छु भनेकै थियो । काँग्रेस र एमाले मिलेको भए सभामुख नै परिवर्तन गर्न सकिन्थ्यो । दुवै कुरामा केपीजी अघि बढ्नुभएन । उहाँको रणनीतिक निर्देशित हो या पार्टीभित्रको दबाबले यसो गर्न नसक्नु भएको हो, मैले बुझ्न सकेको छैन ।

मैले त्यतिखेर सत्तारुढ घटकका केही साथीहरूलाई भनेको थिएँ कि केही मानिसले सडकमा नकारात्मक प्रचारबाजी गरेका छन्, जनतालाई गुमराहमा पार्न सक्छन् । यस्ता मानिसले तत्क्षणलाई जितेका धेरै उदाहरण छन् । अरूण तेस्रोदेखिकै इतिहास छ । नकारात्मक उत्तेजनाका कुरा गर्नेहरू छिट्टै चर्चित हुन्छन् । त्यसैले उनीहरूलाई बोलाएर कम्प्याक्ट कहाँनेर त्यस्तो कुरा छ, देखाउनुस् भनेर अगाडि राखिदिएको भए त देखाउन सक्नु हुन्नथ्यो । उहाँहरू सञ्चार र सञ्जालको त्रिशुलबाबामा परिणत हुनुहुन्नथ्यो ।

अहिले एमसीसीको विरोधमा मुख्य पार्टीका फुटकर मानिसहरूले बोलिरहेका छन् । काँग्रेसका त फुटकर मानिसहरूले पनि बोलेका छैनन् । मूल प्रवाहका राजनीतिक दलहरूमा त्यति धेरै विरोधाभाष छैन ।

यी दुईवटा काम केपी ओलीको सरकारले गर्न नसकेको हुनाले यस्ता प्रकारका समस्या निम्तियो । आफ्नो अस्तित्व नै भाँडभैलोमा देख्नेहरूले यो स्थिति निम्त्याए ।

तेस्रो वर्ग, उनीहरूमा राजनीतिक महत्वाकांक्षा असाध्यै छ । तर, कुनै दर्शन या सिद्धान्तमा अडिग छैनन् । राष्ट्रवादको गए–गुज्रेको राग उनीहरूको हातमा छ । त्यो महत्वाकांक्षा पूर्ति गर्न खोज्दा जनताले वास्ता नै गर्दैनन् । उनीहरूले राजनीतिको खुुद्रापसल पनि खोलेका छन् । जनताले वास्ता नगरेपछि कहिले सीमा विवाद हुँदा तार लिएर दौडन्छन्, कहिले उग्र नारा लिएर आउँछन् । उनीहरूको अभिष्ट भनेकै यसैबाट आफ्नो राजनीतिक सान्दर्भिकता स्थापित गर्न सकिन्छ कि भन्नेमात्रै हो । कम्प्याक्ट बिना नै एमसीसीको सहायता यहाँ आएर लागू भयो भने पनि यिनीहरूले विरोध गर्छन् । आफ्नै राजनीतिक महत्वाकांक्षाले मतिभ्रम भएको जमात हो त्यो ।

एमसीसी सम्झौतामा प्रजातान्त्रिक प्रणालीलाई नेपालले अनिवार्य रूपमा स्वीकार गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था हुँदा ज्वरो आउनेहरू पनि एमसीसीको विरोधमा लागे । नेपाललाई सार्वभौम राजाले शासन गर्नुपर्छ, राजाका सेवकमात्रै जनता हुन पाउनुपर्छ भन्नेहरू छन् । उनीहरू जनताको सार्वभौम अधिकार एउटा व्यक्तिमा मात्रै निहित हुँदा खुशी देखिन्छन् । त्यो अवशेष र लुुइवादी जमातहो । नेपालका सबै राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाउनुपर्छ र नेताहरूलाई फाँसी दिनुपर्छ भन्ने उनीहरूको सोच छ ।

अहिले एमसीसीको विरोधमा मुख्य पार्टीका फुटकर मानिसहरूले बोलिरहेका छन् । काँग्रेसका त फुटकर मानिसहरूले पनि बोलेका छैनन् । मूल प्रवाहका राजनीतिक दलहरूमा त्यति धेरै विरोधाभाष छैन ।

यतिखेर काँग्रेस नेतृत्वकै सरकार छ, यो सम्झौता हुँदा ताका पनि काँग्रेसकै सरकार थियो । अहिलेका कानूनमन्त्री त्यतिखेर अर्थमन्त्री हुनुहुन्थ्यो, उहाँले नै सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सम्झौता गर्दा पर्याप्त तयारी र छलफल नभएको भन्ने त देखियो नि !

अस्ति सरकारले पठाएका प्रश्नहरू देखेर म पनि अचम्मित भएँ । त्यत्रो कम्प्याक्ट प्रतिवेदन छ । माधवकुमार र प्रचण्डजतिको योग्यतम नेताले त्यो पढेको छैन ? त्यस्तो प्रश्न सोध्न मिल्छ ? ३० दिनअघि सूचना दिएर जसले पनि त्यो सम्झौता तोड्न सक्ने लेखेकै छ । यो संविधानभन्दा माथि कसरी भयो ? नेपाल सरकारले त्यसरी तोडे भैहाल्यो । संसदले अनुमोदन गर्दा ३० दिनको प्रावधान पनि स्वतः अनुमोदन भैहाल्छ । अमेरिकाले अन्ट सन्ट ग–यो भने फिर्ता गर्दा भैहाल्छ । ती प्रश्नहरूले नेपालको गरिमा, इज्जत र नेतृत्व तहको सोच्ने क्षमता तथा योग्यतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

कार्यकारी प्रमुखको रूपमा शेरबहादुरजीले यस्ता प्रश्नहरूबारे अडान लिएर आफ्ना पक्षका मानिसहरूलाई सम्झाउनु पथ्र्यो । नेपालको संविधानमाथि छ कि छैन भनेर सोधेपछि निकै अप्ठ्यारो बनायो ।

नेपालले गरेका विभिन्न सन्धी–सम्झौतामा विवाद हुने गरेको छ । सन्धी गर्न संलग्न राजनीति र कर्मचारीतन्त्रको एउटा तप्काले त्यो असाध्यै राम्रो भन्ने गरेको छ । एमसीसी पनि असाध्यै राम्रो सम्झौता भन्ने पक्षमा तपाईँ पनि हुनुहुन्छ, तर सम्झौता भएको ४ वर्ष पुग्दा पनि किन अलमल भइरहेको त ?

बाध्यताले यसो भएको हो । यो खासमा माधवकुमार नेपाल र प्रचण्डजीले अघि सार्नुुभएको हो । एमसीसी मुख्यालयलाई पछिल्ला प्रश्नहरू पनि संयुक्त सरकार चलाउँदा बाध्यात्मक अवस्थाका कारणले गए । सम्झौता होइन, प्रश्न चाहिँ अपरिपक्व हो । २२ वटा प्रश्नको उत्तर आइसक्यो । केही प्रश्न त सोध्नै लाज लाग्नेखालका छन् ।

सम्झौता गर्ने पक्षले नै किन त्यस्तो प्रश्न ग–यो त ?

कार्यकारी प्रमुखको रूपमा शेरबहादुरजीले यस्ता प्रश्नहरूबारे अडान लिएर आफ्ना पक्षका मानिसहरूलाई सम्झाउनु पथ्र्यो । नेपालको संविधानमाथि छ कि छैन भनेर सोधेपछि निकै अप्ठ्यारो बनायो ।

चार वर्षअघि भएको सम्झौताबारे चार वर्षपछि प्रावधानहरू हाम्रा अनुकूल छन्/छैनन् भनेर प्रश्न गर्नुले त पूर्वतयारी पर्याप्त थिएन भन्ने नै पुष्टि गर्छ नि, होइन र ?

सम्झौता गर्दा निकै लामो तयारी भएको हो, तयार भएन भन्ने कुरा मान्न म तयार छैन । त्यतिखेर सबैले प्रस्ताव गर्ने र निवेदन दिनेहरूले पनि अहिले आएर प्रश्न सोधेर किचलो गरेका छन्, यस पछाडिको रणनीतिक कारण अन्वेषण गर्नुपर्छ । मैले पनि गर्दैछु । एमसीसीका सबै शर्त पढ्दा जो मानिसले बाहिर प्रश्न उठाएका छन् : त्यो सम्झौताको मर्म, भाव र शब्दको मर्मभन्दा विपरीत छ ।

एउटै निकाय अन्तर्गत सम्झौता गर्ने भन्ने निर्णय थियो । बाइडेन प्रशासन आएपछि यसमा परिमार्जन भएको छ । आजै पनि फातिमा सुमारले पनि हामीहरूसँग एमसीसी आईपीएसभन्दा जेठो भएकाले समस्या पर्दैन भनेकी छिन् ।

नेपालको परराष्ट्र नीतिका १४ वटा मागदर्शन सिद्धान्त र आधारहरू छन्, त्यसमध्ये असंलग्न पञ्चशील सिद्धान्त र असंलग्नता मुख्य विषय हुन् । उता सन् २०१९ मा ‘यूएस डिपार्टमेन्ट अफ स्टेट’ले ‘अ फ्रि एण्ड ओपन इन्डो प्यासिफिक’ रिपोर्ट सार्वजनिक ग–यो । त्यो रिपोर्टमा राज्य सचिव माइक पोम्पेओले एसिया प्रशान्त क्षेत्रमा पूर्वधार परियोजनादेखि मानव पूँजी विकाससम्म लगानी हुने लेखेका छन् । एमसीसी लगायतका विभिन्न सहयोग संयन्त्रमार्फत रणनीतिअनुसार काम गर्ने लेखिएकै छ, एमसीसी सम्झौता सोही रणनीतिअनुसार भएको होइन भन्ने तपाईँ कसरी दाबी गर्नुहुन्छ ?

हामीले ‘स्टेट अफ अमेरिका’ लाई पत्याउने हो, यो एमसीसी हिन्द–प्रशान्त रणनीति ( आईपीएस) भन्दा जेठो हो । आईपीएसलाई एमसीसीले पहिले चिन्दैनथ्यो । ट्रम्प प्रशासन आएपछि सबै सहायतालाई इन्डो प्यासिफिक रणनीतिअन्तर्गत नै ‘कमर्शियल डोर’ अन्तर्गत अघि बढाएको हो । डोर फरक छ ।

एउटै निकाय अन्तर्गत सम्झौता गर्ने भन्ने निर्णय थियो । बाइडेन प्रशासन आएपछि यसमा परिमार्जन भएको छ । आजै पनि फातिमा सुमारले पनि हामीहरूसँग एमसीसी आईपीएसभन्दा जेठो भएकाले समस्या पर्दैन भनेकी छिन् ।

नेपालसँग भएको कम्प्याक्ट यथावत रहन्छ, तर एमसीसी अन्तर्गतका सहायता अलग हो भनिएको छ । यूएसएडको सहायता पनि छ । भर्खरै एउटा सहायता दिएको छ । त्यसको पनि सम्झौतामा यस्तै शर्तहरू प्रशस्त छन् । त्यसकारण अहिले संयुक्त राज्य अमेरिकाको आधिकारिक धारणाबाटै एमसीसी आईपीएस अन्तर्गत होइन भनेर मेरै कानले सुनेको छु । एमसीसी वर्गीकृत (डिक्लासिफाइड) भएर आइसकेको अवस्था छ । अमेरिकाले यसलाई सबै ठाउँबाट प्रष्टिकरण दिइसकेको अवस्थामा आईपीएसअन्तर्गत हो भनेर मान्न सकिँदैन ।

एकछिनलाई, मानियो रे लौ ! रणनीति भनेको बन्दुक पड्काउने मात्रै होइन । रणनीति सबै ठाउँमा हुन्छ । मिडियामा पनि विज्ञापन र पुँजी व्यवस्थापनको रणनीति हुन्छ नि ! रणनीति भन्नासाथ सेना र बन्दुक भन्ने बुझ्नुहुँदैन ।

६० को दशकमा संसारमा धेरै भोकमरी थियो, अहिले धेरै कम भएको छ । तेस्रो विश्वमा मानव संशाधन र पूर्वाधार विकास पनि निर्माण गरियो भनेमात्रै लोकतन्त्र स्थायी हुन्छ भन्ने अमेरिकाको पछिल्लो धारणा छ । नत्र त उनीहरू मष्तिष्क व्यवस्थापनमै थिए । अहिले पनि एसिया फाउन्डेशनले नेपालमा नेतृत्व विकास भनेर काठमाडौंका नेवार समुदायका हजारौँ मानिसलाई तालिम दिइरहेको छ । एमसीसीमा त सुको भ्रष्टाचार गर्ने ठाउँ छैन । अनि सबैलाई टाउको दुख्यो । कुरो यत्ति हो ।

यो त तपाईंहरूको पक्षको तर्क होला, विपक्षीहरूको कुरा के छ भने अस्ति अमेरिकाले पठाएको पत्र हेर्दा विश्वस्त हुन सकिँदैन । पत्रमा नेपाल सरकारले के लेखेको छ भने नेपाल आएर अमेरिकी अधिकारीहरूले नै एमसीसी इन्डोप्यासिफिक अन्तर्गत हो भनेका छन् होइन किन भनिएको ?

तर्कमा मैले तथ्य पनि राखेको छु है ! अर्को कुरा, ल मानिलिऊँ कि यो आईपीएस अन्तर्गत नै हो । तर, मंगोलियामा पनि त्यही सम्झौता हो, नेपालमा पनि त्यही हो । फातिमाले नै एमसीसी आईपीएसबाट पृथक हो भनिसकेकी छिन् । आइपीएसअन्तर्गत नै हो भने पनि आपत्ति केही छैन ।

म त त्रिभुवन विश्वविद्यालयमा पढेको मान्छे हुँ । उहाँहरूले प्योङयाङमा पढेको भए पो अर्को कुरा गर्ने त !

अनि, उसको रणनीतिअन्तर्गतको सहायता लिएर काम गर्दा हामीलाई समस्या पर्दैन ?

हामीले चीन र भारतबाट पनि आर्थिक सहायता लिएर काम गरिरहेका छौँ । भारत र चीन दुवैको नेपाल रणनीति छ । नेपालले लिएका सबै सहायता ती देशले तय गरेका रणनीति अन्तर्गत नै हो ।

अमेरिकाले तारान्तार यो लगानी होइन, अनुदान सहायता हो भनेको छ । तर, राजदूतले यो अनुदान सहायता होइन कि लगानी हो भनेका छन्, कुरा त बाझिएकै छ नि !

लगानी र अनुदानमा फरक छ । अमेरिकी राजदूतले यो व्यवसायिक लगानी हो र फिर्ता चाहिन्छ भनेका छैनन् । लगानी हो, तर व्यवसायिक लगानी होइन भनेको हो । स्वपुँजी, अनुदान र कर्जा गरी तीन प्रकारका लगानी हुन्छन् । स्रोत अनुदान हो र त्यो अनुदान नेपालको पूर्वाधार विकासमा लगानी हुने हो भनिएको हो । लगानी किन हो भने आर्थिक र वित्तीय विश्लेषण हुन्छ । त्यसले आर्थिक र वित्तीय प्रतिफल दिन्छ भने त्यो व्यवसायिक सम्भाव्यताको लगानी ठहरिन्छ । त्यो निजी क्षेत्रले पनि गर्छ । आर्थिक लाभमात्रै छ र व्यवसायिक प्रतिफल दिँदैन भने राज्यले अनुदान या कर्जा लिएर गर्नुपर्छ । यसो गर्दा पनि आर्थिक प्रतिफल हासिल हुन्छ, त्यसैले यो लगानी हो । जनताको स्वास्थ्यमा हुने लगानी सामाजिक लगानी हुन्छ । कोष अनुदानको र परियोजनामा लगानी हुने हो भनिएको हो ।

५५ अर्ब रुपैयाँ राशीको सहायतालाई लिएर सडकदेखि सदनसम्म विभिन्न प्रश्न र आन्दोलन उठेको छ, नेताहरू सदनतिर र आन्दोलनकारी सडकतिर एमसीसीको विरोधमा छन्, एमसीसी अघि बढाउन सम्बन्धित परियोजनामै काम गरेका केही मानिसहरूले आफूहरूले स्वतन्त्र विश्लेषण गरेका छौँ भनिरहनुभएको छ, उहाँहरूको भनाइलाई कसरी विश्वास गर्ने ?

म त त्रिभुवन विश्वविद्यालयमा पढेको मान्छे हुँ । उहाँहरूले प्योङयाङमा पढेको भए पो अर्को कुरा गर्ने त ! अमेरिकाजस्तो लोकतान्त्रिक मुलुकमा पढेको मानिसले सही कुरा गर्छ । मानिसको व्यक्तिगत कुरा भन्दा तथ्यमा आधारित कुरा गर्नुपर्छ । कम्प्याक्ट डकुमेन्ट पढ्दा विरोध गर्नुपर्ने कुरा छैन । विरोध भइरह्यो भने फिर्ता जान्छ । हामीलाई घीउ पचेन, के गर्ने त ?

यदि त्यस्तो लाग्छ भने चीनले एमसीसीको यो प्रावधानमा मलाई आपत्ति छ भनेर आधिकारिकरूपमा हामीलाई ‘प्रोटेस्ट लेटर’ पठाउनुपर्छ । चीनले त्यो गरेको छैन । मंगोलियाको र यहाँको कम्प्याक्टमा कुनै फरक छैन । चीनले ‘मलाई अप्ठ्यारो पार्छ’ भन्छ भने ठीक छ, हामी अमेरिकासँग वार्ता गरौँ । चीनलाई वास्ता छैन भने स्वघोषित दास बनेर किन वास्ता गर्ने ?

उसोभए अहिले जो एमसीसीको विरोधमा हुनुहुन्छ, उहाँहरूले कुरै नबुझेको हो त ?

मैले अघि पनि भनेँ कि चारवटै वर्गमा आग्रहपूर्ण मनोरोग छ, त्यो बाहेक केही पनि होइन, उनीहरूले नबुझेको पनि होइन । कम्प्याक्टमा हस्ताक्षर नगरी दिन्छु भने पनि ‘अमेरिकी साम्राज्यवाद–मुर्दावाद!’ र ‘भारतीय विस्तारवाद–मुर्दावाद !’ भनेर आफ्नो राजनीति स्थान स्थापित गर्न मामिला चर्काउनेबाट अपेक्षा नै गर्न सकिँदैन । उनीहरूले विरोधमात्रै गर्छन् ।

अमेरिकाले विकास, शान्ति र समृद्धिको कुरा त गर्छ । तर, भर्खरै अफगानिस्तान र इराकबाट मानव खुनको दाग बोकेर फर्किएको छ । नेपालमै अमेरिकाको पृष्ठभूमि हेर्दा चीनविरुद्ध खम्पा विद्रोह मच्चाएकै हो । अहिले अमेरिकाले सहायता लगायत औजार प्रयोग गरेर नेपाली भूमिबाट प्रतिस्पर्धीविरुद्ध खेल्दैनन् भन्ने के ग्यारेन्टी ? यो प्रश्न किन भने नेपालको उत्तरतर्फ चीन र दक्षिणतर्फ भारत छ । यो स्थितिलाई हामीले नजरअन्दाज गर्न मिल्छ ?

यदि त्यस्तो लाग्छ भने चीनले एमसीसीको यो प्रावधानमा मलाई आपत्ति छ भनेर आधिकारिकरूपमा हामीलाई ‘प्रोटेस्ट लेटर’ पठाउनुपर्छ । चीनले त्यो गरेको छैन । मंगोलियाको र यहाँको कम्प्याक्टमा कुनै फरक छैन । चीनले ‘मलाई अप्ठ्यारो पार्छ’ भन्छ भने ठीक छ, हामी अमेरिकासँग वार्ता गरौँ । चीनलाई वास्ता छैन भने स्वघोषित दास बनेर किन वास्ता गर्ने ?

आधिकारिक रूपमा यो कम्प्याक्टमा भएको कुन शर्तले चीनको भौगोलिक अखण्डता र आन्तरिक मामिलामा नेपाललाई ककपीट बनाएर अमेरिकाले हस्तक्षेप गर्ने आधार छ भनेर पठाएको छैन ।

अफगानिस्तानमा जस्तो यहाँ जुन प्रकारको उत्तेजना भएको छ, यसले ‘लाल बिन लादेन’ र ‘लाल मुल्लाह ओमार’ जन्माउने छ । जुन हदको निकृष्ट कित्ताबन्दी र अधम सोचबाट जुन प्रकारको सडकीय उत्तेजना, सञ्जालीय र सञ्चारीय गुरिल्लाहरूको प्रयोग भइरहेको छ, यसबाट भोलि स्थिति नराम्रो भयो भने अमेरिका या कुनै पनि देशको दण्डनीय हस्तक्षेप हामीकहाँ हुन सक्छ ।

अनि खम्पा विद्रोह अमेरिकाले जानकारी दिएरै मच्चाएको थियो त ?

त्यतिखेर चीनले पत्र पठाएको छ । खम्पा विद्रोहमा नेपाल र चीनबीच धेरै कुरा भएको थियो । त्यतिखेर भर्खर समस्या भएको थियो । तिब्बतको इतिहास पनि यसमा बुझ्न आवश्यक छ ।

नेपालमा अमेरिकी सेना आयो भने कसैले अफगानिस्तान हुन्छ, कसैले इराक बन्छ भनेका छन् । हो, अफगानिस्तान र इराक हुन्छ । तर, नेपालमा ‘लाल बिन लादेन’ र ‘लाल मुल्लाह ओमार’को उदय हुन दिइयो भने अन्तर्राष्ट्रियरुपमै हस्तक्षेपको कोपभाजनमा हामी पर्न सक्छौँ । नेपालमा ‘लाल सद्दाम हुसेन’ को उदय भयो भने पनि त्यो स्थिति आउन सक्छ । तर, इराकको जस्तो स्थिति हाम्रो छैन कि अर्को देश कब्जा गरौँ । त्यस कारण इराकको कुरा छाडौँ ।

अफगानिस्तानमा जस्तो यहाँ जुन प्रकारको उत्तेजना भएको छ, यसले ‘लाल बिन लादेन’ र ‘लाल मुल्लाह ओमार’ जन्माउने छ । जुन हदको निकृष्ट कित्ताबन्दी र अधम सोचबाट जुन प्रकारको सडकीय उत्तेजना, सञ्जालीय र सञ्चारीय गुरिल्लाहरूको प्रयोग भइरहेको छ, यसबाट भोलि स्थिति नराम्रो भयो भने अमेरिका या कुनै पनि देशको दण्डनीय हस्तक्षेप हामीकहाँ हुन सक्छ ।

अमेरिका र अन्तराष्ट्रिय लोकतान्त्रिक समुदायसँग हाम्रो राम्रो सम्बन्ध हुनुपर्छ । आर्थिक स्वार्थ जोडिएको, प्रवास स्वार्थ जोडिएको र श्रम सम्बन्ध गाँसिएको देशसँग राम्रो सम्बन्ध राख्नुपर्छ । यी तीनवटै स्वार्थ नगाँसिएको देशको कृतदास भएर हामी अघि बढ्नु हुँदैन । हामी व्यवहारिकरूपमा अघि बढ्यौँ भने त्यस्तो स्थिति आउँदैन ।

तपाईंले उल्लेख गर्नुभएको सम्बन्ध त भारत र चीनसँग पनि छ नि, यी दुई मुलुकलाई पनि विश्वासमा लिनुपर्ला नि !

यो प्रकारको आग्रह किन राख्ने ? तटस्थ लाइनमा हुनुपर्छ । चीनले जुन दिन एमसीसी सम्झौताको यो नम्बर या बुँदामा मेरो स्वार्थलाई हानी पु–याउँछ भनी पत्र लेखेर पठाउँछ, त्यसपछि पुनर्विचार गर्ने हो । ३० दिनभित्र सम्झौता अन्त्य गर्ने अधिकार छ, नेपाल सरकारले अन्त्य गरिदिन्छ । आज चीनले लेखेर पठाएको छ ? राजदुतले पत्र पठाएको छ ? चीनको स्टेट डिपार्टमेन्टबाट पत्र आएको छ र ?

तपाईँको भनाइ समस्या निस्कियो भने समाधान गरौँला, अहिले अघि बढ्नुपर्छ भन्ने हो ?

होइन । त्यो प्रतिवेदनमा चीनलाई कहीँ लक्षित गरिएको छैन, कुनै बुँदा यस्तो छैन । चीनको भित्री मंगोलिया, सिञ्जियाङ र मञ्चुरियामा समस्या छ । मंगोलियाकै सीमा भित्री मंगोलियासँग जोडिएको छ । मंगोलियामा कार्यान्वयनमा गएको यही कम्प्याक्टमा चीनको कुनै आपत्ति छैन । न त हामीलाई नै पत्र पठाएको छ । चीनको विदेश मन्त्रालय र राजदूतावासबाट पत्र आयो भने नेपाल सरकारले ३० दिनभित्र सम्झौता अन्त्य गर्न सक्छ ।

एमसीसी कम्प्याक्टलाई नियमित सहायता र सम्झौता मान्ने, हाम्रो विकासकै लागि आउँदैछ भनी विश्वास गर्ने हो भने राजनीतिक लगायत समस्या देखाएर ताञ्जानिया, मलावी, मदागास्कर र घानामा सम्झौता अन्त्य गरिसक्यो, नेपालमा चाहिँ कम्प्याक्ट अपरेशनकी उपाध्यक्ष नै आएर नेताहरूको घरदैलो नै गर्दैछिन्, यहाँ विशेष स्वार्थ छैन भन्ने कुरा कसरी पत्याउने ?

अमेरिकाले करिब पाँचवटा देशमा दिएको सहायता फिर्ता लियो । श्रीलंकाबाट पनि फिर्ता लियो । अहिले कम्प्याक्ट उपाध्यक्षको भ्रमणको कुरा गर्दा ५०० मिलियन डलर रोकिएर बसेको छ । नेपालजस्तो लथालिङ्गे र भताभुङ्गे देश होइन अमेरिका । त्यहाँ एमसीसीको संयन्त्र छ, यहाँको राजदूतावास छ, एमसीए यहाँ गठन भएको छ । यी सबैको काम हुन्छ । नेपालमा चाहिएन भने अन्यत्र स्थानान्तरण गर्नुप–यो । चिरकालसम्म नेपालमा राजनीतिक बखेडा भैरहे नेपाली जनताको लागि भनेर उसले रोकेर राख्न सक्दैन । पैसाको समय मूल्य हुन्छ अर्थात ‘टाइम भ्यालू अफ मनी’ । अमेरिका जतिको व्यापार र अर्थतन्त्रको कुरा बुझेको देशले पैसा रोकेर राख्दैन । नेपाल राष्ट्रको निर्णय क्षमताहीनता र आन्तरिक विवादमा बिनाकारण आफैँ बेइज्जत भएर यत्रो रकम रोकेर राख्न अमेरिकालाई जरुरी छैन । संसदमा सम्झौता पुगेको हुनाले हुन्छ या हुँदैन भनिदिनुपर्छ । हुँदैन भन्छौँ भने हामी अर्को दुर्गतिमा फस्छाँै । अमेरिकालाई होइन, फरक हामीलाई नै पर्छ ।

एमसीसी मुख्यालयले नेपालमा कार्यान्वयन पूर्वको खर्च (सीडीएफ) बजेट रोक्यो । नेपालकै ढुकुटीबाट एमसीए नेपाललाई रकमान्तर गरी बजेट पठाइएको महालेखापरीक्षकै प्रतिवेदनमै उल्लेख छ । एमसीए नेपालको कार्यालयमाथि पारदर्शिताको प्रश्न पनि उठाएको छ, अमेरिकाको स्वार्थ थिएन भने पहिले नियमित दिँदै आएको बजेट विवाद बढेपछि किन रोक्यो ?

रोक्नैप–यो नि ! सौहार्दतासाथ भएन भने उसले बिनाकारण दिने कुरा भएन । उनीहरूको पनि लेखापरीक्षण होला । यो पक्षमा मैले ठ्याक्कै अध्ययन गरेको छैन । अपादर्शिताको सवालचाहिँ नेपालको सबै अंगमा छ । नेपालको बजेट समावेश हुनासाथ अपारदर्शिता शुरू हुन्छ । जापान होस् या अमेरिका, विदेशीहरूले त्यो हुन चाहिँ दिँदैनन् ।

विदेशी सहायतामा पनि खासगरी चिनियाँ वा भारतीय मुद्रामा हामीले सहायता लिँदा एउटा वर्षमा यति सहायता दिने भनेपछि त्यति नै सहायता प्राप्त हुन्छ । चीनको प्रणाली चाहिँ अलग छ । सहायताको रकममा काम र उद्देश्य दुवै जोडिएको हुन्छ । त्यो काम अघि बढाउन नेपालको विरोधाभाषपूर्ण कानूनबाट ‘क्लियरेन्स’ लिने र ‘लिगल कम्प्लायन्स’ बनाउँदैमा तीन–चार वर्ष लाग्छ । तीन–चार वर्षमा सो परियोजनाको लागत बढ्छ । उसले तय रकमभन्दा बढी दिन नसक्ने, तय रकमले परियोजना सम्पन्न नहुने : यो हामीले लामो समयदेखि भोगिरहेका छौँ ।

एमसीसी सहायता डलरमै आउने हुनाले स्थानीय मुद्रास्फितीका कारण त्यति ठूलो असर नपर्ला । तर, विश्वव्यापी मुद्रास्फितीले यसलाई पनि असर पार्छ । १० वर्षअघि ५०० मिलियन डलरले जुन काम हुन्थ्यो, आज हुँदैन ।

अहिले नेपालमा षडयन्त्रवादी सिद्धान्तले काम गरिरहेको छ । किम जोङ उन, स्टालिन र माओका चेलाचपेटाहरू छन् । उनीहरू त्यसैमा गर्व गर्छन् । सबैलाई यसरी नै हेर्छन् । यो लाल मनोवैज्ञानिक रोग हो । रेड साइकोसिमात्रै हो, अरू केही होइन ।

मैले एमसीसी टोलीलाई नेपालको अहिलेको राजनीतिक जटिलता बुझिदिन भनेँ र अर्को चुनावसम्म स्थगित गर्न सकिन्छ कि सकिँदैन भनेर आग्रह गरेँ । यद्यपि म राज्यको प्रतिनिधि होइन । पहिलै गोराहरूको जागिर खान गएको भए अलि सुख पाइन्थ्यो होला । यही देशमा बसियो, पासपोर्ट त्यागिएन । त्यसकारण यो देशमा के गर्ने त ? मातृऋण लागेको छ, भलो हुने कुरा केही त सोच्नैप–यो । तर, उहाँहरूको भाषिक प्रयत्नसमेत हेर्दा चाहिँ ‘तिमीले निश्चित समयसीमामा पास गरेनौ भने सहायता फिर्ता लिन्छु’ भन्ने देखियो ।

एमसीसी विवादित त भइसक्यो, तपाईंले अर्को पक्षलाई ‘रेड साइकोसिस’ भन्नुभयो, अर्को पक्षले तपाईंलाई ‘ह्वाइट साइकोसिस’ भन्ला, एउटाले अर्कोलाई आरोप लगाउने काम भैरहेछ । बीचको बाटो खोज्दा श्रीलंकामा जस्तो विज्ञ समूह गठन गरी त्यसले दिने रायसुझाव लिएर हामी अघि बढ्न सक्छौँ कि सक्दैनौँ ?

त्यसो गर्दा हाम्रो कूटनीति एकदमै कमजोर हुन्छ । नेपाललाई अब दातृ निकायले विश्वास गर्नेवाला छैन । जापानको राजदूतले पनि ‘एमसीसीबारे के गर्छौं’ भनेर सोधेका छन् । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको पनि सीधा सरोकारको विषय छ । दातृ समुदाय कसैले विश्वास नगरेपछि अंगोला या श्रीलंकाको बाटोमा जान्छौँ । मलाई चिन्ता त्यही हो ।

हामी सुकिलाजस्ताले त भारत या चीनमा गएर पनि जीवन बिताउँला । धेरै क्रान्तिकारीहरू अमेरिका, जापान या अष्ट्रेलिया जालान् । तर, यहाँका सीमान्त जनताहरूले निकै दुःख पाउँछन् । खान पनि नपाउने स्थिति आउला कि भन्ने पीडा हो । हाम्रो अन्तरराष्ट्रिय विश्वसनीयता साह्रै नै खस्कन्छ ।

प्रचण्डजीले अघि बढाएको यो सम्झौतामा सबैलाई विवन्दन लागेको छ । सडकीय र सञ्जालीय यो गुरिल्लागिरीको दबाबमा कोही पनि आउनु हुँदैन । यसलाई उहाँहरूले वुद्धिमतापूर्वक तरिकाले पास गर्नुपर्छ । विवाद आउनु र घना हुनुको दायित्व प्रचण्ड र माधव नेपालजीले लिनुपर्छ । यसलाई अर्को निर्वाचनसम्म स्थगित गर्ने हो भने पनि उहाँहरूले प्रधानमन्त्रीलाई र अमेरिकन सरकारलाई विश्वास दिलाउनुपर्छ । किनकि भूतपूर्व प्रधानमन्त्री जहिल्यै सरकारी पक्ष हुन्छ । उहाँहरूले अमेरिकालाई अनुरोध गर्नुपर्छ । होइन भने हाम्रो अन्तरराष्ट्रिय विश्वसनीयता भस्मीभूत हुन्छ । तालिबानको उदय हुँदा हतियार र अफिम बेच्नेलाई लाभ नै हुन्छ । अराजकताको अर्थतन्त्र अर्को हुन्छ, सुशासनको अर्थतन्त्र अर्कै हुन्छ । एक पक्ष अराजकताको अर्थतन्त्रमा रमाउँछ, त्यो विरोधमा लागिरहेको छ ।

नेपालको कानूनी प्रावधान र अमेरिकी प्रावधानहरूमा बेमेल देखिएकाले पनि समस्या परेको हो ?

यसको दुईवटा पक्ष हुन्छ । कतिपय अफ्रिकी र मध्यपूर्वी मुलुकमा ‘स्टेट टू स्टेट कन्ट्या’ भयो भने पनि ‘जुरिडिक्सन’ कहाँ गर्ने भन्नेमा इङ्ल्याण्डको कानून अन्तिम हुन्छ भनिन्छ । म आफूले पनि चिनियाँ र भारतीय कम्पनीहरूसँग सम्झौता गरेको छु । व्यवसायको पीडा मलाई राम्ररी थाहा छ । विवाद हुँदा सिंगापुर या यूरोपको कानून अनुसार हुन्छ भनेर गर्छौं । अहिले हङकङमा चीनको कानून लागू हुन थालेकाले त्यहाँ अहिले त्यति हुँदैन ।

विवाद निरुपण संसारभर हुन्छ । यो एउटा पक्ष हो । अर्को पक्ष : एमसीसी अमेरिकी सरकारले उपकरण हो, निजी संस्था होइन । एमसीसी अन्तर्गत आउने कर्मचारीहरू सरकारी नै हुन्छन् । जब अर्को मुलुकमा कूटनीतिक साझेदारीका लागि या कुनै पनि कारणले आफ्नो नागरिक कर्मचारी भएर जान्छ भने तिनीहरूले कुनै पनि अपराध गरेमा इमिनिटीको प्रावधान हुन्छ । त्यो प्रावधान अनुसार कारबाही नहुने भन्ने होइन । तर, अमेरिकामै लगेर त्यहाँको कानूनअनुसार हुन्छ ।

चीनले पनि नवउदारवाद अंगालेकैले अहिलेको चरणमा आइपुगेको हो । अर्थव्यवस्थाका हिसाबले अहिले चीन भारतभन्दा पनि बढी उदार छ । यसले हामीलाई असर गर्दैन । हामीले संविधानमा समाजवादउन्मुख लेख्नु चाहिँ दुर्भाग्य हो ।

पाकिस्तानको चिफ सेक्रेटरी जाली मुद्रासहित नयाँ बानेश्वरमा पक्राउ परे । उनलाई कारबाही गर्न हामीले मिलेन । ‘पर्साना नन ग्राटा’ गरेर उतै पठायौँ । मरिचमान सिंह श्रेष्ठकै पालामा शर्मा थरका मानिस हेभी मेटल कारोबारमा परे । उनी उत्तर कोरियाली राजदूतावासमा गएर बसे । नेपाली सुरक्षाकर्मीले दूतावास घेरेर उनलाई निकाले । तर, हामीले उत्तर कोरियाको दूतावास र राजदूतलाई कारबाही गर्न सकेनौँ । त्यसकारण यस्ता धेरै उदाहरण छन् ।

यौनजन्य अपराधन, मानवअधिकार, घुसखोरी, ठेकेदारसँग मिलेर कुनै घुसखोरी ग–यो र गुणस्तर खस्कायो भने हामीले पूर्ण प्रतिवेदनसहित अमेरिकालाई जानकारी गराएर अमेरिकी कानूनअनुसार कारबाही हुने हो । कसैले यहाँ अपराध गर्दा उसको देशको कानूनअनुसार नै कारबाही हुने हो ।

यसमा हामीले अपराधीलाई कारबाही गर्ने सवालमा नेपालको या अमेरिकाको अदालत निर्विवाद छ भन्ने हेर्नुपर्छ ।

राजनीतिक, आर्थिक र सामाजिक व्यवस्थाबारे कुरा गर्दा हाम्रो संविधानको प्रस्तावनामा समाजवाद उन्मुख व्यवस्था लेखिएको छ, अमेरिकाले उदार र खुला व्यवस्था अंगालेको छ भनिन्छ, विवादलाई तन्काउँदै यहाँसम्म ल्याइएको छ, यसले समस्या पार्छ कि पार्दैन ?

यो दर्शनको कुरा हो । नेपालको हकमा यो दुर्भाग्यपूर्ण कुरा हो । नेपाली काँग्रेसले गति छाडेर त्यो शब्द नेपालको संविधानमा पर्न गयो । संविधानप्रति मेरो असन्तुष्टि नै त्यहीँनेर हो । चीनलाई समाजवादी भनेपनि नवउदारवादी व्यवहार छ । त्यसकारण लोकतन्त्रलाई आवश्यक अनुपालन (नेसेसरी कम्प्लायन्स) लेखिएको छ । त्यतिखेर संसार उदारीकरणको चरणमा थियो । राज्य नियन्त्रित अर्थव्यवस्थाबाट उदार अर्थव्यवस्थामा संसार अघि बढेको थियो । पूर्वी यूरोपमा समाजवादी अर्थतन्त्रहरू ढलेर नवउदारवादतर्फ अघि बढेको हो ।

चीनले पनि नवउदारवाद अंगालेकैले अहिलेको चरणमा आइपुगेको हो । अर्थव्यवस्थाका हिसाबले अहिले चीन भारतभन्दा पनि बढी उदार छ । यसले हामीलाई असर गर्दैन । हामीले संविधानमा समाजवादउन्मुख लेख्नु चाहिँ दुर्भाग्य हो ।

अब विवाद कसरी निरुपण गर्ने त ?

एमसीसी कम्प्याक्टमा कुनै विवाद छैन । नहुनुपर्ने विवाद उहाँहरूले झिक्नुभयो, प्रतिष्ठाको विषय बनाउनुभयो । पहिलेदेखि नै हामीले प्रतिष्ठाको विषय नबनाऔँ भनेकै हो । उहाँहरूलाई अहिले सो प्रतिष्ठा कहाँ अवतरण गर्ने भनेर सकस परेको हो । अरू केही पनि सकस परेको छैन ।

सरकारी पक्षले आफैँलाई ग्लानी भएर सोध्नै नपर्ने प्रश्न पनि पठायो । त्यसको उत्तर आइसक्यो । शान्त कूटनीति (क्वाइट डिप्लोमेसी) बाट गर्नुपर्ने केही कामहरू हुन्छन् । उहाँहरूले त्यो बुझ्न खोज्नुभयो भने सुझाव दिन सकिन्छ । रातोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता

धनौजी ३ का वडाध्यक्षमाथि व्यापक भ्रष्टाचारको आरोप, वडाकार्यालयमा तालाबन्दी

धनौजी ३ का वडाध्यक्षमाथि व्यापक भ्रष्टाचारको आरोप, वडाकार्यालयमा तालाबन्दी

वीरगंजबाट दुई हुण्डी कारोबारी ३८ लाख रुपैयाँसहित पक्राउ

वीरगंजबाट दुई हुण्डी कारोबारी ३८ लाख रुपैयाँसहित पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .