No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अभिषेक हत्या प्रकरणः दियादी सम्पति कब्जा गर्न काकाले नै गरे हत्या, एक्सनमा प्रहरी

अभिषेक हत्या प्रकरणः दियादी सम्पति कब्जा गर्न काकाले नै गरे हत्या, एक्सनमा प्रहरी

सिरहा । सिरहा गोलबजार–१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंहको हत्या आफ्नै दियाद पर्ने काकाले सम्पतिको लागि गरेको आशंका गरिएको छ ।

प्रहरीले यो हत्यालाई योजनाबद्ध अपराध हुनसक्ने संकेत प्रहरीले पाएको छ । परिवारको एक्लो छोरा र करिब चार बिघा पुर्ख्यौली जमिनका उत्तराधिकारी भएकाले सम्पत्ति कब्जा गर्ने उद्देश्यले आफन्त नै संलग्न भएको हुनसक्ने आशंकामा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० समेत खटाइएको छ ।

गत ५ असोजदेखि बेपत्ता रहेका अभिषेक यही ७ असोज बिहान घरनजिकैको आँपबगैँचामा मृत अवस्थामा भेटिएपछि गाउँ शोक र सनसनीमा डुब्यो । उनका पिता करिब १० वर्षअघि दुर्घटनामा ज्यान गुमाइसकेका थिए, आमा रेखादेवीसँगै उनी खेतीपाती गर्थे ।

नाताले काका पर्ने १७ वर्षीय पंकज सिंहलाई प्रहरीले मुख्य आरोपीका रूपमा नियन्त्रणमा लिएको छ । प्रारम्भिक बयानअनुसार उनले अभिषेकलाई खेल्न जाऔँ भन्दै खेततर्फ लगेर गम्छाले हात बाँधेर घाँटी थिचेर हत्या गरेपछि शव तयार राखिएको प्लास्टिकको ड्रममा हालेर माटोले ढाकेको स्वीकार गरेका छन् ।

हत्या गरिसकेपछि पंकज आफन्तसँगै खोजतलासमा सहभागी भएको अभिनय गर्दै हिंड्न थाले । ६ असोज बिहान अभिषेककी आमालाई इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती माग्दै हिन्दीमा धम्कीपूर्ण सन्देश पठाएर घटनालाई सीमापार अपराधजस्तो देखाउने प्रयास भएको प्रहरीले दाबी गरेको छ । सो सन्देश पठाउन प्रयोग भएको मोबाइल पंकजकै घरभित्रबाट बरामद भएको छ ।

प्रहरीले घटनास्थल वरिपरिबाट गम्छा, ड्रम, मृतक र पंकज दुवैको मोबाइल बरामद गरेको छ । तालिमप्राप्त कुकुर ९डग टोली० समेत प्रयोग गरिएको छ । कुकुर सुँघ्दै मृतककै हजुरबुबाको आँगनसम्म पुग्दा अनुसन्धान अझ गहिरिएको प्रहरी स्रोत बताउँछ ।

हत्या भएको रात भारी वर्षाले माटो बगाएपछि ड्रम देखिन थालेको र त्यसपछि पंकजले शव निकालेर आँपबगैँचामा फ्यालेर ड्रम पोखरीमा डुबाएको बयान दिएका छन् ।

पंकज उमेरले नाबालक, तर योजनाबद्ध अपराध । शव लुकाउने, फेरि निकालेर फ्याल्ने काम उनले एक्लैले गरे कि रु मृतक परिवारले प्रश्न उठाइरहेका छन् । करिब चार बिघा जमिनका उत्तराधिकारी अभिषेकको हत्या केवल “ट्याक्टर चलाउन सिकाउन नमानेको” कारणले सम्भव छ कि सम्पत्तिको लोभमा अन्य आफन्तले पनि योजना बुनेका हुन् रु भन्ने प्रश्नमा प्रहरीले अनुसन्धान तीव्र पारेका छन् ।

अनुसन्धान अधिकारीहरू भन्छन्, “प्रमाण बलिया छन्, पंकजको संलग्नता स्पष्ट छ, तर घटनामा अन्य संलग्नता छैन भन्न अहिल्यै निष्कर्षमा पुग्न सकिँदैन ।”

यसै कारण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति, पारिवारिक मनमुटाव र पंकजले मात्र दोष लिने रणनीतिजस्ता कोणबाट गहिरो छानबिन अघि बढाएको छ ।

अहिले अभिषेककी आमा शोकमा अचेतजस्तै छिन्, गाउँमै भय र अविश्वासको माहोल छ । कानुनी प्रक्रियाबाट सत्यतथ्य सार्वजनिक हुने प्रतीक्षामा स्थानीयबासी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
बालिकालाई १९ दिनसम्म प्रहरी र होटल सँचालकले गरे बलात्कार, शंकाको घेरामा एसपी : लव जिहाद

बालिकालाई १९ दिनसम्म प्रहरी र होटल सँचालकले गरे बलात्कार, शंकाको घेरामा एसपी : लव जिहाद

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री अर्याल

‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री अर्याल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .