No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नारायणघाट-बुटवल सडक, २९ महिनामा ८.५ प्रतिशत मात्र काम, प्रशासनलाई टेर्दैन चिनियाँ कम्पनी

नारायणघाट-बुटवल सडक, २९ महिनामा ८.५ प्रतिशत मात्र काम, प्रशासनलाई टेर्दैन चिनियाँ कम्पनी

कावासोती। करिब १७ अर्बको लगानीमा बिस्तार गर्न लागिएको पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्ड यति बेला अलपत्र अवस्थामा छ । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएपछि २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । तर सडक बिस्तारको शिलान्यास भएको २ वर्षको अवधिमा मात्रै ८.५ प्रतिशत काम हुँदा सर्वसाधारणले भने सास्ती बेहोर्न परेको छ ।

चाइना कन्स्ट्रक्सन कम्पनीले गैँडाकोटको नारायणी नदी पुल देखि बुटवल सम्म ११५ किलो मिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा ४ लेन दाउन्नेमा ३ लेन बिस्तार गर्ने गरी १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । साढे तीन वर्षमा काम सक्नका लागि हरेक महिना २.५ प्रतिशतका दरले काम सम्पन्न हुनु पर्नेमा दुई वर्षको अवधिमा ८.५ प्रतिशत मात्रै काम भएको आयोजना प्रमुख रमेश दृष्टिले बताए ।

सडक निर्माणको सम्झौता भए देखि निर्माण सम्पन्न नगर्दा सम्म सडक मर्मत गर्ने जिम्मा पनि निर्माण कम्पनीकै हुने गरी सम्झौता भए पनि निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले भने सम्झौता अनुसार सडक मर्मतको काम नगर्दा सडक दुर्घटनाको जोखिम बढेको छ भने यो सडक भएर समयमा गन्तव्यमा पुग्ने कुरा कल्पना मात्रै हुने गरेको छ ।

सम्झौता अनुसार सडक निर्माण सुरु भए पछि मर्मतको जिम्मा पनि चिनियाँ कम्पनीको भएको भन्दै सडक डिभिजन र जिल्लाका स्थानीय तहहरू मर्मत पनि चिनिया कम्पनीले नै गर्नु पर्ने भन्दै कानमा तेल हालेर बसेका छन् । सम्झौता अनुसार मर्मतको काम गर्न पटक पटक ताकेता गरे पनि काम नगर्दा सडकको हालत नाजुक भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले बताए । “ गैँडाकोटदेखि दाउन्ने सम्मको करिब ६५ किलोमिटर सडकमा दुई सय भन्दा धेरै स्थानमा खाल्डाखुल्डी छन्, वर्षायाममा खाल्डामा पानी भरिएर दुर्घटनाको जोखिम उस्तै छ, पटक पटक मर्मतको लागी ताकेता गर्दा पनि निर्माण पक्षले काम गर्दैन, उनीहरू प्रशासनको कुरा पनि टेर्दैनन्” थापाले भने ।

आयोजना प्रमुख रमेश दिष्टीले पनि प्रशासनलाई नटेरेको भन्ने कुरा केही हद सम्म सत्य भएको स्वीकारे । “बिग्रेको सडक मर्मत गर्न प्रशासनले पटक पटक ताकेता गरेको हो, आयोजनाले पनि बिग्रेको सडकमा खाल्डा पुर्ने काम गरेको थियो तर वर्षाको कारणले पुरा मर्मत गर्न सकिएन,” दृष्टिले भने । बिग्रेको सडक मर्मत गरेको निर्माण कम्पनीले दाबी गरे पनि सडकमा देखिएका खाल्डाखुल्डीले निर्माण कम्पनीले मर्मत गर्ने काम गरेको भनेर विश्वास गर्न सक्ने अवस्था भने छैन ।

निर्माण कम्पनीले समयमै काम नगर्दा सडक बिग्रिएर बगर बनेको पत्रकार नारायण शर्माले बताए । “चिनियाँ कम्पनीले समयमै काम सम्पन्न नगर्दा पूर्व पश्चिम राजमार्ग भएर हिडने यात्रुले निकै सास्ती र दुख व्योहोर्न परेको छ, ४५ मिनेटको यात्रा गर्न ३ घण्टा धेरै समय लाग्छ, निर्माण कम्पनीले स्थानीय प्रशासनलाई समेत टेर्दैन,” शर्माले भने ।

सडक बिस्तारको काम अलपत्र छोडे पछि वर्षातको समयमै सडक पुरै हिलाम्य भएको छ । आयोजनामा पर्ने साना ठुला गरेर बनाउनु पर्ने २२ वटा पुल मध्ये अधिकांश भत्काएर नयाँ बनाउन सुरु गरिएको भए पनि भत्काएको ठाउँमा बनाइएका डाइभर्सनै वर्षातको समयमा सडक अवरुद्ध हुने प्रमुख कारण बनेका छन् ।हाम्रा कुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post
भारत चेसमा अमेरिका र चीनभन्दा अगाडि

भारत चेसमा अमेरिका र चीनभन्दा अगाडि

कट्टरपन्थी सोच भएका मानिसहरुको गतिविधि दिन प्रतिदिन बढ्दै

कट्टरपन्थी सोच भएका मानिसहरुको गतिविधि दिन प्रतिदिन बढ्दै

एकीकृत समाजवादीले पायो संसदीय दलको कार्यालय

एकीकृत समाजवादीले पायो संसदीय दलको कार्यालय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .