No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

काठमाडौं। मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी रुपमै प्राकृतिक ग्यास आपूर्ति शृंखलामा अवरोध आएपछि भारतका होटल तथा रेस्टुरेन्ट व्यवसाय पनि प्रभावित हुन थालेका छन्। कम आपूर्ति भएपछि होटल तथा रेष्टुरेण्टहरुले केन्द्र सरकारसँग उद्योगका लागि निरन्तर ग्यास आपूर्ति सुनिश्चित गर्न माग गरेका छन्।

कर्नाटकमा होटल व्यवसायीहरूले ग्यास अभावका कारण दैनिक सञ्चालनमै समस्या भइरहेको बताएका छन्। होटल ओनर्स एसोसिएसनका निर्देशक सन्तोष माल्नाडका अनुसार सरकारले व्यावसायिक ग्यास सिलिन्डरको आपूर्ति सीमित गर्दा होटल उद्योग ठूलो संकटमा परेको छ।

उनले भने,‘सरकारले स्वास्थ्य, कृषि र शिक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिँदै तेल कम्पनीहरूलाई व्यावसायिक सिलिन्डर उपलब्ध गराउन निर्देशन दिएको छ । तर होटल उद्योगका लागि सिलिन्डर बिना सञ्चालन सम्भव छैन। यो हाम्रो मुख्य ऊर्जा स्रोत हो।’

माल्नाडले होटल उद्योगलाई पनि आवश्यक वस्तु ऐन अन्तर्गत राखेर नियमित रूपमा व्यावसायिक ग्यास सिलिन्डर उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। साथै, यसअघि १९ केजीको व्यावसायिक सिलिन्डरमा दिइँदै आएको १५० रुपैयाँ छुट हटाइएको र थप १४५ रुपैयाँ मूल्य वृद्धि गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

उता तमिलनाडु ट्रेडर्स युनियन फेडेरेसनले पनि राज्यभर होटल तथा साना खाद्य व्यवसायहरूमा एलपीजी अभाव देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ। संघका नेता विक्रमराजा राजाका अनुसार साना व्यापारी र साना होटलहरू यस संकटबाट सबैभन्दा बढी प्रभावित हुनेछन्।

सीमित आपूर्तिका कारण चेन्नईसहित तमिलनाडुका विभिन्न स्थानमा केही होटलहरूले मेनुमा रहेका परिकारहरू घटाउन थालेका छन् र उपलब्ध ग्यासको आधारमा मात्र सेवा सञ्चालन गरिरहेका छन्। यद्यपि घरेलु उपभोक्ताका लागि एलपीजी सिलिन्डरको आपूर्ति भने अवरुद्ध नभएको सम्बन्धित निकायले जनाएको छ । एलपीजी एसोसिएसनका राष्ट्रिय उपाध्यक्ष आरके गुप्ताका अनुसार घरेलु ग्यास आपूर्तिमा कुनै कमी छैन।

उनले भने, ‘तेल कम्पनीहरूका अनुसार घरेलु एलपीजीको आपूर्तिमा अभाव छैन । व्यावसायिक सिलिन्डर भने हिजोदेखि वितरण गरिएको छैन, तर अस्पताल र शैक्षिक संस्थालाई अपवाद दिइएको छ ।’

यसैबीच, भारत सरकारले मंगलबार प्राकृतिक ग्यासको आपूर्ति व्यवस्थापनका लागि नयाँ नियम घोषणा गरेको छ । पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्व आपूर्ति शृंखला प्रभावित भएपछि सरकारले प्राथमिकता क्षेत्रलाई ध्यानमा राख्दै ग्यास वितरण, उपयोग र आपूर्ति व्यवस्थापन गर्ने निर्णय गरेको हो।

सरकारी सूचनाअनुसार मध्यपूर्वको युद्धका कारण हर्मुज जलमार्ग हुँदै हुने तरल प्राकृतिक ग्यास ढुवानी प्रभावित भएको छ । यसले गर्दा केही आपूर्तिकर्ताले ‘फोर्स मेज्योर’ लागू गर्दै ग्यासलाई प्राथमिकता क्षेत्रतर्फ मोड्न थालेका छन्। विश्लेषकहरूका अनुसार मध्यपूर्वमा जारी द्वन्द्व लामो समयसम्म जारी रहेमा ऊर्जा आपूर्तिमा थप दबाब पर्न सक्ने र त्यसको प्रभाव दक्षिण एसियाली अर्थतन्त्रमा समेत देखिन सक्नेछ। एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post
साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

चीनमा विकसित एआई चस्माले दृष्टिविहीनलाई नयाँ आशा

चीनमा विकसित एआई चस्माले दृष्टिविहीनलाई नयाँ आशा

जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र

जुम्ला बन्यो चिकित्सा शिक्षाको नयाँ केन्द्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .