No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ : मन्त्री साह छोरा सुमितको ‘सेटिंग’मा समाजिक विकास मन्त्रालयमा गरे १६ करोड अनियमितता

प्रदेश २ : मन्त्री साह छोरा सुमितको ‘सेटिंग’मा समाजिक विकास मन्त्रालयमा गरे १६ करोड अनियमितता

काठमाडौं । प्रदेश २ को समाजिक विकास मन्त्रालयमा करोडौं अनियमितता भएको खुलासा भएको छ । प्रदेश सरकार स्थापनाकालदेखि नै भ्रष्टाचारमा बदनाम समाजिक विकास मन्त्री नवल किशोर साहले आर्थिक वर्ष २०७६।०७७ मा नियम विपरीत १६ करोड भन्दा बढीको काम गरेको खुलेको हो ।

हालै महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा नियम विपरीत खर्च गरेको भन्दै समाजिक विकास मन्त्रालयको १६ करोड बेरुजु ठहराएको छ ।

प्रतिवेदन अनुसार समाजिक विकास मन्त्रालय तर्फ रु।९ करोड १९ लाख ६८ हजार वेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि मन्त्रालयले १ करोड १८ लाख ३६ हजार रुपैयाँ वेरुजु फर्छयोट गरेको छ ।

यद्यपी समाजिक विकास मन्त्री साहको सेटिंगमा प्रक्रिाय विपरीत खर्च गरिएको ८ करोड १ लाख ३२ हजार रकम वेरुजु बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

समाजिक विकास मन्त्रालयको मातहतको कार्यालय, संस्था तथा समिति तर्फ रु. ८ करोड २५ लाख ८० हजार रकम वेरुजु देखिएकोमा प्रतिक्रियाबाट फर्छयोट नभएकाले समाजिक विकास मन्त्रालयको एक वर्षमा १६ करोड २७ लाख १२ हजार अभैm वेरुजु रहेको प्रतिवेदनमा देखिएको छ ।

उक्त वेरुजु मध्ये ३ करोड ६८ लाख ७२ हजार रकम समाजिक विकास मन्त्रालयको एक वर्षको म्याद नाघेको पेश्की रहेको महालेखापरिक्षकले जनाएको छ । मन्त्रालय अन्तर्गत रहेका ७ संस्था तथा समिति तर्फ १ करोड ४५ लाख २१ हजार रकम म्याद नाघेको पेश्की रहेको छ ।

महालेखा परिक्षक प्रतिवेदन अनुसार समाजिक विकास मन्त्रालयको एक वर्षको म्याद नाघेको पेश्की ५ करोड १३ लाख ९३ हजार रुपैयाँ पेश्की रहेको छ । जुन प्रयोजनको लागि पेश्की दिएको हो सो प्रयोजन अनुसार कार्य सम्पन्न गरी पेश्की फर्छौट गर्नु पर्ने कानूनी व्यवस्था छ । लेखापरीक्षणबाट म्याद नाघेका पेश्की नियमानुसार असूल गर्न महालेखापरीक्षकले भनेको छ ।

समाजिक विकास मन्त्री साह र उनका छोरा सुमित साह सुडि कमिशनको चक्करमा मिलोमतोमा अनियमित तरिकाले बजेट खर्च गर्दा वेरुजु र पेश्कीको चाँङ्ग लागेको छ । समाजिक विकास मन्त्रालयको बजेटमा भ्रष्टाचार हुनु कुनै नौलो घटना होईन । यस अघि पनि मन्त्री साह र उनको छोराको कमिशनको घटनाहरु सार्वजनिक भइसकेको छ । महालेखा परिक्षक प्रतिवेदनले यस मन्त्रालयको खर्च र भ्रष्टाचारको जडलाई बाहिर ल्याएको मन्त्रालय भित्र नै चर्चाछ ।

कोरोण नियन्त्रणको नाममा प्रत्येक खरिदमा भ्रष्टाचार

कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको आर्थिक वर्ष २०७६।७७ को आय व्यय विवरण अनुसार समाजिक विकास मन्त्रालयबाट २५ करोड र प्रदेश स्थित संघ, संस्था तथा कार्यालयबाट सहयोग प्राप्त ३ करोड ९७ लाख ६० हजार समेत गरी २८ करोड ९७ लाख ६० हजार रकम रहेको छ । सो मध्ये १८ करोड ५४ लाख ८० हजार खर्च गरेको छ । १० करोड ४२ लाख ८० हजार रकम मौज्दात रहेको प्रतिवेदनमा उल्लेखछ ।

कोषबाट खर्च भएको ८५ लाख ७७ हजार रुपैयाँ मन्त्रालयमा र ७२ लाख रकम विविध खातामा ट्रान्सफर गरिएको पाइएको छ । कोभिड १९ रोकथाम तथा उपचार सम्बन्धी विभिन्न कार्य गर्ने, लेखा राख्ने र लेखापरिक्षण गराउने गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुर, मध्येपूर्वी पृतना हेडक्वाटर बर्दिबास, भिम दल गण सप्तरी, वि।पि।मेमोरियल पोलिटेक्निक इन्स्टिच्युट, स्वास्थ्य कार्यालय रौतहट र अन्य १० अस्पताललाई १६ करोड ९७ लाख ४ हजार रकम निकासा दिएको छ । उक्त रकम सम्बन्धित निकायले खर्च गरेको वा नगरेको भन्ने मन्त्रालयले हालसम्म गुपचुप राखेको खुलेको छ ।

अनुदानमा अनियमतिता

मन्त्रालयले कोभिड १९ रोकथाम नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा प्रदेश २ अन्तर्गतका आठ वटै जिल्ला स्वास्थ्य कार्यालयहरुलाई केस इन्भेष्टिकेशन एण्ड कन्ट्रयाक्ट ट्रेसिंगको लागि चिकित्सक स्वास्थ्यकर्मी परिचालन खर्च वापत मन्त्रालयको २१ असार २०७७ को निर्णयानुसार प्रति कार्यालय २ लाख रकमको दरले १६ लाख रकम निकासा दिएको छ ।
उक्त निकासा एल.एम.वि.आई.एस. मार्फत निकासा नभई सोझै स्वास्थ्य कार्यालयको नाममा चेक काटेर भुक्तानी दिएको खुलासा भएको हो । उक्त स्वास्थ्य कार्यालयले आप्mनो खातामा आम्दानी बाँधी लेखापरिक्षण गराएको प्रमाण पेश गर्न निर्देशन दिएको छ ।

अनियमिता गर्नकै लागि मन्त्री पद बचाउन छाडे राजेन्द्र महतोको साथ

तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट नेता राजेन्द्र महतोको कोटामा समाजिक विकास मन्त्री बनेका थिए । पछि संघीय समाजवादी फोरम र राजपाको एकता भएर जसपा हुँदा सुरुमा उनी राजेन्द्र महतोकै कित्तामा थिए । तर जसपामा विवाद चुलिएपछि मन्त्री पद गुम्छ भन्दै उनी उपेन्द्र पक्षमा खुलेका थिए । साह जसपाका कार्यकारिणी सदस्य रहेको कारण पार्टी आधिकारिकताको लागि उपेन्द्र यादवले आफ्नो साथ लिएर उनको मन्त्री पद बचाएका छन् ।

महन्थ ठाकुर राजेन्द्र महतो तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा जाँदा मुख्यमन्त्री लालबाबु राउतले महन्थ र राजेन्द्र पक्षका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलसहित तीन राज्यमन्त्रीलाई समेत बर्खास्त गरेका थिए । तर उपेन्द्रको पक्षमा लागेका मन्त्री साह र उद्योग वन पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायको पद मुख्यमन्त्री राउतले जोगाएका छन् । दुबै मन्त्री भ्रष्टाचार र व्यवहारमा व्यापक बदनाम भएपनि मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई संरक्षण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#आर्थिक#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
खनालले ओली असक्षम, असफल र विवेकहीन नेता रहेको बताए

खनालले ओली असक्षम, असफल र विवेकहीन नेता रहेको बताए

फिरौती नपाएपछि ह्याकरले सार्वजनिक गरिदिए विश्वविद्यालयको २० टीबी डेटा

फिरौती नपाएपछि ह्याकरले सार्वजनिक गरिदिए विश्वविद्यालयको २० टीबी डेटा

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .