No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गण्डकी सरकारको ३ वर्ष : योजनामै सीमित

गण्डकी सरकारको ३ वर्ष : योजनामै सीमित

 पोखरा । २०७४ साल फागुन ४ मुख्यमन्त्रीको सपथ खाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको पहिलो मन्त्रिपरिषद बैठकले निर्णय गर्‍यो, ‘२ वर्षभित्रै सबै घरधुरीमा खानेपानी र बिजुली पुर्‍याउँछौं ।’ आज सरकार गठन भएको ठ्याक्र्क ३ वर्ष पूरा भएको छ । सरकारले २ वर्षमा पूरा गर्ने भनेको लक्ष्य भने अझै पूरा गर्न सकेको छैन ।

सरकारले ५ वर्षभित्रमा भने लक्ष्य पूरा गरेर छाड्ने दाबी गरेको छ । तर, ५ वर्षभित्र सम्पन्न गर्ने भनिएको पहिलो मन्त्रिपरिषदको बैठकको निर्णय भने अहिलेसम्म सुरु नै भएको छैन । ५ वर्षभित्र सुविधासम्पन्न सम्मेलन केन्ऽ बनाउने तथा क्यान्सर, मुटु र मिर्गौला उपचार गर्ने अस्पताल सञ्चालन गर्ने, प्रत्येक स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीमा जोड्ने, स्थानीय तहसँग सहकार्य गरेर बहुसांस्कृतिक गाउँ बनाउनेजस्ता निर्णय पहिलो बैठकले गरेको थियो । अहिले यी कुनै पनि आयोजना निर्माण सुरु भएका छैनन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने गण्डकी प्रदेशले छलाङ नै मारेको बताउँछन् । ‘प्रदेशको ९१ प्रतिशत घरधुरीमा बिजुली पुग्यो । गण्डकी प्रदेशमा साढे १४ प्रतिशत घरहरुमा आधारभूत खानेपानी थिएन,’ मुख्यमन्त्री गुरुङ भन्छन्, ‘पहिला ८६ प्रतिशतमा बिजुली पुगेको भनियो । तर त्यस्तो रहेनछ । ८३ मा रहेछ । हामीले अहिले ८८ पुर्‍याएका छौं ।’

सरकारले लक्ष्य पूरा गर्छु भनेर अगाडि बढाएका आयोजना जग्गा प्राप्तिमै ढुंगा लागेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको भनाइ छ । ५ वर्षे कार्यकालमा प्रदेशले अभूतपर्व नै काम हुने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले ३ वर्ष पूरा गर्दा उपलब्धिका लामो सूची तयार पारेको छ । तर, अधिकार भर्खर सुरुमात्रै भएका छन् केही सुरुसमेत भएका छन् । कानुन, कार्यविधि निर्णय, नियमित हुने सडक, बिजुली, खानेपानी, पुल निर्मालाई सरकारले ठूलो उपलब्धि मानेको छ ।

अघिल्लो २ वर्षसम्म संघीय सरकारले अधिकार हस्तान्तरण गर्न आनाकानी गरेको भन्दै मुख्यमन्त्री गुरुङले औंला उठाउँदै आएका थिए । पछिल्लो १ वर्ष भने संघीय सरकारप्रति नरममात्रै बनेनन्, प्रतिरक्षामै उत्रिनु पर्ने अवस्था आयो । पछिल्लो समय त सरकारको कामभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीकै समर्थनमा कार्यक्रम गर्दै हिँड्नुपर्ने बाध्यता मुख्यमन्त्रीलाई आइपरेको छ । मुख्यमन्त्री गुरुङ भन्छन्, ‘एकातिर संघीयता कमजोर बनाउने शक्ति लागि परेका छन्, अर्कोतिर संघीय सरकारकै मन्त्री र उच्च नेताले पनि संघीयताको मर्म बुझिरहेका छैनन् ।’

अघिल्लो वर्षसम्म संघीयतामा चौतर्फी आक्रमण भइरहेको बताउने मुख्यमन्त्री अहिले किन बोल्न सकिरहेका छैनन् त ? गुरुङ भन्छन्, ‘संघीयतालाई बलियो बनाउन अझै केही समस्या छन् तर पहिलेभन्दा केही सहज भने भएको छ । अहिलेको अवस्थामा सरकारको समर्थन गर्न सकिएन भने संघीयता झन् कमजोर हुने भएकाले समर्थन गर्नु परेको छ ।’

गण्डकी प्रदेश सरकारले अहिलेसम्म ४७ वटा ऐन निर्माण गरेको छ । प्रदेशभित्र पक्की (कालोपत्रे र ढलान) १ सय ३७ किलोमिटर गरेको सरकारको मुख्य उपलब्धिमा छ । ग्राभेल २ सय ९२ किलोमिटर सडक निर्माण गरेको सरकारको उपलब्धिमा छ ।

आर्थिक वर्षभित्र २ सय ३७ किलोमिटर पक्की र ग्राभेल ३४२ किलोमिटर निमार्ण गर्ने लक्ष्य सरकारको छ । एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत ३६ सडक आयोजना मध्ये ३५ सडक आयोजनामा कालोपत्रे ३३६.१५ किलोमिटर र ग्राभेल ३५.१५ किलोमिटर स्तरोन्नति गर्ने कार्य भइरहेको छ।

प्रदेशमा २११ सडक पुल निर्माण गर्ने लक्ष्यमध्ये ३४ सडक पुलहरू सम्पन्न भएका छन् । ७१ सडक पुल निर्माणाधीन, १७ सडक पुल ठेक्का प्रकियामा रहेका र ८९ सडक पुल डीपीआर निर्माणको प्रक्रियामा रहेको सरकारले उपलब्धि मानेको छ ।

गण्डकी विश्वविद्यालय स्थापना हुनु प्रदेशले अर्को उपलब्धि मानेको छ । यो वर्षदेखि मेडिकल साइन्सको पढाइ सुरु हुने मुख्यमन्त्री गुरुङको दाबी छ । कोभिड-१९ को नियन्त्रण, व्यवस्थापन र उपचारमा सरकारले उपलब्धि हाँसिल गरेको उल्लेख छ ।

प्रदेशमा संक्रामक तथा सरुवा रोग अस्पताल बनाएर सञ्चालनमा ल्याउन सकेको मुख्यमन्त्रीको भनाइ छ । जिल्ला र अञ्चल अस्पतालहरुमा आइसियु जडान र स्तरोन्नति गर्ने काम भएको सरकारले उपलब्धि सार्वजनिक गरेको छ । सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेको सरकारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

विद्यालयमा ‘जंक फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’

विद्यालयमा ‘जंक फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’

७ महिनामै सेयर लगानीकर्ताको पुँजी १६ खर्बले बढ्यो

७ महिनामै सेयर लगानीकर्ताको पुँजी १६ खर्बले बढ्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .