No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

केपी ओलीले दिए भृकुटीमण्डपबाटै निम्तो, के गर्छ माधव नेपाल समूह ?

केपी ओलीले दिए भृकुटीमण्डपबाटै निम्तो, के गर्छ माधव नेपाल समूह ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपको सभाबाटै पार्टी केन्द्रीय सदस्यहरुलाई चैत ७ मा बोलाइएको बैठकको निम्तो दिएका छन् ।

शुक्रबार आफ्नो समूहको बैठक राखेर विधान संशोधन गर्ने, माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्ने लगायतका निर्णय गरेका ओलीले शनिबार अखिल नेपाल महिला संघको बृहत राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘सुनिन भन्न पाइने छैन । २०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला ।’

बैठकमा अनुपस्थित रहँदै गए विधानको व्यवस्था अनुसार हुँदै जाने चेतावनी दिएका ओलीले भने, ‘म सबैले सुन्ने गरी भन्न चाहन्छु, ७ गतेको बैठकमा आउनुहोला ।’

अध्यक्ष ओलीले भृकुटीमण्डपबाटै निम्तो दिएपछि माधवकुमार नेपाल समूहका नेताहरु के गर्लान् ? ओलीले शुक्रबार गरेको निर्णयलाई विरोध गर्दै चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको यो समूहका नेताहरु ७ गतेको बैठकमा जान्छन् ?

माधव समूहमा रहेका उपमहासचिव घनश्याम भुसाल गुटको होइन, पार्टीको बैठक जसरी बोलाए सहभागी हुने बताउँछन् । उनले भने, ‘हामी बैठकमा नजाने होइन, बैठक चाहिँ बैठक बोलाइए जसरी बोलाइयोस् । गुट बोलाए जस्तो बैठकमा गइँदैन ।’

उनका अनुसार शुक्रबार ओली समूहले बैठकका लागि पठाएको एसएमएस ‘झुक्किएर अरु केही नेताहरुलाई आएको थियो, जसमा ‘प्रधानमन्त्रीले २८ गते ११ बजे तपाईंलाई बोलाउनु भएको छ’ भनिएको थियो । बैठकको विषयसमेत उल्लेख थिएन ।

यसरी बोलाइने बैठक पार्टीका बैठक हुन नसक्ने भन्दै उनले भने, ‘एमाले त लोकतान्त्रिक अभ्यासको हिसाबले धेरै गर्न बाँकी थियो, तर असाध्यै राम्रो पार्टी हो । बैठक कसरी बस्ने ? प्रस्ताव कसरी तयार गर्ने ? एजेण्डाहरु कसरी फाइनल हुन्छन् ? भन्ने कुराको मौखिक समझदारी मात्र होइन, लिखित स्थापित अभ्यास छ ।’

माधव समूहमै रहेका सचिव योगेश भट्टराईले भने बैठकमा जान केही पूर्व शर्तहरु रहेको बताए ।

शुक्रबार ओली समूहले गरेेको बैठकमा २ जेठ २०७५ को एमालेको केन्द्रीय कमिटीको अल्पमत सदस्य मात्र उपस्थित रहेकाले आफूहरुले बैधानिकताको प्रश्न उठाएको उनले बताए । यो विषय टुंगिनुपर्ने भन्दै उनले भने, ‘यो नटुंगिदासम्म, २ जेठ अगाडिका कमिटीहरु सबै क्रियाशील हुन्छन्, जनसंगठन पनि त्यसरी नै क्रियाशील हुन्छन् भन्ने स्थापित नहुँदासम्म र अब एमाले एकतावद्ध भएर अगाडि बढ्छ भन्ने विश्वासिलो आधार नबन्दासम्म केपी ओलीले बोलाएर बैठकमा कोही पनि जाँदैन । जानु पनि हुँदैन । हामी पनि जाँदैनौं ।’

बैठकमा नजानेहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल लगायतका ९० हाराहारी केन्द्रीय सदस्य हुने उनको दाबी छ ।

सचिव भट्टराईले अध्यक्ष ओलीले जेठ २ अगाडि कमिटीमा फर्किने र नयाँ सुरुवात गर्ने सहमति गरे बैठकमा जाने बताए ।

त्यसरी बस्ने बैठकले बहुमतका आधारमा निर्णय गरेछन् भने पनि स्वीकार गर्ने समेत सचिव भट्टराईले बताए । हिजोका दिनमा ओलीलाई आफूहरुले पटकपटक बहुमतको निर्णय मान भनेको स्मरण गर्दै उनले भने, भोलि केन्द्रीय समितिमा उनले बहुमत पुर्‍याउँछन् भने निर्णय गरुन । सहमत भइयो भने मानौंला । नभए फरक मत राखौंला ।’

तर माओवादी केन्द्रसँग पार्टी एकता गर्नुभन्दा अघिल्लो दिन २ जेठ २०७५ को एमाले केन्द्रीय सदस्य फर्किँदा अध्यक्ष ओली अल्पमतमा पार्ने भट्टराईको दाबी छ । त्यही कारण ओलीले आफूखुसी थपेका केन्द्रीय सदस्यहरुलाई जोडेर बहुमत पुर्‍याउने र बैठकमा नआएको भन्दै आफूहरुलाई कारबाही गर्नसक्ने उनको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
श्रीलंकामा बुर्कामाथि प्रतिबन्ध एक हजार इस्लामिक स्कूल बन्द

श्रीलंकामा बुर्कामाथि प्रतिबन्ध एक हजार इस्लामिक स्कूल बन्द

पाकिस्तानमा किशाेरीकाे अपहरणपछि जबरजस्ती धर्म परिवर्तन, अपहरणकारी सँग विवाह

पाकिस्तानमा किशाेरीकाे अपहरणपछि जबरजस्ती धर्म परिवर्तन, अपहरणकारी सँग विवाह

सिरहामा बम विस्फोट घटनाको जिम्मा गोइतले लियो, गम्भीर घाइतेलाई काठमाडौं लगिँदै

सिरहामा बम विस्फोट घटनाको जिम्मा गोइतले लियो, गम्भीर घाइतेलाई काठमाडौं लगिँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .