No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

साझा न्यूनतम कार्यक्रममा चीनसँगको सीमा विवाद किन उठाएन प्रचण्ड र उपेन्द्र ?

साझा न्यूनतम कार्यक्रममा चीनसँगको सीमा विवाद किन उठाएन  प्रचण्ड र उपेन्द्र ?

काठमाडौँ — सत्तारुढ कांग्रेसको संस्थापन पक्षको शीर्ष नेताहरुको बैठकमा चीनसँगको सीमा विवादको विषय उठेको छ । पार्टीको महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान बोलाएको बैठकमा उपसभापति विमलेन्द्र निधिले सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रममा चीनसँगको सीमा विवाद नउठाइएको उल्लेख गरेका हुन् ।

‘लिम्पियाधुरा र कालापानीको विषय राख्दा यो किन परेन भनेर मैले कुरा राखेको हुँ, प्रधानमन्त्रीजीले सत्ता गठबन्धन दलहरुबीच सहमति नभएकाले नराखिएको भन्दै मन्त्रिपरिषद्ले सीमा विवाद छानबिनका लागि उच्चस्तरीय कार्यदल बनाउने जानकारी दिनुभयो’, निधिले कान्तिपुरसँग भने, ‘एउटा देशले सीमा मिच्दा कार्यक्रममा पर्ने, उस्तै अर्को देशले गर्दा उल्लेख नै नहुने हो भने त्यसले परराष्ट्रनीतिमा पनि सन्तुलन ल्याउन सक्दैन ।’

साझा न्यूनतम कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुहरुसँग समाधान हुन बाँकी सीमाहरु कूटनीतिक माध्यमबाट समाधान गर्ने भनी उल्लेख छ । निधिले अहिलेसम्म कुनै पनि राजदूतले व्यक्तिगत नाम नै ‘कोट’ गरेर खण्डन गर्ने काम नगरेको भन्दै कर्णालीको सीमा क्षेत्रमा भएको विवादलाई लिएर चिनियाँ राजदूतबाट भएको खण्डन पनि गम्भीर रहेको बताएका थिए । ‘यो गम्भीर विषय थियो, आफ्नै नेतृत्वको सरकार बन्दा यस विषयमा पनि केही बोल्नुपर्दथ्यो’ उनको भनाइ थियो ।

पार्टीको केन्द्रीय कार्यसमितिका सदस्य समेत रहेका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनकुमार शाहीको नेतृत्वको टोलीले हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लोलङजोङ क्षेत्रमा चीनद्वारा नेपाली सीमा मिचिएको ठहर गर्दै गत असोजमा प्रतिवेदन सार्वजनिक गरेको थियो ।

स्थानीय प्रमुख जिल्ला अधिकारीमार्फत त्यतिबेलाका प्रधानमन्त्रीका केपी ओलीलाई समेत प्रतिवेदन पठाइएको थियो । पार्टी केन्द्रीय कार्यसमिति बैठकमै प्रतिवेदन सार्वजनिक भएपछि नेपालस्थित चिनियाँ राजदूतवासले शाहीको नाम उल्लेख गर्दै कांग्रेसलाई खण्डन पठाएको थियो ।

बैठकमा नेता शाहीले चीनले सीमा अतिक्रमण नगरेको प्रमाणित भए आफू राजनीतिबाट संन्यास लिने चेतावनी दिएका थिए । ‘त्यहाँ पटक–पटक अतिक्रमण भएको छ । मेरो नेतृत्वमा पार्टीले खटाएको टोलीले दिएको प्रतिवेदनले पनि सीमा मिचेको ठहर नै गरेको छ । नेपाल सरकार र चीन सरकारले नै यसको उच्चस्तरीय तहमा छानबिन गरी भविष्यमा यस्ता विवाद नआउने गरी समाधान होउन भन्ने हाम्रो माग हो’, शाहीले कान्तिपुरसँग भने । दुई देशबीचको यो विवादलाई सरकारीस्तरबाट समाधान नखोजिए विवाद रहिरहने उनको भनाइ छ । साभार – ईकान्तिपुर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
जसपाबाट सरकारमा मन्त्रीहरु पठाउनेबित्तिकै पार्टीभित्र असन्तुष्टि बढे

जसपाबाट सरकारमा मन्त्रीहरु पठाउनेबित्तिकै पार्टीभित्र असन्तुष्टि बढे

पाकिस्तान-बंगलादेशमा हिन्दू समुदाय असुरक्षित र मठमन्दिरमाथि आक्रमण

पाकिस्तान-बंगलादेशमा हिन्दू समुदाय असुरक्षित र मठमन्दिरमाथि आक्रमण

माधव नेपालको नयाँ पार्टीको नाम एमाले (समाजवादी), सूर्य चिह्न नछोड्ने !

माधव नेपालको नयाँ पार्टीको नाम एमाले (समाजवादी), सूर्य चिह्न नछोड्ने !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .