No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विभिन्‍न देशका परम्परागत पोसाक संस्कृतिहरू

विभिन्‍न देशका परम्परागत पोसाक संस्कृतिहरू

मानव जीवनमा पोसाकको महत्व सभ्यताको सुरुवातसँगै चल्न थाल्यो । सुरुमा यायावरी जीवन जिउनेहरू जब व्यवस्थित रूपमा परिवारको संरचनामा आए, त्यसपछि मान्छेको जीवनमा आफ्नो शरीर ढाक्नुपर्ने आवश्यकता देखा पर्‍‍यो । त्यतिबेला नै पनि ठाउँ अनुसार अलग पोसाकको चलन बस्यो । हिमालमा बस्नेहरूले चिसोबाट बच्नको लागि बाक्लो पोसाक लगाउन थाले भने गर्मी ठाउँमा बस्नेले अर्कैखाले पोसाक लगाउन थाले ।

अहिले पनि विभिन्न देशको आ–आफ्नै विशिष्ट किसिमको पोसाक रहेको हुन्छ । यी पोसाकहरू समय र मौसमको अनुकूलताको आधारमा फरकफरक छ ।

अहिले विश्वव्यापीकरणसँगै एउटा देशको संस्कृति अर्का देशमा प्रसार हुने क्रम जारी रहेको भएपनि कतिपय संस्कृतिलाई चाहेर पनि कुनै पनि मुलुकले भुल्न सकिरहेका छैनन् । त्यसैमध्येको एउटा उदाहरण होपोसाक । कुनै समय आधुनिक पोसाकको अनुशरण गरेका नेपालीहरू अहिले साडी र दौरा सुरुवालमा फर्किएका छन् । अतः माटो सुहाउँदा पोसाकहरू सबैतिर दीर्घकालसम्म चल्ने गर्छन् र सोही भूगोलका मान्छेको लागि ती पोषाकहरु आकर्षक पनि देखिने गर्छन् ।

विश्वका विभिन्न स्थानमा प्रचलनमा रहेका परम्परागत पोषाकहरुको बारेमा संक्षिप्त चर्चा गरिएको छ ।

साडी, नेपाल/भारत

सम्भवतः कपडाको सजिलो तरिका पनि हो साडी । यो नेपाल र भारतको परम्परागत वस्त्र पनि हो । यसलाई १० हाते , १२ हाते जस्ता छुट्टाछुट्टै भागमा पनि विभाजन गर्न सकिन्छ । पछिल्लो समय साडीमा पनि अनेक  फेसन र स्टाइल आउन थालेको छ । साडीले नेपाल र भारतका सम्पूर्ण भेगका नारी जातिको पोषाकलाई समेट्ने गर्छ ।

बालिनी मन्दिर पोशाक, इन्डोनेसिया
इन्डोनेसियाको बालिनी मन्दिर भ्रमण गर्ने जो कोहीले कम्तीमा पनि बालीको पारम्परिक पोशाकका केही अंश लगाउनै पर्छ । जसमा एक सेश (सेलेन्डा) र कैन भनेर चिनिने एक किसिमको स्कर्ट लगाउनै पर्छ । यद्यपि महिलाहरूका लागि पूर्ण बालिनी पोशाक पाइन्छ । जसमा केबाया ब्लाउज लगायतका वस्त्र रहेको हुन्छ ।

किल्‍ट्स, स्कटल्याण्ड

यदि तपाईं स्कटल्याण्डको भ्रमण गर्दै हुनुहुन्छ भने तपाईंले चेक-स्कर्ट लगाएका पुरुषहरू भेट्न सक्नुहुन्छ। त्यसमा अचम्म नमान्नुहोस् । त्यहाँको परम्परागत पोषाक नै त्यस्तै हो । जसलाई किल्ट्स भनिन्छ । अहिले पुरुषका साथ महिलाले पनि यस्तो पोषाक लगाउने गर्छन् । किल्ट्सलाई अहिले स्कटल्यान्ड सम्बन्धित कुनै पनि कुराको प्रतिनिधित्व गर्नको लागि प्रयोग गर्ने गरिन्छ।

मासाई बेडवर्क, केन्या

केन्याको सानो जातीय समूहमध्ये पनि चर्चित जातीय पोषाक हो मासाई । यसलाई आश्चर्यजनक पोशाकको रूपमा लिने गरिन्छ । रातो कपडा, असाधारण जटिल मोती  जडित कपडाहरू त्यहाँको विशेषता हो ।

घो, भुटान

भुटान एउटा सानो हिमालयन राज्य हो । यहाँ चीन र भारतसँग मिल्दोजुल्दो कुरालाई समेटेर यहाँको राष्ट्रिय पोशाक तयार पारिएको छ ।  पुरुषहरूको लागि तयार पारिएको पोषाकलाई घो भनिन्छ भने कम्मरमा बाँधिने वस्त्रलाई क्यारम भनिन्छ। औपचारिक अवसरहरूका लागि एउटा रेशमको स्कार्फ र कबनीलाई जोड्न सकिन्छ । जुनको पहिरनको स्थितिमा निर्भर हुन्छ।

केफिएह, मध्य पूर्व

केफिएह, जसलाई शेमघ वा घुट्रा पनि भनिन्छ । मध्यपूर्वमा पुरुषहरूले लगाउने एक किसिमको परम्परागत पोसाक पनि हो । यो विभिन्न रंग एवं‌ ढाँचामा उपलब्ध छ । यो मध्यपूर्वका मान्छेको एक महत्वपूर्ण पहिचान हो। यदि तपाईं‌ साउदी अरेबिया जानु भएको छ भने रातो र सेतो र‌ं‌गका केफिएहमा पुरूषलाई देख्नुहुन्छ । जबकि प्यालेस्टाइनमा कालो र सेतो रंगको केफिएह लगाउने चलन छ । यो कपडाको एक पहिचान हो जसले मध्यपूर्वका मानिसहरूलाई बाँकी विश्वबाट अलग गर्छ।

नागाल्याण्ड, उत्तरी भारत

उत्तरी भारतीय क्षेत्र नागाल्याण्डमा पनि पोषाकको अनौंठो उदाहरण पाइन्छ । चाडपर्वको समयमा नागाल्याण्डका प्रत्येक व्यक्तिले यस्तो पोसाक लगाउने गर्छन् । प्रत्येक कुलको छुट्टाछुट्टै पोसाक शैलि हुन्छ । विभिन्‍न चराचुरुङ‍्गीको प्वाँख, छाला आदिबाट यस्तो पोसाक बनाउने गरिन्छ ।

गार्ड, सियोल, दक्षिण कोरिया

सियोल दक्षिण कोरियाको आधुनिक शहर हो । यहाँको पप संस्कृतिले विश्वलाई चिनाएको छ । तर शहरको बीचमा रहेको ग्येओङ्गबुक्गुङ्ग जस्ता सुन्दर शाही महलहरूमा भने त्यहाँको परम्परागत वस्त्रलाई पुनर्जीवन दिन थालिएको छ । राजवंशको परिर्वतन गर्ने गार्ड समारोहमा त्यहाँका सैनिकहरूलाई त्यहाँको परम्परागत पोषाकमा उपस्थित हुन भनिन्छ ।

किमोनो, जापान

किमोनो जापानी पुरुष र महिलाहरूको परम्परागत लुगा हो । जापानी संस्कृतिको महत्त्वपूर्ण हिस्सा भएको कारण जापानका मानिसहरूले यो विशेष अवसरहरूमा विवाह, बच्चाको नामाकरण वा अन्य महत्त्वपूर्ण चाडपर्वहरूमा लगाउँदछन्। यो धेरै सुन्दर देखिन्छ किनकि किमोनो पोशाक विभिन्न प्रतीकहरूमा सजाइएको छ र हरेक पात्रले केही महत्त्वपूर्ण सन्देश दिने गर्छ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
शुकरातका भनाइहरू : अरूले सिकाउँदैन, पहिले आफूले आफैँलाई चिन्नुपर्छ

शुकरातका भनाइहरू : अरूले सिकाउँदैन, पहिले आफूले आफैँलाई चिन्नुपर्छ

‘आधा घण्टामै पशुपति दर्शनको व्यवस्था’

‘आधा घण्टामै पशुपति दर्शनको व्यवस्था’

रेशमको रिहाइ महन्थ र राजेन्द्रको अडान, उपेन्द्र र बाबुरामलाई पद भए पुग्ने

रेशमको रिहाइ महन्थ र राजेन्द्रको अडान, उपेन्द्र र बाबुरामलाई पद भए पुग्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...