No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओलीले कम्युनिष्ट आन्दोलन त्यागेको खबर सुन्न बेर छैन : माधव नेपाल

ओलीले कम्युनिष्ट आन्दोलन त्यागेको खबर सुन्न बेर छैन : माधव नेपाल

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट निष्ठा नरहेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् । कास्कीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीमा कम्युनिष्ट संस्कार समेत नभएको बताए ।

‘केपी ओलीले कम्युनिष्ट आन्दोलन त्याग गरेको समाचार तपाइँले सुन्न बेर छैन । कम्युनिष्ट पार्टीबाट पलायन भएको खबर सुन्न बेर छैन’, नेपालले भने । ओलीमा गुट चलाउने प्रवृत्ति रहेको बताए । ‘ओलीले गुट चलाउनु हुन्छ । त्यहाँ छलफल हुँदैन । आदेश दिन्छन् । भक्तजनहरुले आदेश पालना गर्छन्’, नेपालले भने । ओलीले आसेपासे, हनुमानहरुलाई कम्युनिष्ट संस्कार नसिकाएको बताए ।

ओलीमा कम्युनिष्ट संस्कार नभएको र बा संस्कार रहेको अध्यक्ष नेपालले बताए । ‘ओलीमा बा संस्कार छ, त्यो सामन्ती संस्कार हो’ नेपालले भने । ओलीमा आफ्नो प्रशंसा गर्नेलाई मात्रै जिम्मेवारी दिने संस्कार रहेको बताए । ‘रगतको जाँच गर्नुहुन्छ, खकार जाँच गर्नुहुन्छ । भएन भने डिएनए जाँच गर्नु हुन्छ । मत दिएको छैन भने किनारा लगाइदिनु हुन्छ’, नेपालले भने ।

२०७१ मा नेतृत्वमा आए पछि ओलीले पार्टी कार्यालय सुनसान बनाएर घरबाट पार्टी चलाएको नेपालले बताए । ओलीलाई कार्बाही गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र आफू भएर पार्टी कार्यालयबाट काम गर्न थालिएको उनले बताए ।

ओलीमा पहिलेबाटै संस्थागत निर्णयमा विश्वास नरहेको पनि उनले बताए । ओलीले अहिले संविधानमाथि घात गर्ने र कम्युनिष्ट आन्दोलन निमिट्यान्न पार्ने प्रयासमा रहेको अध्यक्ष नेपालले बताए । तर, अझै गल्ती स्वीकार गरेर फर्कन ठाउँ रहेको समेत उनले बताए ।

‘गल्ती स्वीकार गर्नुहोस्, प्रतिनिधिसभाको विघटन बेठिक भयो भन्नुहोस् । क्याबिनेटमा सच्याउनु सक्नुहुन्छ । त्यसको संवैधानिक महत्व नभए पनि राजनीतिक महत्व हुन्छ’, उनले भने । तर, नसच्चिए इतिहासको रछ्याउनमा फालिने चेतावनी दिए ।

ओलीसँग २५ प्रतिशत पनि केन्द्रीय सदस्य नरहेको नेपालले बताए । ‘उहाँले अब गुट चलाउनु हुन्छ । केपी ओली फाउण्डेस गुट’, नेपालले भने । तर, सूर्य चुनाव चिन्ह भने कसैले खोस्न नसक्ने बताए । ४३४ केन्द्रीय सदस्यहरु मध्ये आफूहरुसँग ३१५ जना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
कोरोना प्रभावित ५४ प्रतिशत उद्योग-व्यवसाय सञ्चालनमा

कोरोना प्रभावित ५४ प्रतिशत उद्योग-व्यवसाय सञ्चालनमा

चिनियाँ ठेकदारका आयोजनाहरुमा एक वर्षदेखि काम ठप्प

चिनियाँ ठेकदारका आयोजनाहरुमा एक वर्षदेखि काम ठप्प

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज सर्वोच्चमा सुनुवाइ

संसद विघटनविरुद्धका रिटमा आज सुनुवाइ हुँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .