No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पहलगाम हमलाको राष्ट्रिय एकता अभियानद्वारा भर्त्सना, दक्षिण एशियामा बढ्दो आतंकवादप्रति गम्भीर चिन्ता

पहलगाम हमलाको राष्ट्रिय एकता अभियानद्वारा भर्त्सना, दक्षिण एशियामा बढ्दो आतंकवादप्रति गम्भीर चिन्ता

काठमाडौं, – राष्ट्रिय एकता अभियान – नेपालले हिजो जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको कडा शब्दमा भर्त्सना गरेको छ। विज्ञप्ति जारी गर्दै अभियानले उक्त हमलामा एक नेपाली नागरिकसहित विदेशी पर्यटक र निर्दोष भारतीय नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवद्वारा जारी विज्ञप्तिमा यो हमलालाई केवल भारतको भूमिमाथिको आक्रमण नभई सम्पूर्ण मानव सभ्यतामाथिको क्रूर प्रहारको संज्ञा दिइएको छ। विज्ञप्तिमा पाकिस्तानस्थित कुख्यात आतंकी संगठन लश्कर-ए-तैयबा (LeT) ले पाकिस्तानी गुप्तचर संस्था आईएसआईको संरक्षणमा यो हमला गरेको प्रमाणित भएको दाबी गरिएको छ। लश्कर-ए-तैयबा लामो समयदेखि भारतसहित सम्पूर्ण दक्षिण एशियाको शान्तिमा खलल पुर्याउँदै आएको अभियानको ठहर छ।
विज्ञप्तिमा भारतमा भएका २००८ को मुम्बई हमला, पुलवामा आक्रमण लगायत दर्जनौं आतंकी घटनाहरूमा लश्कर-ए-तैयबाको संलग्नता विश्वभरका सुरक्षा निकायहरूले प्रमाणित गरिसकेको उल्लेख छ। नेपाल पनि यस सञ्जालबाट अछुतो नरहेको र विगतमा काठमाडौँस्थित पाकिस्तानी दूतावासबाट आतंकी गतिविधिलाई कूटनीतिक आवरणमा संरक्षण दिइएको तथ्य सार्वजनिक भइसकेको अभियानले स्मरण गराएको छ।
सन् १९९९ मा काठमाडौँबाट हाइज्याक गरिएको IC-814 विमान र त्यसपछिका घटनाक्रमहरू, जसमा मौलाना मसूद अजहर जस्ता आतंकीलाई भारतले रिहा गर्नुपरेको थियो, नेपालका लागि चेतावनी स्वरूप रहेको अभियानले जनाएको छ। यस्ता घटनाले नेपालको अन्तर्राष्ट्रिय छवि र पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको पनि विज्ञप्तिमा उल्लेख छ।
नेपाल र भारतबीचको खुला सीमा आतंकवादका लागि सुलभ मार्ग बन्न नदिन सरकारले उच्च सतर्कता अपनाउनुपर्नेमा अभियानले जोड दिएको छ। इस्लामिक आतंकवाद केवल भारत वा नेपालको मात्र समस्या नभई यो सम्पूर्ण दक्षिण एशिया, एशिया र विश्वको साझा चुनौती भएको अभियानको ठहर छ। अमेरिका, युरोप, श्रीलंका, बाली लगायतका दर्जनौं देशहरूले इस्लामिक आतंकको आक्रमण झेलेको तथ्य पनि विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय एकता अभियानले आतंकवाद कुनै धर्मको सन्देश नभई कट्टरपन्थी शक्तिको आपराधिक प्रयोग भएको स्पष्ट पारेको छ। लश्कर-ए-तैयबा जस्ता संगठनलाई अन्तर्राष्ट्रिय आतंक संगठनको रूपमा पूर्णरूपमा प्रतिबन्ध लगाउनुपर्ने माग अभियानले गरेको छ। साथै, नेपाल सरकारले आतङ्कविरोधी कानुनी तथा सुरक्षात्मक संरचना थप मजबुत बनाउनुपर्ने र भारत सरकारद्वारा चालिने कडा आतङ्कविरोधी कदमहरूमा पूर्ण समर्थन रहने अभियानले जनाएको छ।
अन्तमा, राष्ट्रिय एकता अभियान – नेपालले भारत सरकारप्रति ऐक्यबद्धता प्रकट गर्दै अन्तर्राष्ट्रिय समुदाय, विशेषतः संयुक्त राष्ट्र संघलाई इस्लामिक आतंकवादको विरुद्ध ठोस र निर्णायक कदम चाल्न आह्वान गरेको छ। अब मानवताले जित्नुपर्ने र आतंकले हार्नुपर्ने निर्णायक लडाइँको समय आएको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
चीनको सेनाले दक्षिण चीन सागरमा रहेको टापु कब्जा गर्‍यो

चीनको सेनाले दक्षिण चीन सागरमा रहेको टापु कब्जा गर्‍यो

भारतले ठूलो सैन्य कारवाही गर्न लागेको संकेत, सेना प्रमुख भेटेर प्रधानमन्त्रीकहाँ पुगे रक्षामन्त्री

भारतले ठूलो सैन्य कारवाही गर्न लागेको संकेत, सेना प्रमुख भेटेर प्रधानमन्त्रीकहाँ पुगे रक्षामन्त्री

पहलगाम आतंकवादी आक्रमण : पाकिस्तानको अडानलाई चीनको समर्थन

पहलगाम आतंकवादी आक्रमण : पाकिस्तानको अडानलाई चीनको समर्थन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .