No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनरल बेडमा उपचार गरेका सुरेशलाई २ हप्तामा सवा ५ लाखको सादा बिल, अस्पतालमै‌ बन्धक बनाएर बाहिर नभन्‍न धम्की

जनरल बेडमा उपचार गरेका सुरेशलाई २ हप्तामा सवा ५ लाखको सादा बिल, अस्पतालमै‌ बन्धक बनाएर बाहिर नभन्‍न धम्की

विनय यादव

काठमाडौं । सिरहा नगरपालिका-१० का २५ वर्षीय सुरेश मुखियाको गत अन्तिम जेठतिर स्वास्थ्यमा समस्या देखियो । उनले स्थानीय औषधि पसलबाट औषधि ल्याएर खाए । तर, सुधार देखिएन ।

छिमेकीहरूले उनलाई कसैले टुना गरिदिएको हुनसक्ने भन्दै झाँक्री कहाँ जान सुझाव दिए । अझैसम्म बोक्सी र झाँक्रीको अन्धविश्वास कायमै रहेको समाजको सुझाव मानेर सुरेश १ असारमा आफ्नो साढुको गाउँ गोलबजार नगरपालिका- ६, टिर्किया आए ।

उनले त्यहाँ झाँक्रीसँग झारफुक गराए । तर, अझै उनको स्वास्थ्यमा सुधार आएन । ४ असारमा उनमा रुघासँगै श्वासप्रश्वासको समस्या बढ्यो । सबै भयभीत भए ।

श्वासप्रश्वासमा एक्कासि समस्या देखिएपछि एक स्थानीय चिकित्सकको सुझावमा आफन्तले सुरेशलाई तत्कालै लहानस्थित लीलामदन पोलिक्लिनिक तथा प्रसूति गृहमा ल्याए । क्लिनिकले सुरुमा ८ हजार ५ सय रुपैयाँ जम्मा गर्न भन्यो । आफन्तले पैसा जम्मा गरे ।

त्यसपछि त्यहाँ उनको उपचार थालियो । चिकित्सकले आफन्तलाई सुरेशको छातीमा कफ जमेको बताए । चिकित्सकले उनलाई भर्ना गरेर राख्नुपर्ने र तीन/चार दिनमा ठीक भइहाल्ने आश्वासन दिए । उनको उपचार हुँदै गयो ।

तीन/चार दिनपछि सुधार पनि भयो । तर, चिकित्सकले अझै क्लिनिकमै राख्नुपर्ने बताएपछि आफन्तले नाइँ भन्न सकेनन् । क्लिनिकमा सुरेशको उपचार जारी रह्यो । क्लिनिकले भनेको दिन आफन्तले पैसा पनि जम्मा गरिरहे । तर, क्लिनिकले बिल भने दिएन ।

‘क्लिनिकले एकैचोटि डिस्चार्ज हुने बेलामा बिल दिने भन्यो,’ बिरामीका साला विजय मुखियाले भने, ‘हामीले माग्दा पनि डाक्टरले बिल दिएनन्, आफैँले लेखेर राख्न भने ।’

उनीहरूले भर्ना भएदेखि १४ असारसम्ममा क्रमशः ८ हजार ५ सय, १५ हजार, ३० हजार, १० हजार, ६० हजार, २७ हजार, ५० हजार, ४५ हजार २५ हजार र ९९ हजार ५ सय गरी जम्मा ३ लाख ७० हजार रुपैयाँ क्लिनिकका सञ्चालक डा. दिलीपकुमार साहलाई बुझाइसकेका छन् ।

क्लिनिकले १७ असारमा आफन्तलाई जम्मा ५ लाख २१ हजारको सादा बिल थमायो । बुझाइसकेको ३ लाख ७० हजार काटेर १ लाख ५१ हजार चुक्ता गरेर बिरामी लैजान भन्यो । तर, कहिलेकाहीँ मात्रै अक्सिजन प्रयोग गरिएका बिरामी सुरेशको उपचारको बिल देखेर आफन्त भने आश्चर्यमा परे ।

‘क्लिनिकमा आईसीयू पनि छैन, भेन्टिलेटर पनि छैन,’ विजयले भने, ‘सधैँ बेडमै सामान्य बिरामीजस्तो, कहिलेकाहीँ अक्सिजन लगाएर उपचार भयो, तर यति ठूलो रकमको बिल देख्दा अचम्ममा पर्‍यौँ ।’ सादा बिल देखेर अनौठो लागेपछि आफूहरूले क्लिनिकसँग सक्कली बिल माग्दा दिन नमानेको विजयले बताए ।

‘के-केमा कति खर्च भएको छ, त्यो दिइरहेको छैन,’ उनले भने, ‘पहिला पैसा दे अनि मात्रै बिल दिन्छु भनेर डाक्टरले भन्दै छन्, ।’ त्यसमा पनि डाक्टर साहले ३ लाख ७० हजारको बिल दिन नमिल्ने र बाँकी १ लाख ५१ हजारको मात्रै बिल दिने बताइरहेको आफन्तले बताए । डाक्टरले यो कुरा बाहिर कसैलाई भने बिरामीको अवस्था बिग्रनेसम्मको धम्की दिइरहेको बिरामीका आफन्तको भनाइ छ ।

आर्थिक रूपले विपन्न सुरेश अहिलेसम्म ऋण लिएर पैसा बुझाएको बताउँछन् । ‘सबै पैसा ऋण लिएको छु,’ सुरेशले भने, ‘थप ऋण दिने मानिस भेटिरहेको छैन, तर सामान्य बेडमै उपचार हुँदा पनि यति पैसा कसरी भयो, अचम्म लागिरहेको छ ।’ बाँकी पैसा तिर्न नसक्दा क्लिनिकमै उनी बन्धक बनेका छन् ।

सामान्य बेडमै रहे पनि क्लिनिकले फेरि बिहीबारदेखि आज शुक्रबारसम्मको १७ हजार रुपैयाँ बिलमा थप गरेका छन् । आफन्तका अनुसार सुरेशलाई कुन रोग लागेको थियो भन्ने पनि क्लिनिकले खुलाएको छैन । आफूसँग अन्याय भएको भन्दै न्याय र उद्धार गरिदिन सरोकारवाला निकायसँग सुरेशले गुहार गरेका छन् ।

यता, क्लिनिक सञ्चालक डा. साहले बिरामीबाट ३ लाख ७० हजार रुपैयाँ नलिएको दाबी गरेका छन् । उनलेले सुरेशको उपचारमा १ लाख ५१ हजार रुपैयाँ खर्च भएको बताए ।

यद्यपि, पीडितहरूका आफन्तले खिचेको भिडियोमा उनलेले ३ लाख ७० हजार लिइसकेको स्वीकार गरेका छन् । भिडियोमा उनले सुरेशको उपचारमा प्रयोग गर्ने औषधि नेपालमा अवैध भएको र भारतबाट ‍मगाउँदा महँगो परेको दाबी गरेका छन् ।

क्लिनिकले अन्याय गरेको भन्दै पीडितका आफन्त लहान नगरपालिकाका स्वास्थ्य विभाग प्रमुखसमक्ष पुगे‍का थिए । स्वास्थ्य विभाग प्रमुखले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न पठाए पनि उनले आफूहरूको समस्या सुन्न अस्वीकार गरेको पीडितहरूको आरोप छ । उक्त क्लिनिक नगरपालिकाका मेयर मुनि साह सुडीका आफन्त रहेको बताइएको छ ।

यता, सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले क्लिनिकले प्राथमिक उपचारबाहेक कुनै पनि बिरामी भर्ना लिन नपाउने कानुनी व्यवस्था रहेको र अवैध रूपमा मनपरी रकम लिएको भनी पीडितले उजुरी लिएर आए कानुनी प्रक्रिया अगाडि बढाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#आर्थिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
चिनियाँ खोप ल्याउने तयारी तर मुल्य किन लुकाउदै छ सरकार

चिनियाँ खोप ल्याउने तयारी तर मुल्य किन लुकाउदै छ सरकार

ओली पक्षका युवाहरुले जनकपुरमा जलाए विपक्षी गठबन्धनका शीर्ष नेताहरुको पुत्ला

ओली पक्षका युवाहरुले जनकपुरमा जलाए विपक्षी गठबन्धनका शीर्ष नेताहरुको पुत्ला

अब पालो बलात्कारीलाई तह लगाउने

एक शिक्षकले चार छात्रालाई लगातार पाँच वर्षसम्म यौन शोषण गरेको खुलासा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .