No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गर्भपतन रोक्ने ७२ घण्टे औषधिको मनपरी प्रयोग-‘कलेज ड्रेसमै किन्न आउछन्’

गर्भपतन रोक्ने ७२ घण्टे औषधिको मनपरी प्रयोग-‘कलेज ड्रेसमै किन्न आउछन्’

काठमाडौं । २०५९ सालसम्म नेपालमा गर्भपतन गर्नु अपराध थियो । तर जब सन्तान जन्माउने कि नजन्माउने अधिकार महिलामा हुने भन्दै आवाज उठ्न थालेपछि नेपालमा २०५९ सालदेखि गर्भपतनलाई कानुनी मान्यता दियो र अनिच्छाको गर्भलाई रोक्ने कानुनी आधार तयार भयो ।

तर अहिले अनिच्छाको गर्भ रोक्नका लागि गर्भपतन नै गराउनु पर्ने दिन सकिएको छ । अहिले बजारमा १ दर्जनभन्दा बढी त्यस्ता आकस्मिक गर्भनिरोधक चक्की अर्थात् औषधि पाइन्छन् जसले अनिच्छामा गर्भ बस्ने खतराबाट मुक्ति दिन्छ । अर्थात् असुरक्षित यौन सम्पर्क भइहालेपनि ७२ घण्टाभित्र यस्तो औषधिको सेवन गरेमा यसले गर्भ बस्न दिँदैन ।

तर यो औषधिको प्रयोग अहिले यत्ति धेरै बढ्न थाल्यो कि यसलाई चकलेट झैँ प्रयोग गर्न थालियो । मतलब, जुन बेला मन लाग्यो त्यहीबेला, जसरी मन लाग्यो त्यसरी पसल पसलबाट यसको विक्री अनि प्रयोग भइरहेको छ ।

यसको प्रयोग, विधि र असरबारे आम प्रयोगकर्तालाई बुझाउन नसक्दा यसले गम्भीर स्वास्थ्य समस्या ल्याउने खतरा पनि बढ्दै गएको छ ।

पछिल्लो समय विवाहित भन्दा पनि अविवाहित महिला र किशोरीहरुले गर्भ निरोधक चक्कीको प्रयोग बढी गर्ने गरेका छन् । विभिन्न फार्मेसीमा विक्रीको रेकर्ड हेर्दा कण्डम लगायतका साधनहरु भन्दा गर्भनिरोधक चक्कीहरुको बिक्री तेब्बर देखिन्छ । यस्ता औषधि सहज रुपमा बजारमा उपलब्ध हुने र डाक्टरको प्रेस्कृप्सन पनि नचाहिने भएको कारण यो औषधिको प्रयोग र बिक्री बढिरहेको फर्मासिस्ट
जीतबहादुर मगर बताउछन् ।

उमेर नै नपुगी शारीरिक सम्बन्ध राख्नेदेखि सुरक्षा विधि नअपनाई यौनसम्बन्ध राख्ने क्रम पछिल्लो समयमा बढिरहेको छ । अहिले बजारमा ‘७२ घण्टे चक्की’का नाममा यस्ता औषधिको प्रयोग भइरहेको छ । मतलब कण्डम प्रयोगको अनिच्छालाई विकल्पका रुपमा यस्ता औषधिलाई बरदान सम्झिएका छन्, किशोरीहरुले । सोह्रखुट्टेमा फार्मेसी सञ्चालन गरिरहेका मगर लकडाउनको समयमा त यस्ता औषधिको प्रयोग अझ बढेको बताउँछन् । अहिले पनि सार्वजनिक विदाको दिन वा शनिवार यस्ता औषधिहरुको बिक्री बढी हुने गरेको उनको भनाई छ ।

आकस्मिक गर्भनिरोधक चक्कीका नाममा अनवाण्टेड सेभेन्टी टु, इकोन, आइपिल, ओके जस्ता चक्की लिन आउनेहरुमा विवाहित भन्दा अविवाहित महिला र किशोरीहरु बढी हुने गरेको बालाजुका एक औषधि पसले बताउँछन् ।

उनका अनुसार कन्डम, पिल्स, कपर्टी, संगिनी सुई विवाहितले प्रयोग गर्छन् भने इकोनसँगै आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्नेमा किशोरी र युवती बढि छन् । उनी भन्छन्, कतिपय त कलेज ड्रेसमै इकोनजस्ता ७२ घण्टे चक्की माग्ने गरेको औषधि पसल सञ्चालक हरिनाथ भण्डारी बताउछन् ।

कुनै पनि गर्भनिरोधक साधनले शतप्रतिशत गर्भनिरोध गर्ने ग्यारेन्टी दिँदैन । अझ आकस्मिक गर्भनिरोधक औषधिको प्रभावकारिता त त्यो भन्दा पनि कम हुन्छ । विश्व स्वास्थ्य संगठनले यस्ता औषधिको प्रभावकारिकता ८७ प्रतिशतसम्म हुने बताएको छ । विश्व स्वास्थ्य संगठनले आकस्मिक गर्भनिरोधक औषधिका रूपमा लेभोनोर जेस्ट्रेल र युलिप्रिस्टललाई मान्यता दिएको छ । यस्तो औषधिका रुपमा लिभोनोरजेस्टेल खाने हो भने १ दशमलब ५ मिलिग्रामको एक मात्रा र युलिप्रिस्टल खाने हो भने ३० मिलिग्राम खानुपर्ने डब्लुएचओको तथ्यपत्रमा उल्लेख छ ।

तर विश्व स्वास्थ्य संगठनले यस्तो औषधिको प्रयोग गर्दा निश्चित विधि, मात्रा आदि ख्याल गर्नुपर्ने भनेको छ । एक महिना वा वर्षमा कति पटकसम्म खान मिल्छ, यसको साइड इफेक्ट के के हुनसक्छ, कस्तो अवस्थामा खान हुँदैन भन्नेबारे बोलेको भएपनि नेपालमा भने यसको बेमतलबी र निस्फिक्री प्रयोग बढिरहेको छ ।

भर्खर किशोरी अवस्थामा पुगेकादेखि आफ्ना प्रेमीसँग सम्बन्धमा रहेकी युवतीहरुले समेत यस्ता औषधिको प्रयोगलाई तीब्रता दिइरहेका छन् । जबकि यस औषधिको प्रयोगमा ध्यान दिन नसके यसले भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्नेछ । यस्ता औषधिको अत्याधिक प्रयोगले विभिन्न स्वास्थ्य समस्या ल्याउनेदेखि भविष्यमा गर्भ नै नबस्नेसम्मको खतरा ल्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक#स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

Next Post
केपी ओलीविरुद्ध कांग्रेसभित्र विशाल एकता, १३ क्षेत्रबाट एकैपल्ट देशैभर प्रहार !

केपी ओलीविरुद्ध कांग्रेसभित्र विशाल एकता, १३ क्षेत्रबाट एकैपल्ट देशैभर प्रहार !

जनयुद्ध ओलीको भयो, प्रचण्डको सूर्य चिह्न !

जनयुद्ध ओलीको भयो, प्रचण्डको सूर्य चिह्न !

हिन्दूराष्ट्र घोषणाबारे गोकुल बाँस्कोटाले मुख खोले !

हिन्दूराष्ट्र घोषणाबारे गोकुल बाँस्कोटाले मुख खोले !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .