No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सत्ता समीकरणमा अर्कै गन्ध

सत्ता समीकरणमा अर्कै गन्ध

काठमाडौं। राजावादीहरुको राजधानीमा प्रदर्शनपछि आत्तिएका प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई संवाद गरेको विवरणहरु आइरहँदा सत्ता समीकरणमा अर्कै गन्ध देखा परेको छ।

सडकदेखि सदनसम्म राजसंस्थाको पक्ष र विपक्षमा बहस भइरहँदा यतिबेला सरकार परिवर्तनको चर्चाले व्यापकता पाएका छन्।

सरकार र व्यवस्थामाथि नै जनआक्रोश बढिरहेका बेला फेरि चाँडै नयाँ समीकरण बन्ने चर्चाले राजनीतिक बृत्त तरंगित बनेको छ। केही शक्ति केन्द्रले यही चैत्रभित्रै नयाँ समीकरण बन्ने र त्यसको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने दाबी गर्न थालेका छन्।

यतिबेला मुलुकमा राजतन्त्र फर्काउने र गणतन्त्रको रक्षाका लागि उभिने भन्दै दुई ध्रवमा विभाजित बनेको छ। यही मौकामा केही राजनीतिक दल र शक्तिकेन्द्रहरु नयाँ राजनीतिक समीकरणको पक्षमा देखिएका छन्।

स्रोतका अनुसार वर्तमान सरकारको विकल्पमा नेपाली कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन गरेर जानु पर्ने भन्दै नयाँ समीकरणको पक्षमा वकालत गर्न थालेका छन्।

‘तत्काल एमाले बाहेकका राजनीतिक दल मिलेर नयाँ समीकरण गरेर जाने गरी एक्सरसाइज भइरहेका छन्,’ स्रोतले भन्यो, ‘चैतको तेस्रो साताभित्र नयाँ समीकरणले मुर्तरुप लिन्छ।’

देउवालाई प्रधानमन्त्री बनाउन संसदमा प्रतिनिधित्व गर्ने दल सबैजसो दल तयार रहेको स्रोतले दाबी गर्‍यो। त्यो समीकरणमा एमाले मात्र विपक्षीमा रहने गरी शक्तिकेन्द्रहरुले कोशिश गरिरहेका छन्।

अर्कोथरी अहिले व्यवस्था र राजनीतिक दलप्रति नै जनआक्रोश बढिरहेका बेला फेरि नयाँ सत्ता समीकरणमा लाग्दा राजावादी शक्तिलाई फाइदा पुग्ने भन्दै अहिले कै सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा परिणत गरेर गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिइरहेका छन्।

राजनीतिक अस्थिरताका कारण जनतामा वितृष्णा बढको भन्दै अहिले सत्ता समीमरणमा लाग्दा झन् प्रत्युत्पादक हुने उनीहरुको तर्क छ।

गणतन्त्रको रक्षा गर्न सबै गणतन्त्रवादीहरु एक ठाउँमा उभिनु पर्ने भन्दै त्यसका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्दा उपयुक्त हुने माओवादीले बताउन थालेको छ।

माओवादीले अहिलेको समस्या सरकारमा रहेको भन्दै गणतन्त्र पक्षधर तर कांग्रेससँग मिलेर अर्को बनाउनु पर्ने गरी माओवादी अध्यक्ष प्रचण्ड र देउवाबीच छलफलसमेत भएको स्रोतको दाबी छ।

‘क्रान्ति, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको बीचमा सहकार्य, व्यवस्था र संविधानको रक्षा, संविधानको सफल कार्यान्वयनको प्रक्रियामा एमालेभन्दा कांग्रेस सापेक्षित प्रगतिशील भएको नाताले हाम्रो छलफल कांग्रेससँग बढी हुन्छ,’ माओवादीका एक नेताले भने।

गणतन्त्रवादीहरु नयाँ सरकार गठन गर्ने तयारीमा लागिरहँदा राजावादी भने राजतन्त्र फर्काउने गरी आन्दोलनको तयारीमा लागेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post
९० पाकिस्तानी सैनिक मारेको दाबीसहित बलुच आर्मीद्वारा आक्रमणको भिडियो सार्वजनिक

९० पाकिस्तानी सैनिक मारेको दाबीसहित बलुच आर्मीद्वारा आक्रमणको भिडियो सार्वजनिक

पछिल्लो ४८ घण्टामा पाकिस्तानमा ५७ आक्रमण, १०० भन्दा बढीको मृत्यु भएको दाबी

पछिल्लो ४८ घण्टामा पाकिस्तानमा ५७ आक्रमण, १०० भन्दा बढीको मृत्यु भएको दाबी

गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभएपछि एसईई प्रक्रियामा सहभागी नहुने मधेश सरकारको घोषणा

गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभएपछि एसईई प्रक्रियामा सहभागी नहुने मधेश सरकारको घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .