No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

१९ दिनदेखि नेपाल एयरलाइन्समा आन्दोलन, मन्त्री नहुँदा वार्ता प्रभावित

१९ दिनदेखि नेपाल एयरलाइन्समा आन्दोलन, मन्त्री नहुँदा वार्ता प्रभावित

काठमाडौं । नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने तयारीविरुद्ध कर्मचारीले गरेको आन्दोलन मंगलबार १९ दिन पुगेको छ ।

उनीहरुले निगमलाई कम्पनी मोडलमा लैजाने प्रबन्धपत्रको मस्यौदा फिर्ता र महाप्रबन्धक डिमप्रसाद पौडेलको राजीनामा माग गरेका छन् ।

कर्मचारी र व्यवस्थापन पक्ष आआफ्नै अडानमा रहँदा र विभागीय मन्त्रालय नेतृत्वविहीन हुँदा समस्या समाधानका लागि पहल हुन सकेको छैन । जसले गर्दा निगमको कामकाज प्रभावित भएको छ ।

कर्मचारीले महाप्रबन्धक डिमप्रसाद पौडेलसँग वार्ता नगर्ने अडान लिएका छन् । कर्मचारीले आन्दोलन शुरु गरेपछि सरकार परिवर्तन भयो र अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री चयन भइसकेको छैन ।

महाप्रवन्धक पौडेल भने आफूलाई कार्यालय प्रवेशमै रोक लगाइएका कारण नियमित प्रशासकीय काम समेत प्रभावित भइरहेको बताउँछन् । आधिकारिक कर्मचारी यूनियनका महासचिव हेम लम्साल भने महाप्रबन्धकलाई कार्यालय प्रवेशमा रोक लगाए पनि निगमको उडान प्रभावित हुने गरी कामकाज नरोकिएको दावी गर्छन् ।

के के काम प्रभावित ?

निगम व्यवस्थापनका अनुसार यो समय निगमको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणको समय हो । सोही कारण वार्षिक कार्यक्रम र बजेट निर्माणको काम अहिले प्रभावित बनेको छ ।

नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङ सेवाको अनुमति पाएको छ । तर, आन्दोलनका कारण यसको तयारी प्रभावित भएको व्यवस्थापन पक्षको भनाइ छ ।

कर्मचारी आन्दोलनका कारण निगमको अनलाइन टिकेटिङ प्रणाली लागु गर्ने तयारीमा पनि प्रभाव परेको छ । ए ३२० जहाजको इन्जिन मर्मतका लागि कम्पनी छान्ने काम समेत प्रभावित भएको छ ।

अर्थ मन्त्रालयसँगको समन्वय प्रभावित

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने सन्दर्भमा नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजान आवश्यक प्रवन्धपत्र र नियमावलीको मस्यौदा माग गरेको थियो । सोअनुसार निगमले प्रबन्धपत्र र विनियम बनाएर पर्यटन मन्त्रालयमा बुझाएको थियो ।

अहिले सरकार फेरिएपछि निगमको निजीकरणको विषयमा कस्तो नीति लिने हो भन्ने टुंगो छैन । यसले समेत कर्मचारी र व्यवस्थापन दुबैमा अन्यौल बढेको छ । व्यवस्थापन पक्षका अनुसार आन्दोलनका कारण यो बीचमा अर्थ मन्त्रालयले माग गरेको सम्पत्ति र दायित्वसम्बन्धी विस्तृत विवरण अध्यावधिक गर्ने काम प्रभावित बनेको छ ।

निगमले अर्थ मन्त्रालयसँग ऋण तथा दायित्व भुक्तानी गर्न रकम समेत मागेको थियो । तर, मन्त्रालयको समन्वय गर्ने काम समेत हुन नसकेको महाप्रवन्धक पौडेलले जानकारी दिए ।

सचिवले वास्ता गरेनन्

निगमका कर्मचारीले महाप्रबन्धकको राजीनामा माग गर्दै सरकारसँग मात्र वार्ता गर्ने अडान राखेका छन् । सो क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवसँग वार्ता गर्न खोज्दा बेवास्ता गरिएको आधिकारिक कर्मचारी युनियनका महासचिव हेम लम्सालले बताए ।

नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया थालिएसँगै कर्मचारी आन्दोलित बनेका हुन् । उनीहरुले निगमलाई निजी कम्पनीमा रुपान्तरण गर्न लागिएको भन्दै विरोध गरिरहेका छन् ।

यता, व्यवस्थापन पक्षले भने सरकारको बहुमत सेयर कायम रहने र निगमको राष्ट्रिय ध्वजाबाहकको हैसियत कायम रहने गरि कम्पनी मोडलमा मात्र लैजान खोजिएको बताउँदै आएको छ ।

नयाँ सरकार बनेपछि भने निगमको आगामी भविष्यबारे सरकारको आधिकारिक धारणा आएको छैन । ४७ अर्ब रुपैयाँ भन्दा माथि ऋण रहेको निगम अहिलेकै संरचनाबाट संचालन गर्न नसकिने वर्तमान व्यवस्थापनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
अब पालो बलात्कारीलाई तह लगाउने

जबरजस्ती करनीको आरोपमा दुईजना पक्राउ

प्रभु साहको आईटी आर्मीलाई महेश बस्नेतले बहिष्कार गरेको खवरहरू झुठा

प्रभु साहको आईटी आर्मीलाई महेश बस्नेतले बहिष्कार गरेको खवरहरू झुठा

हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गरेको भन्दै अभियानले पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन

हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गरेको भन्दै अभियानले पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .