No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालबाट एमसीसी सम्झौता फिर्ता भयो भने त्यसलाई चीनको जित हुने ; कतै एमसीसी विरुद्ध बिरोध गराउन पैसा परिचालन त भएको छैन ?

नेपालबाट एमसीसी सम्झौता फिर्ता भयो भने त्यसलाई चीनको जित हुने ; कतै एमसीसी विरुद्ध बिरोध गराउन पैसा परिचालन त भएको छैन ?

तीन अंग्रेजी अक्षरको एउटा ‘सर्टकट’ शब्द अहिले ३ करोड नेपालीहरूको मुख–मुखमा झुण्डिएको छ– एमसीसी । अमेरिकासँग भएको एमसीसी सम्झौतालाई नेपालको सांसदबाट पारित गर्ने तयारी भएसँगै यसको विरोधमा सडकदेखि सञ्जालसम्म कोलाहल मच्चाइएको छ । यद्यपि, विरोध गर्नेमध्ये कतिलाई एमसीसीको फुलफर्मसमेत थाहा नहोला, त्यो बेग्लै कुरा हो ।

सम्झौता पारित गर्नुपर्ने पक्षमा लविङ गर्न एमसीसीकी उपाध्यक्ष नेपाल आएर विभिन्न राजनीतिक दलका नेताहरूको दैलो चहारिरहेकी छन् । अति विवादित यस परियोजनाको भविष्य सम्भवतः अब केही दिनभित्र टुंगो लाग्न सक्छ । देशको राजनीतिक परिदृष्य र सडकको माहोल हेर्दा यो सम्झौता संसदबाट पारित हुने सम्भावना देखिएको छैन ।

सम्भवतः नेपालमा एमसीसी पारित गराउन अमेरिकाले अन्तिम बल लगाइरहेको छ । र, यदि नेपालले अझै ल्याङल्याङ गरिरहे एकतर्फीरूपमा कार्यक्रम रद्द भएको घोषणा अमेरिकाले गर्न सक्छ ।

सरकारको लाजमर्दो पत्राचार
एमसीसी अर्थात् मिलिनियम च्यालेन्ज कर्पोरेसनमार्फत करिब ५५ अर्ब रूपैयाँ अनुदानका लागि नेपालले अमेरिकासँग सम्झौता गरेको सन् २०१७ मा नै हो । नेपालको संसदबाट पारित हुन बाँकी रहे तापनि यो सम्झौता कार्यान्वयनमा आइसकेको छ र यसअन्तरगत हालसम्म तीन अर्बभन्दा बढी रकम खर्चसमेत भइसकेको छ ।

अमेरिकाले नेपाललाई भुलभुलैयामा पारेर एमसीसीमा हस्ताक्षर गराएको होइन । नेपाल आफैंले अनवरत प्रयास गरेर यसमा जोडिएको हो । एमसीसीअन्तर्गतको परियोजना छनोट पनि नेपाल आफैंले गरेको हो । यो परियोजनामा सहभागी हुन नेपालले सन् २०११ देखि प्रयास सुरु गरेको थियो । त्यसयता धेरै अध्ययन र द्वीपक्षीय वार्तापछि मात्रै अमेरिकाले परियोजनामा नेपाललाई समेटेको हो । छलफल र गृहकार्यमा नै ६ वर्ष व्यतित भएको थियो ।

सबैभन्दा पहिले केमा प्रष्ट हुनु आवश्यक छ भने यो परियोजना अमेरिकाले होइन, नेपाल आफैंले छानेको हो । अनुदान रकमको ठूलो हिस्सा भारतसम्म जोड्ने प्रशारणलाइनमा खर्च हुने भनिएको छ, जुन अमेरिकाको नभएर नेपालको आवश्यकता हो । विद्युत प्राधिकरणकै गुरुयोजना अन्तरगतको प्रशारणलाइन भएकाले यसमा नानाथरी आशंका गरिरहनु परेन ।

सम्झौता गरेको ४ वर्षपछि नेपालले लाजमर्दो ढंगले एमसीसीलाई विभिन्न विषयहरूबारे स्पष्ट पार्न माग गर्दै पत्र पठायो । देशभित्र जारी रहेको विरोधलाई मत्थर पार्ने उद्देश्यले सरकारले सो पत्राचार गरेको भए पनि यसले कूटनीतिक वृत्तमा कस्तो सन्देश गएको होला, एकपटक विचार गरौं ।

अर्थमन्त्रालयले यस्ता प्रश्न गरेको छ– ‘यो सम्झौताले नेपालको सार्वभौमसत्तामा आँच आउँछ कि आउँदैन ?’ ‘यो सम्झौता नेपालको संविधानभन्दा माथि छ कि छैन ?’ ‘एमसीसी सम्झौता नेपालकै आवश्यकता र मागबमोजिम भएको हो कि होइन ?’ ‘यो आईपीएस मातहतमा छ कि छैन ?’ आदि ।

हास्यास्पद हुन् यी प्रश्नहरू । ए बाबा, सम्झौता हामीसँगै छ भने किन अमेरिकासँग प्रश्न गर्ने ? के सम्झौता पढ्दै नपढिकन हस्ताक्षर गरिएको थियो ? स्मरणीय छ कि एमसीसीमा सम्झौता त्यसबेला शेरबहादुर देउवा नेतृत्वको सरकारले नै गरेको थियो र माओवादी उक्त सरकारको साझेदार थियो । सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहिलेको सरकारमा कानूनमन्त्री छन् । के नेपालको सार्वभौमिकतामा असर गर्ने निश्चित नभइकन सरकारले त्यसबेला सम्झौता गरेको थियो ?

कुनै पनि अन्तर्राष्ट्रिय सन्धि–सम्झौता क्षणिक आवेगमा उत्तेजनामा आएर गरिँदैन । सम्झौताको मस्यौदाका केस्रा–केस्रा निफनेर, शब्द–शब्द केलाएर, तीनको निहितार्थ खोतलेर सबै कुरामा दुवै पक्ष सहमत भएपछि बल्ल हस्ताक्षर हुन्छ । एकपटक हस्ताक्षर गरिसकेको सम्झौताका प्रावधानहरू सहजै हेरफेर हुँदैनन् ।

सम्झौता अवधिमा हस्ताक्षरकर्ता देशमा सरकार फेरिन सक्छन् । राजनीतिक प्रणाली नै पनि फेरिन सक्छ । तर, त्यसले सम्झौतामा असर गर्दैन र गर्नुहुँदैन भन्ने मान्यता राखिन्छ । अघिल्लो सरकारले गरेका सम्झौतालाई भावी सरकारहरूले स्वामित्वग्रहण नगर्ने हो भने कुनै पनि देशको अन्तर्राष्ट्रिय सम्बन्ध दिगो हुन सक्दैन । अन्तर्राष्ट्रिय समुदायमा उक्त देशको विश्वसनीयता समाप्त हुन्छ । राजनीतिक मुद्दा बनाएर अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा खेलवाड गर्न थालियो त्यसले पार्ने प्रभाव बहुआयामिक हुन्छ ।

भीडले डो¥याएको देश
सामाजिक सञ्जालमा व्यक्त अभिमत हेर्दा बहुसंख्यक जनता एमसीसीको विपक्षमा देखिएका छन् । देशको राजनीतिक तथा बौद्धिक तप्का एमसीसीबारे विभाजित रहँदा सर्वसाधारण जनताको ठूलो हिस्सा भने यसको विरोधमा उभिएको छ । सडकमा दिनहुँ नारावाजी भइरहेका छन् । एमसीसीको विरुद्धमा जबरजस्त माहोल बनेको छ ।

अघि एउटा युट्युव च्यानलमा हेर्दै थिएँ, जहाँ राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रेका एक युवा भन्छन्– यदि एमसीसी पारित भयो भने म बमको माला लगाएर संसद भवनभित्र छिर्छु, मलाई पक्राउ गरेर देखाऊ । ती युवाले एमसीसी सम्झौताको कति अध्ययन गरेका छन् र कति बुझेका छन् भन्ने उनैलाई थाहा होला । तर, आक्रोश यो तहसम्म छ ।

भीडसँग विवेकभन्दा बढी आवेग हुन्छ । भीडलाई सही विचार दिएर दिशानिर्देश गर्ने जिम्मेवारी राजनीतिक दल, बुद्धिजिवी र मिडियाको हो । तर, यतिबेला यी तीनवटै तप्काले जनतामा आफ्नो विश्वसनीयता गुमाएका छन् । फलत यतिबेला देशमा भीडले नै सबै फैसला गर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएको छ ।

दलहरूले एमसीसीलाई समयमै नसल्टाएर अनावश्यकरूपमा गिजोले । समयमै संसदबाट पारित भएको भए यो परियोजना यतिबेला सम्पन्नताको चरणमा हुने थियो । तर, कुनै पनि चिजलाई यति धेरै गिजोलेपछि त नभएको पदार्थ पनि निस्किन्छ । चार वर्षसम्म सम्झौता पारित नगरी दलहरू आ–आफ्नो राजनीतिको रोटी सेक्न तल्लिन रहँदा यो सम्झौता विभत्स तरिकाले सडकमा फिँजारिएको छ ।

नेता, बुद्धिजिवी मिडिया सबै भीडसँगै लतारिन थालेका छन् । जब भीडले देशलाई डो¥‍याउन थाल्छ, त्यो देश देश रहँदैन, एउटा हाटबजारमा परिणत हुन पुग्छ । र, हाटबजारमा बलिया तर्क होइन, ठूलो आवाजको मात्रै सुनवाइ हुन्छ ।

एमसीसीको सन्दर्भमा धेरै मानिसहरू अझै पनि कुहिरोको काग नै छन् । कागले कान लैजान लाग्यो भनेर हल्ला चलाइएको छ, मानिसहरू आफ्नो कान नछामिकन कागको पछिपछि दौडिएका छन् । एमसीसी कम्प्याक्ट अध्ययन गरेका र बुझेकाहरूले पनि अरुलाई सहीरूपमा बुझाएका छैनन् । जसले अध्ययन नै गरेको छैन, बुझ्ने क्षमता नै राख्दैनन्, उनीहरू चर्को स्वरमा विरोध गरिरहेका छन् । अमेरिकाले नेपाल क्वाप्पै खान आँट्यो भन्ने खालको हाउगुजी खडा गरिएको छ ।

फेरि पनि, यो परिस्थितिका जिम्मेवार भनेका राजनीतिक दल र नेताहरू नै हुन् । उनीहरूले जनविश्वास गुमाउनु नै समस्याको जड हो । विगतमा नेपालले गरेका अधिकांस अन्तर्राष्ट्रिय सम्झौताहरू देश हितमा भएनन् । त्यसैले एमसीसीमा पनि पक्कै गडबड गरे होलान् भन्ने जनतामा परेको छ । दलहरूले जनतामा आफ्नो विश्वसनीयता स्थापित गर्न सकेको भए उनीहरूमा यस्तो खालको लघुताभाष हुन्थेन ।

दलहरूले एमसीसीलाई समयमै नसल्टाएर अनावश्यकरूपमा गिजोले । समयमै संसदबाट पारित भएको भए यो परियोजना यतिबेला सम्पन्नताको चरणमा हुने थियो । तर, कुनै पनि चिजलाई यति धेरै गिजोलेपछि त नभएको पदार्थ पनि निस्किन्छ । चार वर्षसम्म सम्झौता पारित नगरी दलहरू आ–आफ्नो राजनीतिको रोटी सेक्न तल्लिन रहँदा यो सम्झौता विभत्स तरिकाले सडकमा फिँजारिएको छ ।

पात्र र प्रवृत्ति
२०११ देखि २०१७ सम्म आइपुग्दा अहिले मुलधारका सबै पार्टी र तीनका मुख्य नेताहरू एमसीसी सम्झौतामा कुनै न कुनै रूपले जोडिएका छन् । एमसीसी नेपालमा भित्र्याउने गृहकार्य डा. बाबुराम भट्टराईको सरकारले शुरू ग¥यो । त्यसयता बनेका क्रमशः खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा नेतृत्वका सरकारका पालामा एमसीसीमा केही न केही काम भएको छ । कुनै पनि सरकारले यो सम्झौता ठीक छैन भनेर पन्छाउन खोजेको पाइँदैन । त्यसैले अहिले आएर सम्झौतामाथि आधारभूत प्रश्न उठाउने नैतिक अधिकार उनीहरू कसैलाई छैन ।

आज सडक र सामाजिक सञ्जालको माहोलले गर्दा एमसीसीको पक्षमा रहेका नेताहरू पनि बोल्न सकेका छैनन् । कतिले राजनीतिक अवसरवादको प्रदर्शन गर्दै अडान बदलिरहेका छन् । कोही राष्ट्रवादी देखिने चक्करमा त कोही वर्तमान सरकारलाई असफल बनाउने रणनीतिमा एमसीसीलाई उपयोग गर्न खोजिरहेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको कुरा गरौं । हिजो एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने सरकारमा उनको पार्टी माओवादी पनि सहभागी थियो । यतिमात्रै होइन, प्रचण्ड नेतृत्वकै सरकारले एमसीसी सम्झौतालाई टुंगोमा पु¥याउन निर्णायक वार्ता गरेको हो । उनले तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेर सम्झौता प्रक्रिया अघि बढाएका थिए । सरकार परिवर्तन नभएको भने महराले नै सम्झौतामा हस्ताक्षर गर्ने पक्का थियो ।

एमसीसी प्रकरण बरु कांग्रेसले धेरै हदसम्म राजनीतिक इमानदारीता प्रदर्शन गरेको छ । प्रतिपक्षमा रहँदा पनि कांग्रेसले एमसीसीको विरोध गरेन । भलै एकाध नेताहरूले सस्तो लोकप्रियताका लागि यसमाथि प्रश्न उठाए होलान् र अब पनि उठाउलान् । तर, सम्झौता पारित गर्ने पक्षमा अहिले पनि कांग्रेस स्पष्ट छ । खासमा एमसीसीलाई लिएर कांग्रेसमात्रै स्पष्ट छ ।

तर, अहिले प्रचण्ड–महराको बोली फेरिएको छ । महरा सभामुख पदमा रहँदा उनले नै एमसीसीलाई अड्काए । प्रचण्ड अहिले संशोधनबिना एमसीसी पास हुँदैन भनिरहेका छन् । यदि सम्झौता आपत्तिजनक नै थियो भने त्यति नै बेला किन उनको पार्टीले विरोध जनाएन ? सरकारबाट बाहिरिएर सडकमा किन आएन ?

अडान फेर्ने नेताहरूको सूचीमा अहिले थपिएका छन् एमाले अध्यक्ष केपी शर्मा ओली । आफू प्रधानमन्त्री छँदासम्म एमसीसी सम्झौता संसदबाट पारित गराउन प्रयास गरेका ओलीको बोली सरकारबाट बाहिरिएको भोलिपल्टदेखि नै बदलियो । उनी अहिले एमसीसी पारित गर्ने कि नगर्ने भनेर सरकारलाई लगातार प्रश्न गरिरहेका छन्, तर आफ्नो अडान खुलाएका छैनन् । यद्यपि, पछिल्ला अभिव्यक्तिहरूले उनी एमसीसीको विपक्षमा उभिने वातावरण बनाइरहेको आँकलन गर्न सकिन्छ ।

राजनीतिमा इमान–जमानका कुराहरू सान्दर्भिक हुँदैनन् भनेर मान्ने हो भने अर्कै कुरा, होइन भने केपी ओलीको जत्तिको नेतालाई कुनै तार्किक कारणबिना यसरी हठात अडान बदल्ने छुट छैन । आफूलाई विस्थापित गरेर बनेको देउवा सरकारलाई गौंडा गौंडामा अप्ठेरो पार्ने र गठबन्धनलाई असफल तुल्याउने उनको रणनीति स्पष्ट नै छ । तर, यसनिम्ति उनले अर्को मुलुक जोडिएको अन्तर्राष्ट्रिय सम्झौतालाई चाहिँ हतियार नबनाउन् । अन्यथा उनलाई समर्थकहरूले दिएको ‘राजनेता’ को सम्मानकै अपमान हुनेछ ।

एमसीसीले केही नेताहरूको आडम्बरी चरित्र पनि राम्रैसँग उजागर गरिदिएको छ । जस्तै, कांग्रेसका चर्चित युवा नेता गगन थापा । अध्ययनशील र तार्किक क्षमताका धनी गगन कुनै पनि मुद्दामा आक्रामक ढंगले स्पष्ट प्रतिक्रिया दिन खप्पिस छन् । कांग्रेसबाहिर पनि उत्तिकै फलोअर्स रहेकाले उनका विचारहरूले महत्व राख्छन् ।

सामाजिक सञ्जालमार्फत मामुली विषयहरूमा पनि आफ्ना दृष्टिकोण राखिरहने गगन एमसीसीका विषयमा भने पूर्णतया मौन छन् । एमसीसीको प्रश्न आउनेबित्तिकै १० कोस पर भाग्छन् । गगनमाथि लाग्दै आएको आरोप हो, उनी आफ्नो ब्रम्हले ठीक–बेठीक छुट्याएर होइन, भीडले ताली बजाउँछ कि बजाउँदैन भन्ने मात्रै सोचेर लेख्ने र बोल्ने गर्छन् । यतिबेला सामाजिक सञ्जालमा उनलाई निकै खोजिएको छ । तर, गगन ‘गायब’ छन् ।

बाहिर नखुले पनि हिजोका दिनमा उनी एमसीसीको पक्षमा नै थिए । तर, अब ‘बदलिँदो परिस्थिति’मा उनले पनि ‘यथास्थितिमा पारित गर्न नहुने’ पक्षमा आफूलाई उभ्याए भने आश्चर्य नमान्दा हुन्छ ।

गगनजस्तै सामाजिक सञ्जालमा अधिक फलोअर्स भएका नेताहरू डा. बाबुराम भट्टराई र रवीन्द्र मिश्र एमसीसीलाई लिएर स्पष्टतापूर्वक अगाडि आउन सकिरहेका छैनन् । यसले गर्दा भ्रम फैलाउनेहरूका लागि मैदान खालीजस्तै भएको छ । तर, बाबुराम भने पछिल्लो समय एमसीसीको पक्षमा मुखर हुँदैछन ।

एमसीसीको सन्दर्भमा कुरा गर्दा छुटाउन नहुने अर्को नाम हुन् कुलमान घिसिङ । उनी एमसीसीसँग जोडिएका एक अहम् पात्र हुन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको रूपमा प्रशारण लाइन छनोटमा उनी प्रत्यक्ष संलग्न थिए । अहिले पनि उनी एमसीए नेपालको सञ्चालक समिति सदस्य छन् ।

घिसिङले अहिलेसम्म सार्वजनिकरूपमा कहिल्यै एमसीसीबारे बोलेका छैनन् । र, बोल्ने मुडमा पनि छैनन् । आफैं संलग्न परियोजना भएको हुँदा एमसीसीको विरोध उनले गर्न मिल्दैन । उनी विरोधमा पनि छैनन् । तर, खुला समर्थन गर्दा विवादमा पर्ने खतरा छ । तसर्थ एमसीसीको प्रश्न आउनासाथ उनले ‘यो सरकारको विषय हो’ भनेर पन्छाउने गरेका छन् ।

हो, कुलमान एक सरकारी कर्मचारी भएको नाताले यस्ता विवादित विषयमा सार्वजनिक अभिव्यक्ति दिनैपर्छ भन्ने छैन । सामान्य अवस्थामा सरकारको नीति–निर्देशनमा चल्नु नै उनको कर्तव्य हो । तर, अहिले एमसीसीलाई लिएर जनतामा भ्रमको ठूलै पर्खाल खडा गरिएको छ । त्यसैले यो सम्पूर्ण भ्रम चिर्न उनले आफ्नो लोकप्रियतालाई दाउमा राखेर भए पनि मुख खोल्नैपर्ने अवस्था आएको छ । यसकारण कि नेताहरूले भन्दा उनले भनेको कुरामा धेरै नेपालीले विश्वास गर्छन् । विवादमा आउने डरले उनी आज पन्छिरहँदा भोली आफैं चुक्चुकाउनुपर्ने अवस्था नआओस् ।

एमसीसी प्रकरण बरु कांग्रेसले धेरै हदसम्म राजनीतिक इमानदारीता प्रदर्शन गरेको छ । प्रतिपक्षमा रहँदा पनि कांग्रेसले एमसीसीको विरोध गरेन । भलै एकाध नेताहरूले सस्तो लोकप्रियताका लागि यसमाथि प्रश्न उठाए होलान् र अब पनि उठाउलान् । तर, सम्झौता पारित गर्ने पक्षमा अहिले पनि कांग्रेस स्पष्ट छ । खासमा एमसीसीलाई लिएर कांग्रेसमात्रै स्पष्ट छ ।

के हो अमेरिकी स्वार्थ ?
एमसीसी परियोजनामा अमेरिका ‘दिने’ पक्ष हो भने नेपाल ‘लिने’पक्ष । सामान्यतया लिने पक्षले दिने पक्षलाई विभिन्न उपाय लगाएर ललाइफकाई गर्नुपर्छ । तर, अहिले उल्टो देखिएको छ । अमेरिका ‘हाम्रो सहयोग लिइदेउन’ भनेर नेपालसँग अनुनय गरिरहेको प्रतीत हुन्छ । तपाईंलाई लाग्न सक्छ, अमेरिकाको आवञ्छित स्वार्थ थिएन भने यति विवाद आइसकेपछि खुरुक्क आफ्नो परियोजना फिर्ता नलगेर किन मरिहत्ते गरिरहेको छ ?

हो, ठूला र समृद्ध देशले साना देशलाई अनुदान दिँदा उनीहरूका आफ्ना सामरिक स्वार्थ त हुन्छन् नै । नत्र यति पैसा अर्को देशलाई सित्तैमा दिनुभन्दा आफ्नै जनतालाई बाँड्दा हुन् । यस्तो सहायतामा दाता राष्ट्रको मुख्य स्वार्थ भनेको ती देशमा आफ्नो प्रभाव जमाउनु हो ।

यदि एमसीसी नेपालबाट फिर्ता भयो भने अमेरिकासँगको सम्वन्धि चिसिने मात्र नभएर भविष्यमा नेपालमा आउने अन्य सहायताहरू प्रभावित हुने छन् । नेपाललाई अविश्वसनीय राष्ट्रका रूपमा हेरिनेछ ।

पछिल्लो समय विश्वस्तरमा आफ्नो प्रभुत्व कायम गर्न अमेरिका र चीनबीच खुल्ला प्रतिस्पर्धा चलिरहेको छ । उनीहरूले यसका निम्ति प्रशस्त पैसा खन्याइरहेका छन् । यस्तोमा नेपालमा आफ्नो सहायता परियोजना सफल तुल्याउनु अमेरिकाको निम्ति एकदमै महत्वपूर्ण छ । यदि नेपाल यो सम्झौताबाट पछि हट्यो भने त्यसलाई चीनको सफलताका रूपमा बुझिनेछ । यसकारण पनि कि नेपालले चीनको महत्वाकांक्षी बीआरआई परियोजनामा पनि हस्ताक्षर गरिसकेको छ ।

हालै दक्षिण एसियाकै अर्को मुलुक श्रीलंकामा एमसीसी परियोजना फेल भयो । त्यहाँ पनि नेपालको जस्तै राजनीतिक किचलोका कारण सरकार यो परियोजनाबाट पछि हट्न वाध्य भएको थियो । अमेरिका चाहँदैन कि एकपछि अर्को देशमा परियोजना असफल होस । श्रीलंकापछि नेपालमा पनि असफल भयो भने परियोजनाको अवधारणामाथि न प्रश्न उठ्न सक्ने भएकाले उ बढी चिन्तित भएको हुन सक्छ ।

आलोचना र यथार्थ
एमसीसी सम्झौतामा विवादित मानिएका विषयहरूमाथि अमेरिकाले पहिल्यैदेखि स्पष्टीकरण दिँदै आएको छ । गत वर्ष सामाजिक सञ्जालमा अमेरिकाले बुँदागतरूपमा नै एमसीसीबारे प्रष्ट्याएको थियो । अहिले सरकारलाई पठाइएको जवाफी पत्रमा पनि तिनै कुराहरू छन् ।

सबैभन्दा पहिले केमा प्रष्ट हुनु आवश्यक छ भने यो परियोजना अमेरिकाले होइन, नेपाल आफैंले छानेको हो । अनुदान रकमको ठूलो हिस्सा भारतसम्म जोड्ने प्रशारणलाइनमा खर्च हुने भनिएको छ, जुन अमेरिकाको नभएर नेपालको आवश्यकता हो । विद्युत प्राधिकरणकै गुरुयोजना अन्तरगतको प्रशारणलाइन भएकाले यसमा नानाथरी आशंका गरिरहनु परेन ।

नेपालले आगामी दिनहरूमा भारी परिमाणमा उत्पादन गर्ने विजुलीका लागि अन्तर्राष्ट्रिय बजार अत्यावश्यक छ, त्यसका लागि सबैभन्दा पहिलो विकल्प भनेको भारत हो । भारतमा विजुली बेच्नका लागि प्रशारण लाइन चाहियो, जसका लागि ठूलो लगानी आवश्यक पर्छ । सरकारले आफ्नो स्रोतबाट रकम जुटाउन सहज नरहेको अवस्थामा अमेरिकाले दिएको अनुदान उपयोग गर्दा हानी के छ ? यो प्रशारणलाइनबाट विजुली नै बग्ने हो, राष्ट्रियता बगेर भारततिर जाने होइन ।

एमसीसीमाथिको मुख्य आलोचनाका विषयहरू यस्ता छन् ः–
– यो चीनलाई घेर्ने अमेरिकी सैन्य योजना इन्डो प्यासिफिक स्ट्रेटिजीको अंग हो

– यसले अमेरिकी सेना हतियारसहित नेपाल आएर क्याम्प खडा गर्न अनुमति दिन्छ

– नेपालको संविधानभन्दा सम्झौतालाई माथि राखिएको छ

– एमसीसीको लेखापरीक्षण नेपालले गर्न सक्दैन

– परियोजनाबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको हक लाग्दैन

– एमसीसीका कर्मचारीलाई नेपालको कानून लाग्दैन आदि

अमेरिकी सैन्य योजनाको अंग होइन भनेर अमेरिकाले बारम्बार बताइरहेको छ । सम्झौतामा आईपीएसको कतै उच्चारणसमेत छैन । एमसीसीको स्थापना आईपीएसको अवधारणभन्दा अगाडि नै भएको तथा इन्डो प्यासिफिक क्षेत्रबाहिर पनि एमसीसी सक्रिय रहेको हुँदा यी अलग–अलग चिज हुन् भन्ने सहजरूपमा बुझ्न सकिन्छ । अमेरिकी सेना हतियारसहित नेपाल आउँछन् र चीनलाई निशाना बनाएर नेपालमै बेस क्याम्प खडा गर्छन् भन्ने नचाहिँदो हौवामात्रै हो ।

परियोजनाको लेखापरीक्षण नेपालले गर्न सक्दैन भन्नेमा पनि सत्यता छैन । सम्झौताको दफा ३.८ (क) मा स्पष्टरूपमा भनिएको छ कि नेपालले आफ्नो हिसाबले लेखापरीक्षण गराउन सक्छ ।

एमसीसी नेपालले अहिलेसम्म प्राप्त गर्न लागेको सबैभन्दा ठूलो अनुदान सहायता हो । ५५ अर्ब नेपालका लागि सानो रकम होइन । हो, यदि नेपालको राष्ट्रियता र सार्वभौमसत्तामा धक्का पुग्ने खतरा थियो भने ५५ अर्ब त के ५५ खर्बकै सहयोग पनि अस्वीकार गर्नुपर्ने हुन्थ्यो । तर, एमसीसी सम्झौतामा त्यस्तो त्राश पाल्नुपर्ने केही छैन ।

परियोजनाका क्रममा उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार रहने भनेर अमेरिकाले प्रष्ट्याइसकेकाले यसमा थप चिन्ता लिइरहनु आवश्यक भएन । फेरि, प्रशारणलाइन निर्माण र सडक मर्मत गर्दा कुनै अथाह बौद्धिक सम्पत्तिको उत्पादन हुने पनि होइन ।

एमसीसी सम्झौताका प्रावधान नेपालको संविधानभन्दा माथि हुने पनि भनिएको छैन । आयोजना कार्यान्वयनमा सम्झौताका प्रावधान र नेपालको कानून बाझिएमा सम्झौताका प्रावधान लागू हुने चाहिँ उल्लेख छ । संविधान र कानून फरक कुरा हुन् ।

नेपालको संसदबाटै पारित गर्नुपर्ने अनिवार्यतामा अमेरिकाको खराब नियत रहेको पनि कतिपयले बताउने गरेका छन् । हाम्रो लागि मुख्य विषय भनेको सम्झौता नेपालको हितमा छ कि छैन भन्ने हो । हितमा छ भने त्यसलाई संसदले पारित गर्दा के आपत्ति भयो ? सरकार परिवर्तन भइरहने देशमा सम्झौताको वैधानिक आधार मजबुत बनाउनका निम्ति अमेरिकाले यो शर्त राखेको देखिन्छ ।

एमसीसी नेपालले अहिलेसम्म प्राप्त गर्न लागेको सबैभन्दा ठूलो अनुदान सहायता हो । ५५ अर्ब नेपालका लागि सानो रकम होइन । हो, यदि नेपालको राष्ट्रियता र सार्वभौमसत्तामा धक्का पुग्ने खतरा थियो भने ५५ अर्ब त के ५५ खर्बकै सहयोग पनि अस्वीकार गर्नुपर्ने हुन्थ्यो । तर, एमसीसी सम्झौतामा त्यस्तो त्राश पाल्नुपर्ने केही छैन ।

योभन्दा अगाडि पनि नेपालले धेरै देश र दातृ निकायहरूसँग अनुदान लिएको छ । पहिले अनुदान लिँदा पनि दातृ निकायका धेरै शर्तहरू हुने गर्थे । विगतमा भएका अनुदान सम्झौताहरूमा के–के लेखिएका थिए, कसले पढेको थियो ? अमेरिकाले पनि नेपाललाई धेरै अनुदान दिँदै आएको छ । तर, उसले अहिलेसम्म नेपालको सार्वभौमसत्तामाथि गिद्देदृष्टि लगाएको देखिँदैन ।

यदि एमसीसी नेपालबाट फिर्ता भयो भने अमेरिकासँगको सम्वन्धि चिसिने मात्र नभएर भविष्यमा नेपालमा आउने अन्य सहायताहरू प्रभावित हुने छन् । नेपाललाई अविश्वसनीय राष्ट्रका रूपमा हेरिनेछ ।

नेपालको अर्थतन्त्र अहिले यस्तो अवस्थामा छ कि आफ्नो आन्तरिक राजश्वले सरकारको चालु खर्च पनि नपुग्ने अवस्था आइसक्यो । कर्मचारीलाई तलब खुवाउन पनि विदेशबाट ऋण लिनुपर्ने वाध्यताका बीच यति ठूलो अनुदान सहायतामाथि धेरै राजनीति नमिसाउँदा नै उचित हुन्छ । नेपालप्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
चीनको विस्तारवादी नितीकाे विराेधमा प्रवक्ता अकरम पठान भन्छन- उइगर मुस्लिम समुदायको धार्मिक शिक्षामा रोक लगाएका चीनकाे विराेध किन हुदैन ?

चीनको विस्तारवादी नितीकाे विराेधमा प्रवक्ता अकरम पठान भन्छन- उइगर मुस्लिम समुदायको धार्मिक शिक्षामा रोक लगाएका चीनकाे विराेध किन हुदैन ?

प्रदेश २ : मन्त्री साह छोरा सुमितको ‘सेटिंग’मा समाजिक विकास मन्त्रालयमा गरे १६ करोड अनियमितता

प्रदेश २ : मन्त्री साह छोरा सुमितको ‘सेटिंग’मा समाजिक विकास मन्त्रालयमा गरे १६ करोड अनियमितता

खनालले ओली असक्षम, असफल र विवेकहीन नेता रहेको बताए

खनालले ओली असक्षम, असफल र विवेकहीन नेता रहेको बताए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...