सप्तरी । आर्थिक बर्ष २०७८/०७९ को लागि सप्तरीका १८ मध्ये १३ स्थानीय तहले तोकिएकै समयमा नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।
स्थानीय स्तरमा राजनीतिक खिचातानी र आवश्यक तयारी नगरेका कारण सप्तरीको हनुमाननगर कंकालिनी र बोदेबर्साईन नगरपालिका तथा तिरहुत,बलान बिहुल र छिन्नमस्ता गाउँपालिकाले समयमै बजेट ल्याउन सकेको छैन । १८ पालिका रहेको सप्तरीको १३ पालिकाले मात्र सभा असार १० भित्र सभा गर्न सकेको हो ।
सप्तरीका १८ पालिका मध्ये हनुमाननगर कंकालिनी र बोदेबर्साईन नगरपालिका तथा तिरहुत,बलान बिहुल र छिन्नमस्ता गाउँपालिकाले बजेट ल्याउन सकेको छैन ।
पालिकामा देखिएको विवाद र विबिध कारणले सभा समयमै गर्न नसकेको हनुमाननगर कंकालिनीले चाडै नगर सभा गर्ने जनाएको छ ।
त्यस्तै सप्तरीमा राजविराज नगरपालिका ,खडक,सप्तकोशी,कञ्चनरुप,सुरुङगा,
शम्भुनाथ,डाक्नेश्वरी नगरपालिका र अग्नी साइर कृष्णा सवरण,तिलाठी कोईलाडी,महादेवा,राजगढ,विष्णुपुर र रुपनी गाउँपालिकाले असार १० भित्र सभा गर्न सफल भएको छ ।














