No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘धम्की खबरदारीकाे पछाडि लाग्नु हुँदैन, कानूनी प्रकृया पूरा गर्नुपर्छ’

‘धम्की खबरदारीकाे पछाडि लाग्नु हुँदैन, कानूनी प्रकृया पूरा गर्नुपर्छ’

सरकारले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाली राजनीति ध्रुविकृत भएको छ । सरकारको कदम सही र गलत भन्नेहरु दुई भागमा बाँडिएका छन् । सत्तारुढ आफै विभाजित भएको छ । सरकारले प्रतिनिधि सभाको विघटन गरी नयाँ निर्वाचनको मिति समेत घोषणा गरेको छ । साथै निर्वाचन आयोगले पूर्व तयारीको कामहरु थालिसकेको छ । यसै सन्दर्भमा नेपालले पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठसँग अहिलेको समसामयिक विषयमा कुराकानी गरेको छ । कुराकानीको क्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठले दलहरुको आन्तरिक लोकतन्त्र कमजोर हुँदा देशको लोकतन्त्र अप्ठेरोमा परेको बताउनुभएको छ ।

अहिलेको राजनीतिक अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
अहिले कोरोनाले मुलुक आक्रान्त छ । यसले समाजमा ठूलै संकट ल्याएको छ । यसको आर्थिक सामाजिक अशर गहिँरिदै गएको छ । यससँगै राजनीतिक दलहरुले अर्को राजनीतिक संकट सृजना गरेका छन् । राजनीतिक संक्रमण फैलिएको छ । यस्तै, संक्रमण थप्ने नेतृत्व बुद्धिमानी नेतृत्व होइन । समस्या समाधानको उपाय हुँदाहुँदै राजनीतिक दलले देशलाई संकटमा धकेलेका छन् । बहुलवादी व्यवस्थामा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुन्छ । हाम्रोमा त सत्तारुढ दल र विपक्षी दल दुबैले काम गर्न सकेनन् । दल भित्रको अन्तरकलहले यो संकट आएको हो । जनताले जसलाई विश्वासको मत दिएका थिए उसैले धोका दिए जस्तो भएको छ । व्यक्तिगत स्वार्थ र पदलोलुपताले नेपाल कम्युनिष्ट पार्टिलाई नै ग्रस्त बनाएको अवस्था छ ।

समस्या नीतिमा भन्दा पनि नियतमा देखियो हैन ?
कम्युनिष्ट पार्टीको नीतिको कुरा त के छ र, कोही निर्वाचनमा भाग लिएर यहाँसम्म आए, कोही युद्ध लडे । यद्यपि जनताले दुबै शक्ति एकत्रित हुँदै र स्थायी सरकारको निर्माण होस् भनेर विश्वास गरेर मत दिए । जनताले एकिकृत कम्युनिष्ट पार्टीलाई सत्ताको भार दिएका हुन् । यो सामान्य कुरा थिएन । कम्युनिष्ट पार्टी जनताको मतबाट चुनिएर आएको थियो । यो ठूलो उपलब्धी थियो ।

अहिलेको झगडाले दुई संवैधानिक निकाय विवादमा तानिएको छ यसमा तपाईको टिप्पणी के छ ?
प्रतिनिधि सभा विघटनको विषय अदालतमा विचाराधीन छ । धेरै टिप्पणी गर्नु उपयुक्त हुँदैन । विषय जटिल पनि छ । प्रतिनिधि सभा विघटन ठिक र बेठिक भन्ने दुई मत छ । पार्टी फुटेर आएको भए अर्कै विषय हुन्थ्यो । पार्टी फुटेको छैन । दलको विषयमा निर्वाचन आयोगले टुङ्गो लगाउनु पर्छ । प्रतिनिधि सभा विघटनको विषय सर्वोच्चले हेर्छ । प्रधानमन्त्रीको कुरा सुन्दा आफूलाई काम गर्न नै नदिएको अनि प्रतिनिधि सभा विघटन गर्नुपरेको भन्ने छ । यी सबै विषय अन्तरघुलित छ ।

त्यसो भए यो लडाइँ कानूनी हो कि राजनीतिक…यसले निर्वाचन आयोग चेपुवामा पर्छ कि…?
निर्वाचन आयोग पनि संवैधानिक आयोग हो, संविधानले तोकिदिएको स्पष्ट क्षेत्राधिकार छ । आयोगका पदाधिकारी सरकारले नियुक्त गरे पनि काम कानून अनुसार नै गर्नुपर्छ । हाम्रो विश्वास पनि छ । लामो समय सार्वजनिक सेवामा काम गरेका अनुभवले खारिएका व्यक्तिहरुले राजनीतिक चेपुवामा परेर निर्णय गर्छन् भन्नु गलत हुन्छ । आफैले व्यक्त गरेर देखाए भने अलग कुरा तर आयोग भित्र बसेर निर्णय प्रक्रियामा नै राजनीतिक दलको प्रभाव पर्ने कुरा हुँदैन ।

तर…अहिले सडकमा, भेला, प्रदर्शनमार्फत अदालत आयोगलाई धम्क्याएको देखिन्छ नि हैन…?
यस्ता धम्की खबरदारी धेरै आउँछन् । यसको पछाडि लाग्नु हुँदैन । आफ्नो कानूनी प्रकृया पूरा गर्नुपर्छ । निर्वाचन आयोगको निर्णयपछि पनि अदालत जाने ढोका खुला हुन्छ । चित्त नबुझे जान सकिन्छ । धम्कीले केही फरक पर्दैन । यस्तो अवस्थामा राजनीतिक दलले आफै निर्णायक भए जसरी भन्नु हुँदैन ।

त्यसो भए निर्वाचन आयोगले सर्वोच्च अदालतको निर्णय कुर्नुपर्ने हैन र…?
यो प्रश्न धेरैको मनमा छ । मलाई पनि धेरैले सोध्ने गरेका छन् । नेपाल सरकारले दिएको निर्णयमा समयको पावन्दी छ । मिति तोकिएको छ । ६ महिनाभित्र निर्वाचन गराउनै पर्ने अवस्था छ । यो अवस्थामा निर्वाचन आयोग निर्णयको बन्दी जस्तै छ । ६ महिना भित्र निर्वाचन हुने नहुने अलग कुरा भयो तर तयारीको सबै काम आयोगले गर्नुपर्छ । २०४७ सालको निर्वाचन मैले नै गराएको हो । समय लगभग ६ महिना थियो । निर्वाचन आयोगले आफ्नो प्रक्रियागत र आन्तरिक तयारी गरिरहेकै हुन्छ । जुनसुकै बेला निर्वाचन हुन सक्छ भनेर तयारी गरेकै हुन्छ । अहिले आयोगलाई दल दर्ताको विषय भने पेचिलो बन्ने दखिन्छ ।

अहिले सडकमा भएको गतिविधिले आयोगलाई कतिको प्रभाव पार्छ ?
सडकमा के हुन्छ, आयोगले सडकलाई किन हेर्ने । आयोगले ऐन नियम कानून हेर्ने हो । तर सडमा उत्रिएका राजनीतिक दल संयमित हुनुपर्छ । कानून भित्र रहेर प्रस्तुत हुनुपर्छ । नेतृत्वमा जवाफदेहिता हुनुपर्छ । भोली आफै सरकार चलाउने ठाउँमा पुग्दा यस्तो समस्या आउँछ भनेर विचार गर्नुपर्छ । राजनीतिक दलको नेतृत्व धेरै नै जवाफदेही बन्नुपर्ने छ । यो समयको माग हो, जनताको माग पनि हो । केही दिनअघि आन्दोलनको नेतृत्व गरिरहेका पूर्व प्रधानमन्त्रीहरु निर्वाचन आयोग नै पुगेर प्रक्रिया रोक्न आग्रह गरे यसलाई कसरी हेर्नुभएको छ ? आयोगले आफ्नो काम रोक्न सक्दैन । किन रोक्ने, आयोगको धेरै काम प्रकृयागत हुन्छ । प्रकृया नै रोक भन्नु गलत हो । यसरी भन्न मिल्दैन । यस्तो हस्तक्षेपकारी काम गर्नुहुन्न । यस्ता निकायलाई राजनीतिक दलले कार्यकर्ता भर्ना गर्ने थलो जस्तो सम्झन थाले । यस्तो हुँनुहुदैन ।

अब यसको निकाश कसरी हुन्छ ?
यस्ता झगडाको निरुपणको एउटा माध्यम प्रजातन्त्रमा मतदान नै हो । यो असामयिक भयो । यो संवैधानिक छ कि छैन भन्ने विषय जटिल छ । अर्को राजनीतिक दलको सञ्चालन विधि खराब भयो । सबै राजनीतिक दलमा यस्तै छ । यो परम्परा जस्तै भएको छ संसद विघटन गर्ने । पहिले त संविधानमा लेखिएको थियो अहिले त स्पष्ट छैन । संविधानले सरकारलाई बाँधेको हुन्छ, निरंकुश हुँन दिँदैन । मलाइ लागेको कुरा दलको संगठन बन्ने प्रकृया नै प्रजातान्त्रिक छैन । साथै राजनीतिक दलभित्र शक्ति हस्तान्तरण गर्ने, नयाँ पुस्तालाई स्थान दिने कुरा गौण भयो । यसले लोकतन्त्रको विकाशमा बाधा पुगेको छ । यसैको कारण राजनीतिक संस्कारको विकाश हुन सकेन ।

यसरी बुझौं मुलुक लोकतन्त्रमा गयो तर दलहरु अझै लोकतान्त्रिक हुन सकेनन् ।
हो त, अहिलेसम्म पार्टीहरुमा निर्दलीय स्वभाव नै छ । एकल पार्टी जस्तो पञ्चायती व्यवस्था जस्तो । यो झगडाको बीउ पनि यस्तै कुराले हो । गुटबन्दीको झगडा पञ्चायतमा पनि थियो । ठिक यस्तै प्रकृतिको झगडा अहिले राजनीतिक दलभित्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #विचार
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post
धनुषामा एक किशोरी झुन्डिएर आत्महत्या

धनुषामा एक किशोरी झुन्डिएर आत्महत्या

बेपत्ता झा दम्पतीका विषयमा केही पत्ता लगेन शंकास्पद सोधपुछ गर्दै प्रहरी

बेपत्ता झा दम्पतीका विषयमा केही पत्ता लगेन शंकास्पद सोधपुछ गर्दै प्रहरी

चम्पादेवी माध्यमिक विद्यालयको पुननिर्माण कार्य सुरु

चम्पादेवी माध्यमिक विद्यालयको पुननिर्माण कार्य सुरु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .