No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

वीरगञ्ज । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर स्थित दलित (चमार) टोलमा दुई महिलासहित ६ जनामाथि सामूहिक आक्रमण भएको घटना सार्वजनिक भएको छ ।

पीडित पक्षका अनुसार फागुन १९ गते साँझ होली पर्वको पूर्व सन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि उक्त घटना भएको हो । घटनामा परेर दलित समुदायका ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा ५५ वर्षीय बिर्जा राम चमार, उनकी श्रीमती ५० वर्षीय गायत्री देवी राम, छोरा राजकुमार राम, सुब्बा रामकी १६ वर्षीय छोरी, ललन राम चमार र नरेश राम चमार रहेका छन् । कुटपिटबाट बिर्जा रामको ढाड र घाँटीमा चोट लागेको छ भने गायत्री देवीको शरीरभरि निलडाम देखिएको छ । त्यस्तै राजकुमार रामको टाउकोमा तीन टाँका लागेको छ भने १६ वर्षीय किशोरीको टाउको फुटेर सात टाँका लागेको पीडित पक्षले जनाएको छ ।

पीडित बिर्जा राम चमारका अनुसार सामान्य विवादपछि स्थानीय भुनेश्वर यादव, पसिन्द्र यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादवसहितको समूहले लाठी–भाटा लिएर साँझ करिब ६ बजे घरमै प्रवेश गरी कुटपिट गरेका थिए । समूहले घरभित्र पसेर महिलासहित परिवारका सदस्यहरूलाई मरणासन्न हुने गरी कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरेको र दुई वटा मोबाइलसमेत फोडिदिएको पीडितको दाबी छ ।

पीडित परिवारका अनुसार घटनाको सुरुआत साँझ करिब ५ बजे सामान्य भनाभनबाट भएको थियो । त्यस क्रममा विपक्षी समूहले बिर्जा रामका छोरा राजकुमार रामलाई घरभन्दा केही पर कुटपिट गरेका थिए । प्रतिवादका क्रममा विपक्षी पक्षका एक जनाको टाउको सामान्य रूपमा फुटेको बताइएको छ । त्यसको करिब एक घण्टापछि विपक्षीहरू लाठी–भाटा लिएर घरमै प्रवेश गरी सामूहिक आक्रमण गरेको पीडितको भनाइ छ ।

घटनापछि इलाका प्रहरी कार्यालय सन्तपुरबाट पुगेको प्रहरी टोलीले आक्रमणकारीलाई पक्राउ गर्नुको सट्टा बिर्जा राम र उनका छोरालाई नै पक्राउ गरी हतकडी लगाएर लगेको पीडित पक्षले आरोप लगाएको छ । उनीहरूलाई थुनामा राखेर कुटपिटसमेत गर्दै इलाका प्रहरी कार्यालय विजयपुर पठाइएको दाबी गरिएको छ ।

स्थानीय समाजसेवी विजय यादवका अनुसार पीडितलाई पक्राउ गरिएको थाहा पाएपछि उनले प्रहरी निरीक्षक सुरेन्द्र यादवलाई फोन गरी छाड्न आग्रह गरेका थिए । पछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजाललाई जानकारी गराएपछि बिर्जा राम र उनका छोरालाई छाडिएको बताइएको छ ।

पीडितका अनुसार घटनाको एक सातासम्म पनि जाहेरी दर्ता गरिएको छैन । आइतबार र सोमबार इलाका प्रहरी कार्यालय विजयपुर पुगेर जाहेरी दर्ता गर्न आग्रह गर्दा पनि प्रहरी निरीक्षक यादवले वास्ता नगरेको र उल्टै थर्काएको आरोप लगाइएको छ ।

यता प्रहरी निरीक्षक सुरेन्द्र यादवले भने विपक्षी पक्षका एक जनाको टाउको फुटेको र निर्वाचनको संवेदनशीलता भएकाले उनीहरूलाई पक्राउ गरिएको बताएका छन् । पछि बिर्जा रामको परिवारका सदस्यहरू पनि घाइते भएको जानकारी पाएपछि सोही रात जिम्मा–जमानीमा बाबु–छोरालाई छाडिएको उनले बताएका छन् । निर्वाचनका कारण कारबाही प्रक्रियामा केही ढिलाइ भएको स्वीकार गर्दै घटनाबारे छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिताराम रिजालले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएको बताएका छन् ।

यसैबिच स्थानीयवासीले इन्स्पेक्टर यादव इलाका प्रहरी कार्यालय विजयपुरको प्रमुख भएर आएपछि क्षेत्रमा अराजकता बढेको गुनासो गर्दै आएका छन् । केही समयअघि उनको मिलेमतोमा लाखौँ रुपैयाँको कौडा जुवा खेलाइएको आरोपसमेत लागेको स्थानीयको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

Next Post
उत्तर कोरियाका किम यो जोङद्वारा संयुक्त सैन्य अभ्यासमा ‘अकल्पनीय भयानक परिणाम’ चेतावनी

उत्तर कोरियाका किम यो जोङद्वारा संयुक्त सैन्य अभ्यासमा ‘अकल्पनीय भयानक परिणाम’ चेतावनी

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

साबिक कर्णालीमा जन्म–मृत्यु संस्कारका लागि ३० केजी चामल निःशुल्क वितरण प्रभावकारी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .