No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नागरिक आन्दोलनको फेरिँदो अनुहार

नागरिक आन्दोलनको फेरिँदो अनुहार

काठमाडौं । २०६२/०६३ को जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको नागरिक समाज त्यसपछि सुस्तायो । विभाजित बन्यो र तिरवितर भयो ।

अहिले डेढ दशकपछि कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सडकमा फेरि नागरिक अभियन्ताहरु देखा परेका छन्, तर पहिलेको भन्दा फरक अनुहारमा ।

अहिलेको नागरिक आन्दोलनले सामान्यतः २०६२/०६३ सालको नागरिक आन्दोलनकै झल्को दिन खोजेको देखिन्छ । तर, यसको अग्रमोर्चामा पुरानो नेतृत्व भने खासै देखिएको छैन ।

एजेण्डाको हिसाबले २०६२/०६३ सालमा सक्रिय नागरिक समाजका अगुवाहरु अहिले पनि एकै ठाउँमा छन् । तर, डेढ दशक अगाडि सडकमा निकै जोश र जाँगरका साथ सक्रिय अगुवाहरु अहिले स्वास्थ्यको कारण देखाउँदै सडकमा आउन असमर्थ छन् । र, उनीहरुले नयाँ पुस्तालाई अगाडि आउन र जिम्मेवारी लिन आग्रह गरिरहेका छन् ।

डेढ दशक अगाडि जो-जो नागरिक अगुवाहरु सक्रिय थिए, उनीहरु धेरैजसो उमेर वा अन्य कारणले सक्रिय हुन सक्दैनन् । त्यसैले यतिबेला नागरिक आन्दोलन पुस्तान्तरणको चरणमा देखिन्छ ।

केही दिन अगाडि नयाँ बानेश्वरमा आयोजना गरिएको नागरिक सभामा लेखक खगेन्द्र संग्रौलाले भने, ‘उमेरको गणितका हिसाबले, शरीरका हिसाबले सडकमा आउन मलाई अनुमति थिएन । सडकमा आउने ठूलो चाहना पनि पनि थिएन । विभिन्न प्रवृत्तिका निरंकुश तत्वसँग लड्दालड्दै आधा जिन्दगी सडकमा बित्यो । सडकलाई दिनका निम्ती मसँग जीवन बाँकी थिएन । तर, जब बयलगाडाको कुरा आयो, म आएँ ।’

डा. देवेन्द्रराज पाण्डे पनि उमेरका हिसाबले फेरि सडक र सार्वजनिक मञ्चमा खट्न सक्ने अवस्थामा छैनन् । पछिल्लो समय सामाजिक सञ्जालमा मात्र सक्रिय छन् । तथापि, नागरिक समाजका अगुवा पाण्डेले एक भिडियो मार्फत नयाँ पिँढीलाई नागरिक आन्दोलन अगाडि बढाउन आग्रह गरेका छन् ।

पाण्डेले आफ्नो छोटो भिडियो सन्देशमा भनेका छन्, ‘अहिले लोकतन्त्रमा नै प्रहार हुने गरी जसरी संसद विघटन गरियो, जसलाई प्रत्येक संविधानविदहरुले समेत असंवैधानिक घोषणा गरेका छन् । त्यसको विरोधमा र लोकतन्त्रलाई पुर्नस्थापित गर्ने, प्रतिगमनलाई छिर्न नदिने र समाज विकास प्रक्रियालाई अगाडि बढाउने प्रण गरेर अहिले जुन नागरिक आन्दोलन शुरु भएको छ । हामीले केही वर्ष अगाडि गरेको काम पुर्नजार्गित गदै वृहत र उर्जावाहन टिमले गर्ने जमर्काे गरेको छ ।’

डेढ दशक अगाडि नागरिक आन्दोलनमा निकै सक्रिय मल्ल के सुन्दर पनि स्वास्थ्यका कारणले यतिबेला सडकमा आउने अवस्थामा छैनन् । उनले आफ्नो भिडियो सन्देशमा भनेका छन्, ‘स्वास्थ्यका कारणले म आफै भौतिक रुपमा उपस्थित हुन नसके पनि आन्दोलनमा सहभागी हुन आग्रह गर्न चाहान्छु, मेरो ऐक्यवद्धता छ । अहिलेको प्रतिगमनलाई सच्याउन हामी सबै एकतावद्ध हुनुपर्छ ।’

अहिले नागरिक समाजको आन्दोलनलाई नेतृत्व गरिरहेका नयाँ अभियन्ताहरुमा युग पाठक, सञ्जीव उप्रेती, नारायण वाग्ले मोहना अन्सारी आदि अग्रमोर्चामा देखिएका छन् ।
नागरिक अभियन्ता युग पाठक भन्छन्, ‘अबको पहदकदमी युवाले गर्नुपर्छ । फ्रन्टमा त हामी उत्रनै पर्‍यो । फ्रन्टको व्यवस्थापन हामीले गर्नुपर्ने नै भयो । अघिल्तिर तानाशाह देखिइसकेपछि लड्नुपर्ने नै भयो । जनताका जति पनि सरोकार छन्, त्यसलाई समेत समावेश गरेर बृहत्तर आन्दोलनको तयारीमा छौं ।’

अबको नागरिक आन्दोलन विविधतासहितको हुनुपर्ने मत राख्छन् नागरिक आन्दोलनका अर्का अगुवा सञ्जीव उप्रेती । ‘नयाँ अनुहार, जति युवाहरु आए त्यति नै राम्रो हुन्छ । नेपालको विविधता जनाउने युवाहरु, नारीहरु छन्- नेवा समूह, मधेसी महिलाहरु । जति धेरै लिडर भयो, त्यति जति धेरै विविधिता भयो, त्यति राम्रो हुन्छ,’ उप्रेतीले अनलाइनखबरसँग भने ।

नागरिक अघिअघि, दलहरु पछिपछि

०६२/६३ को आन्दोलनमा नागरिक समाजका अगुवाले राजा ज्ञानेन्द्रको असंवैधानिक कदमको विरुद्धमा सडक तताएका थिए । राजनीतिक दलका उच्च नेता कि नजरबन्दमा थिए, कि अर्धभूमिगत । राजनीतिक दलहरु जनताको माझमा अलोकप्रिय थिए । त्यसैले उनीहरुको आग्रहमा जनता सडकमा आइहाल्ने अवस्था थिएन ।

त्यस्तो अवस्थामा ज्ञानेन्द्रले लगाएको प्रतिवन्ध तोड्दै जनतालाई सडकमा ल्याउने काम नागरिक आन्दोलनले गरेको थियो । पछि राजनीतिक दलले यसको नेतृत्व लिएका थिए । विगतमा जस्तै अहिले पनि प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक आन्दोलनले नागरिकको टेको खोजिरहेको छ ।

नागरिक समाजले माइतीघर मण्डल, बानेश्वर, रत्नपार्क लगायतका स्थानमा आयोजना गरिरहेको विरोध कार्यक्रममा युवा पिँढीको उपस्थिति बाक्लो देखिन्छ । ०६२/६३ सालको जनआन्दोलनमा जस्तै यसपटक नागरिक अगुवाहरु मुखरित देखिएका छन् ।

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा नागरिक समाज विस्तारै आन्दोलनमा उत्रन थालेको छ । संविधानमाथि केपी ओलीबाट प्रहार भएको भन्दै नागरिक समाजका अगुवाहरु जुर्मुराएका छन् । नेपाल बार एसोसिएन, नेपाल पत्रकार महासंघलगायत संघ-संस्थाहरु पनि ओलीको कदमविरुद्ध उत्रन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
निर्वाचन आयोगले सडक होइन, कानुन हेरेर निर्णय दिनुपर्छ : पूर्वप्रमुख आयुक्त श्रेष्ठ

निर्वाचन आयोगले सडक होइन, कानुन हेरेर निर्णय दिनुपर्छ : पूर्वप्रमुख आयुक्त श्रेष्ठ

चीनीयाँ कम्पनी्लाई प्रतिस्पर्धाविना १२ अर्बको ठेक्का दिए पछि,फास्ट ट्रयाकको ठेक्काले सेना फेरि विवादमा

चीनीयाँ कम्पनी्लाई प्रतिस्पर्धाविना १२ अर्बको ठेक्का दिए पछि,फास्ट ट्रयाकको ठेक्काले सेना फेरि विवादमा

सर्बोच्चले भन्यो-कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू

सर्बोच्चले भन्यो-कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .