काठमाडौं । बिहार चुनाव २०२५ को दोस्रो तथा अन्तिम चरणको लागि राज्यका २४३ विधानसभा सिटमध्ये १२२ मा मतदान सुरु भएको छ।
२०२५ को बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान नोभेम्बर ६ मा भएको थियो। पहिलो चरणमा १२१ सिटमा ६४.६६% मतदाताले मतदान गरेको रेकर्ड राखिएको छ।
बिहारका १२२ सिटबाहेक आज ६ राज्य र १ केन्द्र शासित प्रदेशका ८ विधानसभा सिटमा पनि उपचुनाव हुँदैछ।
जम्मू कश्मीरको बडगाम र नगरोटा, राजस्थानको अन्ता, झारखण्डको घाटशिला, तेलङ्गानाको जुबली हिल्स, पञ्जाबको तरनतारन, मिजोरमको डम्पा र ओडिशाको नुआपाडामा मतदान भइरहेको छ।














