No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहान डिभिजन वन कार्यालयले विरुवा खरिदको नाममा व्यापक अनियमितता गरेको भन्दै वन कार्यालयको परिसरमै प्रदर्शन

लहान डिभिजन वन कार्यालयले विरुवा खरिदको नाममा व्यापक अनियमितता गरेको भन्दै वन कार्यालयको परिसरमै प्रदर्शन

लहान । डिभिजन वन कार्यालय लहानले विरुवा खरिदको नाममा व्यापक अनियमितता गरेको र वनका जग्गा संरक्षणमा मौन बसेको भन्दै लहानमा प्रदर्शन भएको छ ।

चुरे तथा वन जंगल अभियन्ताहरूले डिभिजन वन कार्यालयको परिसरमै पुगेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले दुई प्रदर्शनकारीलाई पक्राउ पनि गरेको छ ।

पक्राउ पर्नेमा प्रदर्शनकारीमध्येका गोलबजार ९ का सुरेश महतो र सुरेश सिंह छन् । लहान प्रहरीको हिरासतमा रहेका उनीहरूलाई अझै छाडिएको छैन ।

जिल्ला प्रहरी कार्यालयले वन डिभिजन कार्यालयमा उनीहरूले हुलहुज्जत र ढुङ्गामुढा गरेपछि दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूले गरेको ढुङ्गामुढाबाट कार्यालयको सिसासमेत फुटेपछि प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शुभाष बुढाथोकीले जानकारी दिए ।

डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा विरुवा खरिदको नाममा व्यापक अनियमितता गरेको र वनको जग्गा संरक्षणमा मौन बसेको उनीहरूको आरोप छ ।

वन कार्यालयले ३० लाख विरुवा खरिद गरेको भने पनि झिनै रकमको विरुवा खरिद भएको तथा बाँकी रकम अनियमितता गरिएको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले बताए । खरिद गरेको विरुवा पनि भर्खरै ‘कटिङ’ गरिएको विरुवा रहेको र अनियमितता गर्ने उद्देश्यले सस्तोमा किनिएको यस्ता विरुवामध्ये ७० प्रतिशत विरुवा रोपेको केही समयमै सुक्ने भनाइ उनको छ ।

यस्तै, गोलबाजर नपा ९ मा रहेको वन क्षेत्रको जग्गा मारुती सिमेन्ट उद्योग तथा विभिन्न व्यक्तिले कब्जा गरे पनि वन कार्यालय मौन रहेको उनको आरोप छ । सार्वजनिक जग्गा अतिक्रमित हुँदा पनि देखिएको वन कार्यालयको मौनता शंकास्पद रहेको उनले आरोप लगाए ।

यसै विषयमा डिभिजन वन कार्यालय लहानका डेफो सुभाश चन्द्र दाससँग भेट्न गएपछि भेट गर्नसमेत नदिएर कार्यालयका पालेहरूले कुटपिट गरेको र प्रहरी आएर दुई जनालाई समातेर लगेको उनले बताए ।

यता, डिभिजन वन कार्यालयका निमीत्त प्रमुख गंगाप्रसाद यादवले डेफो दास अहिले बिदामा रहेको र विरुवा खरिद विषयमा आफूलाई त्यति जानकारी नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरीको अपहरण र कुटपिट

पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरीको अपहरण र कुटपिट

श्रीलंका पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

सर्लाहीका ललन बलात्कार गरेर विदेश भाग्न खोज्दा इन्टरनेशनल एयरपोर्टबाट पक्राउ

खेत जोत्दै क्रममा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

खेत जोत्दै क्रममा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .