No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओलीको जस्तो क्रेज अरुको छैन, शुक्रबारको सभामा सवा २ लाख थिए : विष्णु रिमाल

ओलीको जस्तो क्रेज अरुको छैन, शुक्रबारको सभामा सवा २ लाख थिए : विष्णु रिमाल

काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शुक्रबार काठमाडौंमा भएको आमसभामा सवा २ लाख मानिस उपस्थित भएको दाबी गरेका छन् । र, अहिले केपी शर्मा ओलीको जस्तो क्रेज अरु कसैको नभएको बताएका छन् ।

शनिबार नुवाकोट काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिमालले कति मास होला भनेर आफूले २/३ पटक मञ्चमा उभिएर हेरेको समेत बताए ।

आफू टेक्निकल हिसाब गर्ने मानिस भएको भन्दै उनले भने, ‘त्रिचन्द्रबाट नारायणहिटीसम्म एक किलोमिटर होला, चौडाई ७० मिटर होला । त्यसको क्षेत्रफल ५ लाख बर्गफिटभन्दा बढी हुन्छ । एउटा मान्छे कति ठाउँ ओगट्यो होला ? सामान्यतया बस्दा २ फिट हुन्छ, ६ फिट राखेर हिसाब गर्दा त्यहाँ १ लाख २४ हजार मान्छे अट्छन् ।’

सञ्चयकोषतिर ६०० र जयनेपाल हलतिर ५०० मिटर लम्बई र ५० मिटर चौडाईमा ९१ हजार मानिस रहेको हिसाब सुनाउँदै नेता रिमालले अघि भने, ‘कम्ति पनि २ लाख २४ हजार मान्छे थिए । त्यो नियत खराब भएको मान्छेहरुले प्रचार गरे जस्तो एक हजार ५० तिरेर ल्याइएका मान्छे थिए ? सबै स्वस्फूर्त आएका थिए ।’

दायाँबायाँ केपी ओली ‘आई लभ यू’ भन्ने ठूलो मास देखेपछि प्रधानमन्त्री भावुक बनेको र आशु पुछेको उनले सुनाए । ‘कुम जोडेर बस्ने कमरेडहरुले दायाँ फर्किँदा बायाँले हान्ने, बाँया फर्किँदा दायाँले हान्ने गरेर प्राताडन पारिरहेको एउटा अध्यक्षले त्यो मास, जसले प्रत्येक बोलीमा आइ लभ यू भन्दै थियो । त्यसबाट उहाँ भावुक हुनुभयो’ उनले भने, ‘उहाँ अडिनु भयो, आँशु पुच्छु भयो र तपाईहरुसँग म छु भन्नुभयो ।’

यसले देशमा प्रधानमन्त्री ओलीभन्दा बढी क्रेज अरु कसैको छैन भन्ने प्रष्ट भएको मुख्य सल्लाहकार रिमालले बताए ।

कतिपयले किन केपी ओलीको पछि लाग्नुपर्‍यो भन्ने प्रश्न गरेको पनि आफूले सुनेको भन्दै  रिमालले भने, ‘प्रधानमन्त्री केपी ओलीले के गर्‍यो भनेर प्रश्न गर्नेहरु मेरो विचारमा काठमाडौं खाल्डोमा केहीकेही पत्रिकामा कथित विचार लेख्ने र राति सुर हराइसकेपछि ट्वीटर र फेसबुकमा बरालिने मान्छे बाहेक केही छैन । जसले कामको सही मूल्यांकन गर्छन्, उनीहरुले काम भएको देखेका छन् ।’

उनले फागुन ३ गते प्रधानमन्त्री ओलीले पत्रकारहरुसँग बसेर साक्षत्कार गर्ने तयारी गरेको भन्दै उनले भने, ‘तीन वर्षमा हामीले के गर्‍यौं, अंकमा बोल्छौं । हिजो के थियो, आज के थियो हामी हिसाब किताब गर्छौं ।’

ओली समूहका नेता समेत रहेका रिमालले प्रतिनिधिसभा विघटनमा आफूहरुले एक चरणको मुद्दा जितिसकेको दाबी गरे । ‘स्टे त जारी गरेन, कामकारबाही रोक त भनेन नि’ उनले अघि भने, ‘पहिलो नजरमा प्रधानमन्त्रीले जे काम गर्नुभयो सही गर्नुभयो ।’

संसदमा विकल्प भएको र अविश्वासको प्रस्ताव दर्ता नभएका कारण तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद विघटनलाई असंवैाधनिक भनेको भन्दै उनले अहिले विकल्प नै नभएको बताए । उनले अघि भने, ‘सम्मानित न्यायाधीशहरुले अहिले गरेको विघटनमा फरक फैसला दिनुहुन्छ होला जस्तो मलाई लाग्दैन ।’

अब चुनावको तयारीमा लाग्नुपर्ने उनले बताए । यसो भनिरहँदा पार्टीको बैधानिकता कसले पाउला भन्ने प्रश्न आउने भन्दै उनले भने, ‘हामीले नपाए कसले पाउला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
निर्मला पन्त हत्या प्रकरण सम्झाउने बैतडीको विभत्स घटना

निर्मला पन्त हत्या प्रकरण सम्झाउने बैतडीको विभत्स घटना

संयुक्त आन्दोलन गरौं, ओलीले एक हप्तामा घुँडा टेक्छन् : बाबुराम

संयुक्त आन्दोलन गरौं, ओलीले एक हप्तामा घुँडा टेक्छन् : बाबुराम

प्रधानमन्त्रीले सडकमा शक्ति देखाउने होइन : नागरिक अभियन्ता

प्रधानमन्त्रीले सडकमा शक्ति देखाउने होइन : नागरिक अभियन्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .