No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओलीलाई समर्थनका विषयमा जसपाभित्र दुई धार

ओलीलाई समर्थनका विषयमा जसपाभित्र दुई धार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार पेरिसडाँडामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग करिब एक घण्टा छलफल गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संसद पुनर्स्थापनाको पक्षमा आन्दोलनरत दलहरूले मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएका थिए । प्रतिउत्तरमा आफूहरूका लागि त्यो भन्दा पनि संविधान संशोधन, सांसद रेशम चौधरीलगायतको रिहाइ महत्वपूर्ण रहेको जसपा वरिष्ठ नेता महतो बताउँछन् ।

सरकारमा जाने विषयमा विवाद नभए पनि कसलाई समर्थन गर्ने भन्ने विषयमा मतभेद रहेको जसपाका नेताहरू बताउँछन् । मंगलबार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताएको बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको जानकारी दिएका थिए ।

ठाकुरले सत्ता गठबन्धनसँग वार्ता गर्न लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जिम्मेवारी दिएको बताएपछि संसदीय दल बैठकको माहोल फेरिएको थियो । खासगरी संसद विघटनको विरोधमा आन्दोलन गर्न लबिङ गरेको पक्षले कुनै पनि हालतमा ओलीसँग सत्ता साझेदारी गर्न नहुनेमा जोड दिएका थिए ।

राजपा ओली पक्षमा, सपा प्रचण्ड पक्षमा

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि गत वैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) बीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बन्यो । एकता प्रक्रिया बाँकी रहेको जसपाका नेताहरू कसलाई समर्थन गर्ने भन्नेमा विभाजित देखिएका छन् ।

‘जसपा फुटेर वा जुटेर हाम्रो पक्षमा आउँछ’ प्रधानमन्त्री ओली निकट एक नेता भन्छन्, ‘सिंगो जसपा आएन भने पनि कम्तीमा २२ जना हामीसँग आउने निश्चित जस्तै छ ।’

साविक राजपाका नेताहरू ओलीको पक्षमा र सपाका नेताहरू विपक्षमा देखिएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव भन्छन्, ‘संसद विघटन विरुद्धमा देशव्यापी आन्दोलन गरेको पार्टीले कुन नैतिकताले ओलीजीलाई समर्थन गर्न सक्छ भन्नुस् त ?’

साविकको सपाका अध्यक्ष रहेका यादव संसद पुनर्स्थापना पक्षधरहरूको मोर्चा बन्नुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, ‘हाम्रो पार्टीमा कसैले पनि ओलीजीलाई समर्थन गर्नुपर्छ भन्नुहुन्छ जस्तो मलाई लाग्दैन ।’

५ पुसमा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरोधमा आन्दोलन गर्ने कि नगर्ने भन्नेमा पनि जसपामा दुई धार देखिएको थियो । अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतकै दबावमा जसपाले विघटनको विरोध गर्ने निर्णय गरेको थियो । अहिले पनि झण्डै त्यही अवस्था दोहोरिएको नेताहरू बताउँछन् ।

राजपा वरिष्ठ उपाध्यक्ष रहिसकेका जसपा नेता वृषेशचन्द्र लाल संसद विघटन भन्दा पनि मधेशको मुद्दालाई जोड दिनुपर्ने बताउँछन् । ‘संविधान संशोधन र रेशम चौधरी लगायतमाथिको झुठ्ठा मुद्दा फिर्ता हाम्रो पहिलो शर्त हो’ उनी भन्छन्, ‘मधेशको विषयमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुनै अन्तर छैन ।’

नेताहरूले अनौपचारिक भेटघाट सुरु गरे पनि पार्टीमा औपचारिक छलफल भएको छैन । मंगलबार संसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले आफ्नो मुद्दा सम्बोधन नभएसम्म सरकारमा जान नहुने बताएका थिए । नेता लाल भन्छन्, ‘जसले हाताहाती हाम्रो माग पूरा गर्छ, त्यही पक्षलाई समर्थन गर्छौं, त्यसपछि मात्रै आफैं सरकारमा सहभागी हुने नहुने विषयमा निर्णय हुन्छ ।’

राजपाका कतिपय नेताहरू ओलीलाई समर्थन गरेर जाँदा नै आफ्नो माग पूरा हुने तर्क गर्छन् । यसअघि नेपाली कांग्रेस र माओवादीलाई भोट दिँदा पनि एमालेलगायतका साना दलको असहयोगले गर्दा संविधान संशोधन हुन सकेको थिएन ।

‘कांग्रेस र माओवादी केन्द्र पहिलादेखि नै संविधान संशोधनको पक्षमा थिए, उनीहरूले प्रस्ताव नै ल्याए पनि ओलीको साथ नपाउने पक्का छ’ साविक राजपाका एक नेता भन्छन्, ‘तर ओलीलाई संशोधन प्रस्ताव लैजान सहमत गराउने हो भने कांग्रेस र माओवादी केन्द्रको साथ पाउने आशा गर्न सकिन्छ ।’

जसपाका २२ सांसदको ओलीलाई साथ !

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि संघीय संसदमा कुनै पनि दलको बहुमत पुग्दैन । सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिने हो भने ओली सरकार अल्पमतमा पर्छ ।

प्रतिनिधिसभामा एमालेका १२१ सांसद छन् । बहुमतका लागि ओलीलाई थप १७ सांसदको साथ चाहिन्छ । ३२ सिट भएको जसपाको साथ पाउने हो भने कांग्रेस र माओवादी केन्द्रको समर्थनविनै बहुमतका लागि आवश्यक १३८ सिट सजिलै पुग्छ ।

‘जसपा फुटेर वा जुटेर हाम्रो पक्षमा आउँछ’ प्रधानमन्त्री ओली निकट एक नेता भन्छन्, ‘सिंगो जसपा आएन भने पनि कम्तीमा २२ जना हामीसँग आउने निश्चित जस्तै छ ।’

ती नेताका अनुसार साविक राजपाका एकाधबाहेकका सांसदले एमालेलाई समर्थन गर्ने लगभग निश्चित भएको छ । यद्यपि उनले जसपाका नेताहरूको माग पूरा हुने वा नहुनेमा उनले केही बोल्न चाहेनन् ।

जसपा विभाजन होला ?

प्रतिनिधिसभामा साविक राजपा र सपाका १७–१७ सांसद छन् । राजपाबाट सांसद बनेका रेशमलाल चौधरी र सपाका सांसद हरिनारायण रौनियार निलम्बित छन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक रहिसकेका सांसद महेन्द्रराय यादव माओवादी केन्द्रसहितको गठबन्धनको पक्षमा देखिएका छन् । साविक सपाका सांसदहरू मध्ये प्रदीप यादव, सुरेन्द्र यादव, उमाशंकर अरगरिया, मोहम्मद इस्तियाक राई, रामबाबु यादव, बिमल श्रीस्ताव, कलुदेवी बिक, रेणुका गुरुङ र रेणु यादवले ओलीलाई साथ दिन सक्ने राजपाका एक नेता बताउँछन् ।

नाम उल्लेख गर्न नचाहने ती नेताको दाबीलाई मान्ने हो भने सिंगो जसपाले साथ दिएन भने पनि २४ सांसद ओलीको पक्षमा आउने सम्भावना छ ।

जसपाको ७७९ सदस्यीय केन्द्रीय समितिमध्ये साविक सपाका ४०० र राजपाका ३७९ छन् । केन्द्रीय कार्यकारिणी समितिमा राजपाका २६ र सपाका २५ जना छन् । महेन्द्र राय यादव सपाको पक्षमा लाग्दा केन्द्रीय कार्यकारिणीमा साविकको सपाको बहुमत पुग्ने देखिन्छ ।

साविक सपाका एक नेता भने नौ सांसद राजपाको पक्षमा लाग्ने संभावना नरहेको बताउँछन् । उनी भन्छन्, ‘उहाँहरूले गत वैशाखमा पार्टी फुटाउन लागेका सबै माननीयहरूलाई गन्नु भएको होला तर इस्तियाकजी रेणुजी र अरगरियाजी उता लाग्नु होला भन्ने लाग्दैन ।’

जसपा अध्यक्ष उपेन्द्र यादव भने कर्ण र शुक्लले एमालेलाई समर्थन गर्न नभई रेशम चौधरीलगायतका आन्दोलनकारी मुद्दा फिर्ताको पहल गर्न वार्ताको जिम्मेवारी पाएको बताउँछन् ।

उनी भन्छन्, ‘जसपा विभाजन पनि हुँदैन, सर्वोच्च अदालतले असंवैधानिक भनिसकेको कदमको पक्षमा पनि उभिदैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Next Post
कर्णाली गरिब थिएन, बनाइयो : मुख्यमन्त्री शाही

कर्णाली गरिब थिएन, बनाइयो : मुख्यमन्त्री शाही

सपनालाई धम्की दिने विनयजंग बस्नेत ५० हजार धरौटीमा रिहा

सपनालाई धम्की दिने विनयजंग बस्नेत ५० हजार धरौटीमा रिहा

फेसबुकले फुकुवा गर्दैछ राजनीतिक विज्ञापनमाथिको बन्देज

फेसबुकले फुकुवा गर्दैछ राजनीतिक विज्ञापनमाथिको बन्देज

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम जनकपुरधामबाट फागुन ६ मा हुने

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

विदेशी हस्तक्षेप अन्त्य र भ्रष्टाचारमुक्त समाज निर्माणमा ओलीको योजना सार्वजनिक

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

गृहमन्त्री अर्यालले महाशिवरात्रि पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सुरक्षा र तयारी अवलोकन गरे

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

जनकपुरधाममा पाँचौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि सुरु

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .