No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारत चेसमा अमेरिका र चीनभन्दा अगाडि

भारत चेसमा अमेरिका र चीनभन्दा अगाडि

कुनै समय भारतलाई चीनसँगसँगै विश्वशक्ति बन्ने अनुमान गरिन्थ्यो । कोभिड–१९ महामारीले देशभित्र धनजन दुवैमा उल्लेख्य क्षति पु¥यायो । यस्तो स्थितिमा खेलकुदले देशलाई दुःख भुल्न सघाउन सक्छ । यो वर्षको टोकियो ओलम्पिक खेलमा भारतले विगतको भन्दा राम्रो प्रदर्शन गर्दा भारतीयहरू खुसी भएका छन् । जबकि, झन्डै १.४ अर्ब मानिस रहेको देश ओलम्पिकको मेडल तालिकामा ४८औँ स्थानमा हुनु राम्रो प्रदर्शन भने होइन ।

यो पृष्ठभूमिमा एउटा खेलले भने भारतीयहरूलाई उत्साह प्रदान गर्ने गर्छ । भारतीय एकदमै छिटो विश्वव्यापी चेस महाशक्ति बन्ने यात्रामा देखिएको छ । भारत चेसका कैयौँ मापनमा अमेरिका र चीनभन्दा अगाडि छ भने विगतदेखि चेसको महाशक्ति रुससँग हाराहारी रहेको छ । सन् २०१२ देखि ४४ भारतीय चेसको सबैभन्दा ठूलो उपलब्धि ग्रान्डमास्टरबाट विभूषित भएका छन् । जबकि, यस अवधिमा १८ चिनियाँ र २२ जना अमेरिकी यस सम्मानबाट सुशोभित भए ।

रुस भारतभन्दा एक स्थान मात्र अगाडि छ । यो कुनै सानोतिनो उपलब्धि होइन, किनकि भारत यस खेलमा निकै पछाडि मात्र अग्रस्थानमा आउन थालेको हो । सन् १९८८ मा भारतीयले पहिलोपटक ग्रान्डमास्टर उपाधि हासिल गर्न सफल भए । भारतका लागि ग्रान्डमास्टरको संख्याजति नै तिनको उमेर पनि उत्साहप्रद देखिन्छ । पछिल्ला २० भारतीय ग्रान्डमास्टरमध्ये झन्डै आधा किशोरकालमै छन् । र, कैयौँ ग्रान्डमास्टर चेस च्याम्पियन उत्पादन गर्ने भनिएका महानगरभन्दा बाहिरबाट आएका छन् । विगतमा अंग्रेजी बोल्ने एलिटहरूभन्दा बृहत्तर जनसंख्याबाट क्रिकेट खेलाडी आउन थालेपछि भारतको क्रिकेट खेल सुधारिएको थियो । त्यसैगरी, अहिले भारतका साना सहरबाट प्रतिभा आकर्षित हुन थालेपछि चेस सुधारिन थालेको छ ।

आखिर यो प्रतिभाको छाल अहिले नै किन आयो ? कुनै देशले खेलकुदमा कसरी सफलता हासिल ग¥यो भनेर व्याख्या गर्न त्यति सजिलो छैन । तर, भारतको सन्दर्भमा भने ‘सुपरस्टारको प्रभाव’को सम्भावना नकार्न सकिँदैन । सन् १९७० को दशकमा स्विडेनले कसरी महान् टेनिस खेलाडी बियोर्न बोरी उत्पादन गर्न सक्यो, हामी कहिल्यै पनि स्पष्ट भन्न सक्दैनौँ । तर, बोरीको सफलतापछि धेरै ग्रान्डस्लाम खेलाडी आएको हामीले देख्यौँ । बोरीको जितले धेरै स्विडिस युवा खेलतर्फ तानिए ।

चेसमा भारतको आजको उत्कृष्ट प्रदर्शन निश्चय पनि पहिलो ग्रान्डमास्टर विश्वनाथन आनन्दसँग जोडिएको हुनुपर्छ । कसैले नामै नसुनेको विश्वनाथन सन् १९८८ मा अचानक विश्वको ग्रान्डमास्टर बने । लगत्तै उनले पाँच विश्व च्याम्पियनसिप जिते र २५ वर्षसम्म विश्व चेस जगत्को शीर्ष स्थानमा कायम रहे । आज उदाएका भारतीय ग्रान्डमास्टरहरू आनन्दको प्रभावले चेसतर्फ आकर्षित भएको हुनुपर्छ । तर, यसमा त्यसबाहेकका अन्य तत्वको पनि भूमिका हुनुपर्छ । डिजिटल युगअगाडि विश्वमा उच्च तहको चेस सिक्न, खेल्न र प्रतिस्पर्धा गर्नका लागि संगठनात्मक पूर्वाधारको आवश्यकता थियो, जसमा भारत सबल छैन । तर, अहिले हरेक खेलाडी इन्टरनेटमा जोडिएका हुन्छन् र चेसका विद्यार्थीहरूले खेल सिक्नका लागि सफ्टवेयर वा भर्चुअल विज्ञको सहयोग लिन सक्छन् । अनलाइन रूपमा प्रतियोगिताहरू पनि आयोजना भइरहेका हुन्छन्, जसमा टाढा–टाढाका खेलाडीले पनि भाग लिन सक्छन् ।

भारत चेसका कैयौँ आधारमा अमेरिका र चीनभन्दा अगाडि छ भने चेसको ऐतिहासिक महाशक्ति रुससँग हाराहारी पुगेको छ

डिजिटल क्रान्तिको आगमनसँगै भारतका करोडौँ युवामाझबाट चेस खेलाडी आउन सक्ने वातावरण बन्यो । स्वाभाविक रूपमा ठूलो समुदायबाट खेलाडी आउँदा तिनबाट उत्कृष्ट खेलाडी उत्पादन हुने सम्भावना उल्लेख्य वृद्धि भयो । अर्को धारणा के छ भने पछिल्लो समयमा विशिष्ट चेसयन्त्रको आगमनसँगै यो खेल स्मरण गर्न सक्ने खेलाडीले राम्रो गर्न सक्ने भएको छ । विगतमा यो चेसबोर्डमा कठिन हिसाब गर्न सक्नेले जित्ने विश्वास गरिन्थ्यो । यस्तोमा भारतको रट्ने शिक्षा प्रणालीमा हुर्किएका युवाले विशेष फाइदा पाउने अवस्था सिर्जना भएको छ । चर्चित ‘स्पेलिङ बी कन्टेस्ट’मा भारतीय मूलका अमेरिकी बालबालिकाको आधिपत्य हुनुमा पनि यही पक्ष जिम्मेवार रहेको बताइन्छ ।

तर, भारतको चेस क्रान्ति अझै पूरा भएको छैन । भारतका वर्तमान ग्रान्डमास्टरमध्येबाट कोही पनि शीर्ष दशमा छैनन् । न त कसैले आनन्दपछि विश्वको शीर्ष स्थान कायम रहिरहेका नर्वेजियन म्याग्नस कार्लसनलाई नै गतिलो चुनौती दिन सकेका छन् । चेसमा आएको नयाँ डिजिटल लोकतान्त्रीकरणका केही अँध्यारा पक्ष पनि छन् । जस्तो– चेसमा भारतीय परिवारले छोरीभन्दा पनि छोरा वा किशोरलाई प्राथमिकता दिने गरेको छ ।

धेरै किशोर पढाइ वा खेलबीच कुनलाई छान्ने भन्नेमा तनावबाट गुज्रिरहेका छन् । किनकि, डिजिटल क्रान्तिपछि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि उल्लेख्य खर्च हुने गर्छ, त्यसले गर्दा परिवार तथा खेलाडीलाई दुईमध्ये एउटा छाड्नुपर्ने बाध्यता आइपर्छ । त्यसबाहेक भारतका शीर्ष खेलाडीमा अल्पसंख्यक, त्यसमा पनि विशेष पिछडिएको दलित समुदाय तथा मुसलमान समुदायबाट निकै कम देखिन्छन् । त्यस्तै, हिन्दीभाषी विपन्न क्षेत्रका पनि कम छन् । भारतको बढ्दो ग्रान्डमास्टरमा दुईजना मात्र महिला छन् । (जबकि चीनका नौजना छन् ।) यी सब कमजोरीका बाबजुद भारतले चेसमा असाधारण सफलता हासिल गरिरहेको छ । यहाँको न्यून स्रोत तथा असमावेशीपन सम्बोधन गरियो भने चेस महाशक्तिको रूपमा भारतको भविष्य उज्यालो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #खेलकुद#विचार#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
कट्टरपन्थी सोच भएका मानिसहरुको गतिविधि दिन प्रतिदिन बढ्दै

कट्टरपन्थी सोच भएका मानिसहरुको गतिविधि दिन प्रतिदिन बढ्दै

एकीकृत समाजवादीले पायो संसदीय दलको कार्यालय

एकीकृत समाजवादीले पायो संसदीय दलको कार्यालय

शान्ति समाजद्वारा थप दुई पुरस्कार स्थापना

शान्ति समाजद्वारा थप दुई पुरस्कार स्थापना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .