No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अफ्रिकाबाट चीनमा वनस्पति तथा वन्यजन्तुहरूको अवैध तस्करी जारी

अफ्रिकाबाट चीनमा वनस्पति तथा वन्यजन्तुहरूको अवैध तस्करी जारी

औषधीय उपयोगका लागि अफ्रिकाबाट चीनमा वनस्पति तथा वन्यजन्तुहरूको अवैध तस्करी भइरहेको एडिएम क्यापिटल फाउन्डेसनको हालैको अनुसन्धान प्रतिवेदनमा देखिएको छ । इन्टरनेसनल फोरम फर राइट्स एन्ड सेक्युरिटसजलाई उद्धृत गर्दै फाउन्डेसनले परम्परागत चिनियाँ औषधिका लागि वन्यजन्तु तथा त्यसका अंगको तस्करी हुने गरेको जनाएको छ । फाउन्डेसनका अनुसार दश वर्षदेखि तस्करी भइरहेको छ ।

परम्परागत चिनियाँ औषधि मात्र नभएर गरगहना, फर्निचर उद्योग तथा मनोरञ्जनका लागि जनावर प्रदर्शन गर्ने उद्देश्यले पनि चीनतर्फ अफ्रिकाबाट वन्यजन्तुको अवैध व्यापार भएको फाउन्डेसनको दाबी छ । फाउन्डेसनले भनेको छ, ‘सर्कस, थिम पार्क, चिडियाघर, सफारी पार्कमा प्रदर्शनका लागि अफ्रिकी जंगलबाट लगिएका बाँदर, चितुवा, बाघ, गैँडा, सिंहको तस्करी दश वर्षदेखि निरन्तर भइरहेको छ । ’

यो सुरुमा चिनियाँ प्रयोगशालामा पुगेपछि आपूर्ति हुने गरेको छ । चिनियाँ परम्परागत औषधिको माग वार्षिक ४५ अर्ब डलरबराबरको रहेको फाउन्डेसनले जनाएको छ । विशेषगरी लोपोन्मुख हात्ती, बाघ, गैँडाजस्ता प्रजातिको अफ्रिकामा अवैध रूपमा सिकार हुने गरेको छ ।

ड्रग्स तथा अपराध अध्ययनसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालयका अनुसार ड्रग्सको कारोबारी गर्नेहरू नै अफ्रिकाबाट वन्यजन्तु तस्करी गर्ने कार्यमा संलग्न छन् । दक्षिण अफ्रिकामा रहेका चिनियाँ आपराधिक समूहहरूको हङकङको वगो सिंह होसँग सम्बन्ध रहेको छ । यो समूहले गैँडाको सिङ तस्करी गर्दै आएको पनि अनुसन्धानबाट खुल्न आएको छ । यही जुलाईमा गैँडाको सिङ, हात्तीको दाँत, घोडाको दाँतको तस्करी अभियोगमा चिनियाँ पतिपत्नीको नेतृत्वमा नाै सदस्यीय तस्कर गिरोहलाई मलाबीको अदालतले जेल सजाय सुनाएको छ ।

मोजाम्बिकमा पनि चीनतर्फ समुद्री घोडाका अंग तस्करी भएको अनुसन्धानमा देखिएको छ । पछिल्ला पाँच वर्षको आँकडाअनुसार जफत भएका कुल हात्तीका दाँतमध्ये ३२ प्रतिशत चीनमा तस्करी हुन लागेका थिए भने यो कार्यमा संलग्नहरूमध्ये २२ प्रतिशत चिनियाँ नागरिक थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post
पाकिस्तानमा पत्रकारमाथि हिंसा बढ्दाे , ईयूको गम्भीर ध्यानाकर्षण

पाकिस्तानमा पत्रकारमाथि हिंसा बढ्दाे , ईयूको गम्भीर ध्यानाकर्षण

रामायण , बुद्ध सर्किटले जोडदै नेपाल-भारतको बहुआयामिक सम्बन्ध

रामायण , बुद्ध सर्किटले जोडदै नेपाल-भारतको बहुआयामिक सम्बन्ध

ईपीएलका लागि साहिद अफ्रिदी नेपाल आउँदै, नेपालको छविमा आँच

ईपीएलका लागि साहिद अफ्रिदी नेपाल आउँदै, नेपालको छविमा आँच

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .