No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कतार हिँडेको केटो काठमाडौंमा हिट गायक


कतार हिँडेको केटो काठमाडौंमा हिट गायक

‘भा’को एउटा जाली रुमाल फूल भरेको छैन

के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना

हे बरै…..

सालको पात टपरी हुने हे बरै, नहुने सल्लैको … ।’

ठेट लोकभाकाको यो गीतले बिहे कार्जेदेखि मेलापातसम्म संगीतमय बनाइदियो । विष्णु माझी र कुलेन्द्र विश्वकर्माको यो गीत लोकले यति रुचायो कि अहिलेसम्म पनि यसको मधु कम्पन उस्तै छ ।

गीत दुई वर्षअघि सार्वजनिक भएको हो । नवराज पन्तले लेखेको गीतलाई वसन्त थापाले धुन भरेका हुन् । गीतको भिडियो अहिलेसम्म युट्युबमा ६ करोड ६७ लाख बढी पटक हेरिएको छ ।

गीत सार्वजनिक भएपछि कुलेन्द्र पोखराको लेखनाथ महोत्सवमा पुगेका थिए । स्टेजमा उक्लिएर उनले भाका हाले, ‘सालको पात टपरी हुने… ।’

उनीसँगै स्वरमा स्वर मिलाएर दर्शकहरु नाच्न थाले । गीत सकियो, दर्शकको रहर सकिएन । उनीहरु चिच्याए- वान्स मोर । कुलेन्द्रले फेरी गाए, तर दर्शकलाई पुगेन- वान्स मोर । उनले तीन, चार, पाँच, छ, सात, आठ पटक यही गीत सुनाए । उनी भन्छन्, ‘एउटा कार्यक्रममा आठ पटक गाउनुपरेको सम्भवतः यही गीत होला ।’

गीतको प्रसंग एकछिन थाती राखौं । किनभने यो प्रसंगमा कुलेन्द्र विश्वकर्मालाई खोतल्नु छ । जीवनको बक्ररेखामा दौडदै उनी कसरी गायक बने ?

डेढ दशकअघिको कुरा । लोकगायनमा राजु परियारको राज थियो । अरुलाई गीत रेकर्ड गराउन महिनौं कुर्नुपर्ने, राजुलाई भ्याइ-नभ्याइ हुने । ठीक त्यही मेसोमा राजुको विकल्प बने कुलेन्द्र विश्वकर्मा ।

उनीहरुको आवाज पनि मिल्दोजुल्दो । त्यसैले राजुले नगाएका वा गाउन नभ्याएका गीतहरु कुलेन्द्रको भागमा पर्दै गयो । संघर्षको चरणमा उनले कुनै नाइनास्ती गरेनन् । पाएका गीतहरु गाउँदै गए ।

‘पश्चिम पूर्वको’, ‘जिम्बल बाको आँगनीमा’, ‘हाँस्न सिकायौ’, ‘नजाउ है पधेँरीमा’, ‘डाँडै फुर्के सल्लो’, ‘मायाले के-के गरायो’ जस्ता गीतहरु गाउँदै गए, उनको सर्वपि्रयता बढ्दै गयो ।

अनि अगाडि बढेको बढ्यै

पर्वत जिल्लाको एउटा सामान्य किसान परिवारमा जन्मिएका कुलेन्द्र सानैदेखि गीत गाउँथे ।

‘बाहुन गाउँमा जन्मिएको केटो, भजन-किर्तन परैबाट सुन्थेँ । पारी गाउँमा रोधी पनि बस्थ्यो’ कुलेन्द्र सम्झन्छन् ‘त्यस्तो माहोलमा सानैदेखि गीततिर तानिएँ ।’

उनमा उमेरसंगै गायक बन्ने हुटहुटी बढ्न थाल्यो । उनलाई आफ्नो आवाज पनि राम्रो लाग्थ्यो । ‘गायक बन्ने रहर बढेपनि खै कसो-कसो विद्यालयका सांगीतिक कार्यक्रममा भने उति सहभागी भइनँ’, कुलेन्द्र भन्छन्, ‘साथीहरुको करले गाउँदा पहिलोचोटि नै प्रथम भएँ ।’

परिवारको आर्थिक अवस्था कमजोर रहेकाले एसएलसी दिएपछि उनी विदेश जाने भए । त्यही योजनाअनुसार २०५९ सालमा काठमाडौं आए । विदेश गएर ३ वर्ष कमाएर फर्केपछि गायनमा लाग्छु भन्ने उनको सोच थियो ।

‘कतारका लागि आवेदन गरेको, उमेर नपुगेर रोकिएँ’, उनी सम्झन्छन्, ‘त्यसपछि काठमाडौंमा भोक मेटाउनकै लागि गायक बन्ने संघर्ष थालेँ । गाउने अवसरको खोजीमा भौतारिन थालेँ ।’

त्यसैक्रममा उनी जोडिए- धौलागिरी दोहोरी साँझमा । लगनखेल बस्थे । त्यहाँँबाट पुतलिसडककोे दोहोरी साँझसम्म हिँडेर आउ-जाउ गर्थे । त्यहाँ मादल बजाउँदा औंलाहरु फुटे । उनी माइक समात्न पाउने मौकाको ताकमा थिए । एक साँझ ग्राहककै आग्रहमा उनले त्यो मौका पाए ।

त्यसपछि त कुलेन्द्र अगाडि बढेको बढ्यै भए ।

एकैदिन १२ वटा गीत रेकर्ड

दोहोरी साँझमा गाउँदा गाउँदै उनको पहिलो गीत रेकर्ड भयो- ‘के छ हालचाल ।’ त्यो राम्रै चल्यो पनि । त्यसबेलासम्म उनको चिनजानको दायरा पनि निकै बढिसकेको थियो । तर, दोहोरी साँझ छाडेनन् ।

दोहोरी साँझ कलाकारको पाठशाला भएको र त्यहाँको संघर्षबाट आधुनिक गीतका थुप्रै हस्ती जन्मिएको कुरा आफूले बुझेको उनी बताउँछन् । ‘दोहोरी साँझले कलाकारहरुलाई माझिने अवसर दिए’, कुलेन्द्र भन्छन्, ‘मैले दोहोरीमा धेरै सिकेँ ।’

लोक दोहोरीमा राजु परियारको पनि व्यस्तता अधिक थियो । उनलाई त गीत रेकर्डका लागि दुई महिनासम्म कुर्नसमेत मानिसहरु तयार थिए केहीले राजुको व्यस्तताका बीच कुलेन्द्रलाई विकल्पका रुपमा गाउन दिए ।

समय यस्तो आयो, उनले एकैदिन १२ वटा गीत रेकर्ड गर्नुपर्‍यो । ‘पश्चिम पूर्वको’ को लोकपि्रयताले त्यस्तो दिन ल्याएको उनी बताउँछन् । १२ वर्षअगाडिको समय सम्झँदै उनी भन्छन् ‘त्यतिबेला तीन-चारवटा गीत रेकर्ड गर्नु मेरो सामान्य दैनिकी बनेको थियो ।’

त्यसक्रममा ‘जोगीको भेषैमा’, ‘तिमीलाई पछुतो हुने दिन’, ‘जिम्बल बाको आँगनीमा’, ‘हाँस्न सिकायौ’, ‘नजाउ है पधेँरीमा’ ‘डाँडै फुर्के सल्लो’ ‘मायाले के-के गरायो’ लगायतका गीतले कुलेन्द्रलाई लोक संगीतको शिखरतिर डोर्‍यायो । साढे दुई वर्षअघि सार्वजनिक ‘सालको पात टपरी’ले लोकदोहोरी क्षेत्रमा नयाँ आयाम थप्यो ।

विष्णु माझीसँग गाएका धेरै हिट

कुलेन्द्र विश्वकर्माले विष्णु माझीसँग गाएका दर्जनौं गीत लोकपि्रय भए । उनीहरुको ‘पश्चिम पूर्वको’, ‘डाँडै फुर्के सल्लो’, ‘नजाउ है सानु पधेँरीमा’ ‘सालको पात टपरी’ लगायत गीतले लोकप्रियताको रेकर्ड कायम गरेभन्दा अतिशयोक्ति हुदैन ।

उनीहरुको भेटघाट भने स्टुडियोमा सीमित छ । आफू स्टेजमा जाँदा स्रोता-दर्शकले विष्णु माझीलाई पनि खोज्ने गरेको कुलेन्द्र बताउँछन् । ‘तर, उहाँ सांगीतिक कार्यक्रममा हिँडनुहुन्न, मिडियासामु आउन पनि चाहनुहुन्न’, कुलेन्द्र भन्छन्, ‘त्यो उहाँको स्वतन्त्रताको कुरा हो । त्यसमा हामी जान परेन ।’

लोक दोहोरीमा सबैको आकर्षण

तीन वर्षअघि ‘सातको पात टपरी’मा अभिनयका लागि धेरै अभिनेत्रीहरुकहाँ अफर पुगेको थियो । तर, मरिष्का पोखरेल मात्र त्यसमा राजी भइन् । तर, अहिले स्थिति फेरिएको छ ।

‘कुनै समय लोक दोहोरीमा नखेल्ने भन्ने कलाकारहरु लोक दोहोरीको भिडियोमा उत्साहका साथ खेल्न थाल्नुभएको छ’, कुलेन्द्र भन्छन्, ‘हाम्रा लागि यो गौरवको कुरा हो ।’

राजेश हमालले लोकदोहोरी भिडियोमा अभिनय गरेर प्रशंसक बढाएको उनी बताउँछन् । उनी भन्छन्, ‘योसँगै राजेश दाइप्रतिको सम्मान पनि बढेको छ ।’

‘खुशीमा बाँचेको छु’

‘जोगीको भेषैमा’ देखि ‘सातको पात टपरी’सम्मका हिट गीतका भिडिओमा कुलेन्द्र स्वयं देखिएका छन् । आफ्नो लोकदोहोरी गीतमा मिलन लामापछि आफैं अभिनय गर्ने सम्भवतः कुलेन्द्र हुन् ।

कुलेन्द्रले अरुका गीतमा पनि मोडलिङ गर्दै आएका छन् । उनी आफूलाई मोडल भन्न भने रुचाउँदैनन् । ‘त्यसलाई म अभिनय नै भन्न रुचाउँछु’, उनले प्रष्टयाए, ‘मोडलिङ गर्न मोडल हुनुपर्छ । मसँग मोडल हुने योग्यता भएजस्तो लाग्दैन । त्यसैले अभिनय नै गरिरहेको छु ।’

हालसम्म करिब २५ सय गीत गाएका कुलेन्द्रले सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले आज जेजति कमाएका छन्, गीतसंगीतबाटै कमाएका छन् ।

सांगीतिक क्षेत्रमा सफल भएपछि २०६९ सालमा विवाह गरेको उनी बताउँछन् । दुई छोरी र श्रीमतीसँग काठमाडौंमा स्थायी बसोबास गरेका उनी हिजोआज कारमा दोहोरीसाँझ ओहोरदोहोर गर्छन् । रोजगारीका लागि विदेश जान नपाएका उनी आजकल सांगीतिक कार्यक्रमको शिलशिलामा देशदेशावर गरिरहेका हुन्छन् । उनी भन्छन्, ‘गीतसंगीतको संसारमा बडा खुशीका साथ बाँचेको छु ।’

लोक गायनमा व्यावसायिक सफलतासँगै कुलेन्द्र विश्वकर्मा सामुहिक हितका काममा पनि सकृय भएका छन् । उनी विभिन्न संघ-संस्थामा आवद्ध छन् । तीमध्ये राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय सचिव र पर्वत कलाकार समाजको वरिष्ठ उपाध्यक्षका रुपमा सकृय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक#सूचना-प्रविधि#स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
भाडा बढाउन माग गर्दै ट्याक्सी चालक र व्यवसायी आन्दोलनमा

भाडा बढाउन माग गर्दै ट्याक्सी चालक र व्यवसायी आन्दोलनमा

माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

१७ वर्षको भयो फेसबुक, यस्ता छन् सफलताका तथ्यांक

१७ वर्षको भयो फेसबुक, यस्ता छन् सफलताका तथ्यांक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .