No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

निधिको दावी स्वभाविक र आधारपूर्ण, निधीलाई प्रथम राष्ट्रपति डा.यादवको समर्थन

निधिको दावी स्वभाविक र आधारपूर्ण, निधीलाई प्रथम राष्ट्रपति डा.यादवको समर्थन

काठमाण्डौं : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न चौधौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने जानकारीका साथ पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्रसँग सहयोगका लागि प्रस्ताव गर्नुभएको छ । निधिको पारिवारिक सूत्रकाअनुसार शुक्रबार देउवासँगको भेटमा निधिले चौधौं महाधिवेशनमा सभापति सर्वसम्मत चयन गर्नुपर्ने आवश्यकता रहेको हुनाले सम्भव भएसम्म पार्टीका साथीहरू एकजुट हुनु आवश्यकभएको वताउनुभयो ।

कम्युनिष्ट पार्टीको वर्चस्वलाई तोड्नु पर्ने, राष्ट्रलाई उचित गति दिनुपर्ने, प्राप्त राजनीतिक उपलव्धिहरुलाई संरक्षण गर्दै आर्थिक विकास गर्नुपर्ने समयमा नेपाली कांग्रेस सशक्त, सुदृढ र एकताबद्ध हुनुको विकल्प नरहेकोमा निधिको जोड रहेको छ । नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणालीप्रति प्रतिबद्ध गराउनु, नेपाली कांग्रेसमा तिनीहरुको आकर्षण र सहभागिता विस्तार गर्नु, रोजगारमुखी उद्यमशील युवापुस्तालाई सक्रिय गराउँदै पार्टीमा सबै पुस्ताको समन्वय खोज्नु आजको आवश्यकताका कारण आफूले उम्मेदवारी प्रस्तुत गरेको निधिले वताउनुभयो ।

हिमाल, पहाड, तराई मधेसको एकतालाई थप सबल वनाउन र आउँदो राष्ट्रिय निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा सशक्त रुपमा विजयी गराउने लक्ष्य कांग्रेसका लागि आगामी कार्यभार हुन पुगेको छ । देउवा र पौडेलले उहाँको उम्मेदवारीबारे नकारात्मक प्रतिक्रिया नदिएको निधिले हिमालय टाइम्सलाई बताउनुभयो ।

आगामी फागुनमा तय भएको कांग्रेसको चौधौं महाधिवेशनमा यसअघि वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा.शेखर कोइरालाले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । केन्द्रीय सदस्य गगन थापाको दावी समेत सभापतिमा सार्वजनिक भएको छ ।६० बर्ष उमेर समूहदेखि माथि र त्यसतलको उमेर पुस्ताको सेतुका रुपमा निधिको उम्मेदवारी विचार र आन्दोलनको निरन्तरतासमेत हुनसक्छ ।

विमलेन्द्र निधिको उम्मेदवारीको सन्दर्भमा गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले निधिको उम्मेदवारी स्वाभाविक भएको टिप्पणी गर्नुभयो । डा. यादवले भन्नुभयो, ‘लोकतान्त्रिक आन्दोलनमा करिब पचास वर्षदेखि निरन्तर सक्रिय भई संघर्षबाट आएको हुनाले विमलेन्द्र निधिको सभापति पदको उम्मेदवारी स्वाभाविक र सकारात्मक छ ।’

अहिंसा, शान्ति, सामाजिक न्याय, समुदायबीच सद्भाव र लोकतन्त्रका लागि आजीवन अभियन्ता महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्र निधि करिब १३ वर्षको उमेरदेखि नै आफ्नो परिचयका साथ नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्छ । नेपालको शीर्ष पंक्तिको नेतृत्वमा देउवा र पौडेल पछि निधिनै सर्वाधिक निरन्तर रहेको हुनाले पनि उहाँको उम्मेदवारीलाई स्वाभाविक देखिएको छ । spkhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

Next Post
नेपाल–भारतबीच मंगलबार द्विपक्षीय वार्ता हुँदै

ओली–मोदीबीच फोन संवाद

Ms-Dhoni

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए : धोनी

Nepali Congaress

शिवसताक्षीमा ५६७ जना काँग्रेसमा प्रवेश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .