No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मध्यपूर्व युद्धः तनाव थप चर्कियो


मध्यपूर्व युद्धः तनाव थप चर्कियो

वासिंटन। मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ। इरान र इजरायलबीच नयाँ क्षेप्यास्त्र प्रहार, लेबनानमा हवाई आक्रमण, खाडी क्षेत्रमा समुद्री सुरक्षा संकट र विश्व शक्तिहरूबीच कूटनीतिक टकरावका घटनाले क्षेत्रीय तनाव अझ बढेको संकेत दिएका छन्।

बिहीबार बिहान इरानको राजधानी तेहरानमा थुप्रै विस्फोटको आवाज सुनिएको इरानी समाचार एजेन्सी तस्निमले जनाएको छ। विस्फोटपछि देशको सुरक्षा संयन्त्र सक्रिय गरिएको इरानले जनाएको छ।

यसैबीच इरानले इजरायलतर्फ नयाँ चरणको क्षेप्यास्त्र आक्रमण गरेको इजरायली सेना र तेहरानको राज्य सञ्चारमाध्यमले बताएका छन्। उक्त आक्रमणपछि तेल अभिवसहित धेरै क्षेत्रमा हवाई हमलाको चेतावनी दिइएको थियो। एएफपीका पत्रकारहरूका अनुसार जेरुसेलममा पनि चेतावनी साइरन बजेसँगै विस्फोटको आवाज सुनिएको थियो। तर इजरायलको आपतकालीन सेवाले तत्काल कुनै हताहत नभएको जनाएको छ।

इजरायलले लेबनानमा पनि आक्रमण जारी राखेको छ। बासिन्दालाई चेतावनी दिएपछि बिहीबार बिहान दक्षिण बेरुतस्थित हिजबुल्लाहको गढ मानिने क्षेत्रमा हवाई आक्रमण गरिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेरुत विमानस्थल जाने राजमार्गमा भएका दुई अलग इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ।

खाडी क्षेत्रमा पनि तनाव देखिएको छ। कुवेत नजिकको समुद्री क्षेत्रमा भएको ‘ठूलो विस्फोट’ पछि एउटा तेल ट्यांकरमा क्षति पुगेको र तेल फैलिएको बेलायती समुद्री सुरक्षा एजेन्सी युकेएमटीओले जनाएको छ। एजेन्सीका अनुसार लंगरमा रहेको ट्यांकरका कप्तानले बन्दरगाह नजिक ठूलो विस्फोट देखेको र त्यसपछि एउटा सानो जहाज त्यहाँबाट निस्किएको बताएका छन्।

इरानसँगको तनाव बढेपछि कतारले पनि सावधानी अपनाएको छ। कतारको आन्तरिक मन्त्रालयले इरानी आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै अमेरिकी दूतावास नजिक बसोबास गर्ने दोहाका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको जनाएको छ।

टर्कीले पनि आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न लागेको इरानी ब्यालेस्टिक क्षेप्यास्त्रलाई नाटोको हवाई रक्षा प्रणालीमार्फत नष्ट गरिएको जनाएको छ। उक्त क्षेप्यास्त्र इरानबाट प्रक्षेपण भई इराक र सिरिया हुँदै टर्कीको हवाई क्षेत्रतर्फ गइरहेको बताइएको छ। रक्षा मन्त्रालयले लक्ष्य स्पष्ट नगरे पनि विदेश मन्त्रालयले इरानका राजदूतलाई बोलाएर स्पष्टीकरण मागेको छ। एक टर्की अधिकारीका अनुसार क्षेप्यास्त्र ग्रीक साइप्रसको एउटा सैन्य आधारतर्फ लक्षित गरिएको भए पनि मार्ग परिवर्तन भएको थियो।

युद्धको सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध मोर्चामा अमेरिकी प्रदर्शनको प्रशंसा गरेका छन्। टेक उद्योगका प्रमुखहरूको भेलामा बोल्दै उनले अमेरिकी कारबाहीलाई अत्यन्त सफल भन्दै युद्धको मूल्यांकन ‘१० को मापनमा १५’ जस्तो रहेको टिप्पणी गरे।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले पनि वासिङ्टन र तेल अभिवले संयुक्त रूपमा युद्धमा ‘ऐतिहासिक लाभ’ हासिल गरेको दाबी गरेको छ।

अमेरिकी आन्तरिक राजनीतिमा भने यस युद्धलाई लिएर मतभेद देखिएको छ। अमेरिकी सिनेटले इरानमाथिको सैन्य कारबाही रोक्ने उद्देश्यले ल्याइएको द्विदलीय प्रस्ताव अस्वीकार गरेको छ। सिनेटमा रिपब्लिकनहरूको ५३-४७ बहुमत रहेको र प्रस्ताव त्यही मतान्तरले असफल भएको हो। उक्त प्रस्तावले कङ्ग्रेसको स्पष्ट स्वीकृतिबिना सुरु गरिएको सैन्य अभियान रोक्ने प्रयास गरेको थियो।

युद्धमा अन्तर्राष्ट्रिय प्रतिक्रिया पनि फरक-फरक देखिएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देशले बढ्दो द्वन्द्वमा भूमिका निर्वाह गर्नुपर्ने सम्भावना नकार्न नसकिने बताएका छन्। क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेटका क्रममा उनले क्यानाडा आफ्ना सहयोगीहरूसँग उभिने बताए।

यता स्पेनले भने अमेरिकाले आफ्नो सैन्य आधार प्रयोग गरेको भन्ने दाबी अस्वीकार गरेको छ। अमेरिकी व्यापारिक प्रतिशोधको धम्कीपछि ह्वाइट हाउसले स्पेन सहयोग गर्न तयार भएको जनाएको थियो। तर स्पेनका विदेशमन्त्री जोस म्यानुएल अल्बारेसले इरानमाथिको बमबारीका लागि आफ्नो देशको नीति परिवर्तन नभएको स्पष्ट गरे।

चीनले भने कूटनीतिक पहल अघि बढाउने संकेत दिएको छ। विदेशमन्त्री वाङ यीले मध्यपूर्वमा तनाव कम गर्न विशेष दूत पठाइने बताएका छन्। बेइजिङ इरानको घनिष्ठ साझेदार मानिन्छ र उसले इरानको सार्वभौमिकताको समर्थन गर्दै अमेरिका र इजरायललाई सैन्य आक्रमण रोक्न आग्रह गर्दै आएको छ।

यसैबीच कतारले पनि इरानप्रति असन्तुष्टि व्यक्त गरेको छ। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानका विदेशमन्त्रीसँग फोनमा कुरा गर्दै तेहरानले आफ्ना छिमेकीहरूलाई युद्धमा तान्ने प्रयास गरेको आरोप लगाएका छन्।

समुद्री व्यापारमा पनि युद्धको प्रभाव देखिन थालेको छ। डेनमार्कको ठूलो शिपिङ कम्पनी मार्सक र जर्मनीको हपाग–लोयडले जोखिम मूल्यांकनपछि अर्को सूचना नआउन्जेल खाडी क्षेत्रतर्फका बुकिङ स्थगित गरेका छन्। यसअघि चीनको कोस्कोले पनि यस्तै निर्णय लिएको थियो।

इरानले होर्मुज जलडमरूमध्य प्रयोग नगर्न जहाजहरूलाई चेतावनी दिएपछि विश्व बजारमा तेलको मूल्य बढेको छ। होर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा व्यस्त समुद्री मार्गमध्ये एक मानिन्छ।

ओमानको नौसेनाले पनि स्ट्रेट अफ होर्मुज क्षेत्रमा मिसाइल प्रहार भएको कन्टेनर जहाजका २४ जना चालक दलका सदस्यलाई उद्धार गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ट्याङ्करहरूलाई अमेरिकी नौसेनाले एस्कर्ट गर्न तयार रहेको बताएको एक दिनपछि इरानी सेनाले जलडमरूमध्यमा आफ्नो ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको थियो।

युद्धको असर टाढा दक्षिण एसियासम्म पनि पुगेको छ। श्रीलंकली नौसेनाका एक अधिकारीका अनुसार श्रीलङ्काको तट नजिक एक अमेरिकी पनडुब्बीले इरानी युद्धपोतलाई टारपीडो प्रहार गरी डुबाएपछि समुद्रबाट ८७ जनाको शव बरामद गरिएको छ। उनका अनुसार उद्धार टोलीले हालसम्म ती शवहरू संकलन गरिसकेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post
निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले नेपाललाई दियो बधाई

निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले नेपाललाई दियो बधाई

महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

निर्वाचनका दिन पास बिना चलेका ९०० सवारी काठमाडौंमा नियन्त्रणमा

निर्वाचनका दिन पास बिना चलेका ९०० सवारी काठमाडौंमा नियन्त्रणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .