No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नाकामा गाडी धुने कि पहिले सडकबाट माटोका थुप्रा हटाउने ?


नाकामा गाडी धुने कि पहिले सडकबाट माटोका थुप्रा हटाउने ?

काठमाडौं । गत आर्थिक वर्ष २०७६/०७७ को बजेटबाटै उपत्यका भित्रिने नाकाहरुमा सवारी धुलाइ (भेहिकल वास सेन्टर) केन्द्र स्थापना गर्ने घोषणा भएको थियो । तर, डेढ वर्षसम्म सरकारले यसको लागि प्रारम्भिक तयारी समेत पुरा गरेको छैन ।

काठमाडौं भित्रिने सवारीका चक्कासहित विभिन्न भागमा धुलो, माटो लिएर आउने भएकाले त्यसलाई नियन्त्रण गर्न भन्दै यस्तो केन्द्र खोल्ने योजना ल्याइएको हो । काठमाडौं प्रवेश गर्नुअघि कम्तिमा सवारीको च्यासिसमुनिको भाग, टायर, हिलो छेक्ने पल्ला र सवारीको तल्लो बाहिरी भाग धुने सरकारी योजना थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबाहदुर हमाल धुलाइ केन्द्र खोल्न भौतिक पूर्वाधार तथा यायातयात मन्त्रालयले अध्ययन गरिरहेको बताउँछन् । मन्त्रालय भने यस्तो केन्द्र सञ्चालनमा ल्याउने विषय जटिल भएकाले पूर्वतयारीमा समय लिनुपर्ने बताउँछ ।

मन्त्रालयका प्रवक्ता रहेका सहसचिव सरोजकुमार प्रधान यस्तो धुलाइ केन्द्रहरुका लागि विभिन्न प्राविधिक विषय टुंगिनुपर्ने बताउँछन् । ‘पहिलो त त्यस्तो वास सेन्टर चलाउन चाहिने फराकिलो खाली जग्गा उपत्यकाको नाका आसपास पाउन गाह्रो छ,’ उनी भन्छन्, ‘यस्ता सेन्टरलाई दैनिक चाहिने ठूलो परिमाणको पानीको प्रवन्ध गर्न पनि सजिलो छैन ।’

धुलाइ केन्द्र सञ्चालनमा अरु पनि अनेकन चुनौती छन् । नाकामै धुलाइको काम गर्दा सेवा द्रुत र प्रभावकारी नभए सवारी जाम लाग्ने जोखिम उत्तिकै हुन्छ । सहसचिव प्रधान धुलाइ सेवालाई द्रुत बनाउन नसकिए त्यसले नाका क्षेत्रमा आइपुगेका सवारी लामो समय रोकिनुपर्ने बताउँछन् । यस्ता प्राविधिक जटिलता नआउने गरी सवारी धुने व्यवस्था गर्नेबारे छलफल भइरहेको उनले बताए ।

विज्ञ भन्छन्-घरभित्र फोहोर, आँगनमा भ्याकुम क्लिनर

विज्ञहरुले हालकै अवस्थामा सञ्चालनमा ल्याउने भनिएका सवारी धुलाइ केन्द्रको औचित्यमाथि प्रश्न पनि उठाएका छन् । उनीहरु अहिले नै गाडी धुलाइ केन्द्र चलाउने सरकारको योजनालाई अपरिपक्व मान्छन् ।

सडक विस्तार गर्न, बिजुली र टेलिकमको तार बिछ्याउन, सडक पेटी बनाउन, खानेपानी र ढलको काम गर्न काठमाडौंभित्रका सडक खन्दा निकालिएको माटो हप्ता त्यहीँ ढिस्को लगाएर राखिन्छ,   निर्माणको काम गर्न ल्याइएका बालुवा गिट्टी सडकमै हुन्छ,’ पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्य भन्छन्, ‘यस्ता पक्षमा सुधार नगरी बाहिरबाट आउने गाडी धोएर मात्रै सडक सफा बन्ला त ?’

उनी सरकारले धुलो, हिलो नियन्त्रण हटाउन गर्नुपर्ने प्राथमिक काम नगरी उन्नत बाटो रोजेकाले सफल नहुने देख्छन् ।

‘एउटा चरणमा पुगेपछि सवारी पनि धुनुपर्छ,’ उनी भन्छन्, ‘त्योभन्दा पहिले उपत्यकाभित्रको सडक फोहोर पारिरहेका मुख्य समस्याहरु समाधान गर्नुपर्छ ।’

डा. आचार्य विदेशमा सार्वजनिक निर्माणको काम गर्दा निस्किएको माटो वा फोहोरहरु जनताले देख्नुभन्दा पहिल्यै व्यवस्थापन गर्ने चलन रहेको बताउँछन् । ‘अहिले गएर महाराजगञ्ज क्षेत्रमा हेर्नुभयो भने तार बिछ्याउन तीन हप्ताअघि खनेर निकालिएको माटोका थुप्रोहरु सडकमा बग्रेल्ती छन्’, उनी भन्छन्, ‘अनि नाकामा सवारी धोएर काठमाडौं सफा होला त ?’

काठमाडौंका धेरैजसो सडक पेटीबिहीन छन् । सडकमा धुलो कम पार्न पेटी अनिवार्य मानिन्छ । भौतिक पूर्वाधार मन्त्रालयका एक पूर्वसचिव सडकमा खाल्डा पर्न दिइरहने, ढल र खानेपानीका पाइप फुट्ने समस्या नहटाउने र बर्षायाममा भलको निकास नबनाई बस्ने हो भने गाडी धोएर सहर सफा नहुने बताउँछन् ।

बालुवा, गिट्टी, माटो बोक्ने ट्रक र ट्रिपरलाई ढाकेर मात्र उपत्यका पस्न दिने, घर भत्काउँदा र बनाउँदा सबैले धुलो नियन्त्रण गर्ने, निजी तथा सार्वजनिक निर्माणस्थललाई व्यवस्थित गर्ने र हरियाली बढाउनुपर्ने उनको मत छ । उनका अनुसार, धुलो नियन्त्रण गर्न बोट विरुवाबाट ठूलो मद्धत पुग्छ ।

काठमाडौं खाल्डोमा मकवानपुर, धादिङ, काभ्रे, नुवाकोटलगायत क्षेत्रका ठूला आयोजना र विभिन्न उद्योगबाट पनि प्रदूषण भित्रिरहेको छ । त्यसलाई नियन्त्रण गर्न विस्तृत वैज्ञानिक नीति लिनुपर्ने ती पूर्वसचिवको मत छ । ब्रुमरबाट सडक सफा गर्ने काम पनि नियमित गर्नुपर्ने उनी बताउँछन् ।

‘पहिले शहरभित्रको धुलो व्यवस्थापन गर्ने हो, त्यसपछि बाहिरको चिन्ता गर्नुपर्छ,’ उनी भन्छन्, ‘अहिले नै नाकामा गाडी धुनु भनेको घरभित्र फोहोर थुपारेर आँगनमा भ्याकुम क्लिनर लगाएजस्तै हुन्छ ।’

अहिले त नाकामा धोएर टल्किएका गाडी रिंगरोडसम्म आइपुग्दा पुरानै हातलमा पुग्ने उनी बताउँछन् ।

बनिसक्यो मापदण्ड

विज्ञको तर्क जस्तो भएपनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ गाडी धुलाइ केन्द्रहरु खोल्ने बिषयमा सकारात्मक छन् । यसका लागि मन्त्रालयले सवारीसाधन धुलाइ मापदण्ड नै जारी गरिसकेको छ ।

वातावरणीय प्रदूषण न्यून गर्न भन्दै मन्त्रालयले ल्याएको मापदण्डमा सवारीसाधन धुने केन्द्र स्थापना तथा सञ्चालनका विभिन्न नियम र व्यवस्थाहरु गरिएका छन् । यो काममा निजी क्षेत्रको लगानी प्रोत्साहित गर्ने सरकारी योजना छ ।

यातायात व्यवस्था विभागले तोकेको मितिदेखि काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनले नाकामा तोकिएका केन्द्रमा अनिवार्य रुपमा धुनुपर्ने मापदण्डमा उल्लेख छ । एम्बुलेन्स, शववाहन, बारुणयन्त्र र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई यसमा छुट छ ।

धुलाइ केन्द्रलाई तीन वर्गमा बाँडिएको छ । ‘क’ वर्गको केन्द्रले दिनमा ५०० वा सोेभन्दा बढी सवारीसाधन धुनुपर्नेछ । ‘ख’ वर्गका केन्द्रले दिनमा १०० देखि ५०० गाडी धोइपखाली गर्नुपर्ने छ भने ‘ग’ वर्गकाले दैनिक १०० वटासम्म । धुलाइ केन्द्र खोल्न चाहनेले क्षमता अनुसार अनुमतिपत्र लिनसक्ने व्यवस्था छ ।

‘क’ वर्गको केन्द्रको अनुमतिपत्र यातायात व्यवस्था विभाग, ‘ख’ वर्गको प्रदेश सरकारअन्तर्गत तोकिएको निकाय र ‘ग’ वर्गको कन्द्रले सम्बन्धित स्थानीय तहबाट अनुमतिपत्र पाउनेछन् । काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा चल्ने केन्द्रलाई भने विभागबाटै अनुमति लिनुपर्ने व्यवस्था मापदण्डमा छ । अनुमतिपत्र २-२ वर्षमा नवीकरण गर्न मिल्ने भनिएको छ ।

मापदण्डमा विभिन्न शर्त पनि छन् । राष्ट्रिय राजमार्गमा खोलिने केन्द्र पानीको स्रोतबाट न्युनतम् १०० मिटर र आवासीय क्षेत्र, अस्पताल वा विद्यालयबाट कम्तिमा १०० मिटर टाढा हुनुपर्छ । काठमाडौंका नाकाबाट बढीमा ५ किलोमिटर र सडकसँगै जोडिएको वा सय मिटरको दूरीभित्र हुनुपर्छ ।

वातावरणीय अध्ययन प्रतिवेदन तयार गरेर पास गरेको पनि हनुपर्छ । पार्किङसहित धुलाइ सुविधाका लागि पर्याप्त क्षेत्र चाहिने भनिएको छ ।

दैनिक एक लाख लिटरभन्दा कम पानी खपत गर्ने केन्द्रले सवारी धोएको पानी निर्मलीकरण गरेरमात्र स्रोतमा मिसाउन सक्ने मापदण्ड छ । त्योभन्दा बढी खपत गर्नेले निर्मलीकरण गरेर पुनर्प्रयोगको व्यवस्था गर्नुपर्छ ।

यस्ता केन्द्रले ठूला सवारी अधिकतम् ५ मिनेट, मझौला सवारी ३ मिनेट र दुई पांग्रे सवारी ९० सेकेन्डभित्र धुलाइ गरेर सडकमा पठाइसक्नुपर्ने मापदण्डमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#यातायात#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

Next Post
५३६.५ ग्राम खैरो हेरोइनसहित नौ जना पक्राउ

५३६.५ ग्राम खैरो हेरोइनसहित नौ जना पक्राउ

नेपाल बुझाउने महत्वपूर्ण दस्तावेज

नेपाल बुझाउने महत्वपूर्ण दस्तावेज

शहाब र आकाशको उत्कृष्ट बलिङपछि प्रदेश एक १३१ रनमै अलआउट

शहाब र आकाशको उत्कृष्ट बलिङपछि प्रदेश एक १३१ रनमै अलआउट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .