No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मेरो निर्वाचन क्षेत्रमा राम जन्मिएको पुष्टि भए सबभन्दा खुसी त मै हुन्छु: प्रचण्ड

मेरो निर्वाचन क्षेत्रमा राम जन्मिएको पुष्टि भए सबभन्दा खुसी त मै हुन्छु: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीले माडीमा राम मन्दिर बनाउने कुरा ‘प्रचण्ड सिध्याउन सकिन्छ’ भन्ने उद्देश्यले ल्याइएको बताएका छन् । चितवनको भरतपुरमा निर्माणाधिन महानगरको गौरवको आयोजना सिटीहल र पुल्चोक गोन्द्राङ ६ लेन सडकको अवलोकन पछि पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

गत माघ १७ गते चितवनमा गरिएको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रामको जन्मभूमि अयोध्यापुरी हो भन्न प्रचण्डलाई कसले रोक्यो भन्ने प्रश्न गरेका थिए। उनले प्रचण्डको चुनाव प्रचारका लागि माडी जाँदा आफूले माडीलाई मणि बनाउने उद्घोष गरे पनि प्रचण्ड नै ‘कुहिएको आलु’ निस्किएपछि आफूले केही गर्न नसकेको बताएका थिए। त्यसको केही दिनमै ओलीले राम मन्दिरका लागि आफैंले निर्माण गर्न लगाएको राम र सीताको मूर्ति बालुवाटारमा सार्वजनिक गरेका थिए।

‘पुरातत्व अन्वेषणबाट त्यो प्रमाणित भयो मेरो निर्वाचन क्षेत्रमा अयोध्या हो, मेरै निर्वाचन क्षेत्रमा राम जन्मिएको हो भन्ने पुष्टि भयो, त्यसलाई स्थापित गर्न सकियो भने नेताहरूमध्ये सबैभन्दा खुसी मेरै भागमा पर्छ नि त। म त्यसको किन विरोध गर्ने?,’ उनले भने, ‘प्रचण्ड सिध्याउन त्यो ल्याएँ भन्ठान्नुभएको छ उहाँ, प्रचण्ड त झन् खुसी हुन्छ नि आफ्नो निर्वाचन क्षेत्रमा अयोध्या र राम जन्मिएको प्रमाणित भएमा।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राम मन्दिरको कुरा राजनीति गर्नका लागि र प्रचण्ड सिध्याउने अभियानका लागिमात्रै गरेको आरोप लगाए।

‘मेरो चुनौती के हो उहाँलाई भने तपाईं त्यस्तो कुरो त बडो ब्लफ दिनुभएको छ, पुरातात्विक अन्वेषण गरेर त्यसलाई स्थापित र प्रमाणित गर्न तपाईंले के गर्नुभो? त्यहाँचाहिँ एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, होहल्लाचाहिँ ठूलो गर्ने?’ प्रचण्डले भने, ‘होहल्ला नगरेर प्रमाणित गर्न लाग्नुस् सबैभन्दा अगाडि बढेर तपाईंलाई सहयोग गर्छु भन्या छु मैले।’ उनले राम मन्दिरको कुरामा राजनीति गरेर प्रचण्ड सिध्याउने अभियान चलाउँछु भन्ठाने ओली आफैं गड्डामा पर्ने बताए।

भरतपुरमा निर्माणाधिन सिटी हल र ६ लेनको सडक आफुले ल्याउन पहल गर्ने र ओलीले रोक्न बल गर्ने गरेको स्मरण गर्दै यसमा पनि चितवनका जनता र जनप्रतिनिधी जित्न सफल भएको उनले सुनाए । संसद् पुर्नस्थापना भयो भने त्यसपछिको प्रधानमन्त्री तपाईंं नै हो भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले आफूलाई पदको कुनै लोभ नभएको बताए । यस्तै उनले ओलीले घोषणा गरेको चुनाव हुँनै नसक्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
कक्षा ५ सम्मका बिद्यार्थीलाई स्कुलमा नयाँ नियम लागु, सरकारले पनि जारि गर्यो यस्तो सूचना

कक्षा ५ सम्मका बिद्यार्थीलाई स्कुलमा नयाँ नियम लागु, सरकारले पनि जारि गर्यो यस्तो सूचना

भागीरथी घटना प्रकरण : महेन्द्रनगरबाट पक्राउ एक जना पक्राउ

भागीरथी घटना प्रकरण : महेन्द्रनगरबाट पक्राउ एक जना पक्राउ

भागीरथी प्रकरणमा प्रहरीलाई अहिलेसम्मकै ठुलो सफलता, भारत जान लागेका एक सन्दिग्ध व्यक्ति पक्राउ

भागीरथी प्रकरणमा प्रहरीलाई अहिलेसम्मकै ठुलो सफलता, भारत जान लागेका एक सन्दिग्ध व्यक्ति पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .