No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

साक्षरता अभियानसँगै ‘नगर निर्माण अभियान’ अघि बढाउँदै खडक नगरपालिका

साक्षरता अभियानसँगै ‘नगर निर्माण अभियान’ अघि बढाउँदै खडक नगरपालिका

महेश सिंह लहान – सप्तरीको खडक नगरपालिकाले नगरलाई पूर्ण साक्षर बनाउने लक्ष्यसहित ‘नगर साक्षरता अभियान’ सुरु गरेको छ। खडक नगरपालिका वडा नम्बर ११, बनौलीमा आयोजित विशेष समारोहमा नेपाल सरकारका पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा औपचारिक रूपमा अभियानको उद्घाटन गरिएको समाजसेवी राधेश्याम रामले बताए।

नगर प्रमुख जयप्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रचण्डले नगरपालिकालाई ‘साक्षर नगरपालिका’ घोषणा गर्दै साक्षरता अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरे। उनले शिक्षालाई समाजवाद उन्मुख विकासको आधार मान्दै स्थानीय सरकारको नेतृत्वमा साक्षर नगर बनाउने अभियान ऐतिहासिक कदम भएको उल्लेख गरे।
नगरपालिकाले आगामी तीन वर्षभित्र नगर क्षेत्रका सबै नागरिकलाई आधारभूत शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ। यस अवधिमा विद्यालय बाहिर रहेका बालबालिका, निरक्षर युवा तथा वयस्कहरूलाई शिक्षाको दायरामा ल्याइने नगरपालिकाले जनाएको छ।

साक्षरता अभियानसँगै नगरपालिकाले पूर्वाधार विकास तथा सामाजिक रूपान्तरणलाई केन्द्रबिन्दुमा राख्दै ‘नगर निर्माण अभियान’ पनि अघि बढाएको छ। नगरपालिकाका जनप्रतिनिधि, स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थी, युवा तथा विभिन्न संघसंस्थाहरूको सहभागितामा अभियानको शुभारम्भ गरिएको हो।
नगर प्रमुख चौधरीले नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै अभियान सञ्चालन गरेको बताए। उनले भने, “साक्षरता अभियान मात्र होइन, हाम्रो लक्ष्य नगरलाई समग्र रूपमा विकसित बनाउने हो। सबै नागरिकलाई शिक्षित बनाउनु समाजवाद उन्मुख नगर निर्माणको आधार हो।”

नगरपालिकाले संविधानअनुसार शिक्षा ऐन पूर्ण रूपमा लागू गर्ने बताएको छ। यदि कोही पनि आधारभूत शिक्षा पाउनबाट वञ्चित भएमा कानुनी कारबाही अघि बढाउन सकिने चेतावनी नगरपालिकाले दिएको छ।
कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, देव गुरुङ, गिरिराजमणि पोखरेल लगायतका नेताहरूको उपस्थिति थियो। उनीहरूले शिक्षालाई राज्यको प्रमुख प्राथमिकतामा राख्नुपर्ने भन्दै नगर साक्षरता अभियानमा स्थानीय सरकारको नेतृत्व महत्वपूर्ण हुने धारणा राखे।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेश कुमार झाले स्वागत मन्तव्य राखेका थिए भने शिक्षा शाखा प्रमुख यादवले साक्षरता अभियानको कार्यान्वयनबारे जानकारी दिएका थिए।
नगर साक्षरता अभियानलाई सफल बनाउन विभिन्न संघसंस्थाहरूको सहकार्यमा विशेष कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ। कार्यक्रममा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।
नगरपालिकाले सुरू गरेको अभियानलाई सफल बनाउन स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी तथा विभिन्न संघसंस्थाले सहकार्य गरिरहेका छन्। उद्घाटन कार्यक्रममा करिब एक हजार भन्दा बढी व्यक्ति सहभागी रहेको शिक्षा अधिकृत बिरेन्द्र कुमार यादवले जनाए।
अभियानको समन्वय खडक नगरपालिका युवा सञ्जाल, कल्याणपुर तथा साझेदारी सेवल नेपाल र सेभ द चिल्ड्रेनलेले गरेका थिए। नगरपालिकाले ‘समाजवाद उन्मुख आधार निर्माण’ भन्ने नारासहित अभियान अघि बढाउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
सांसद खरिदबिक्री गरेर अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्ने उपेन्द्र यादवको चेतावनी

सरकारले अरु दललाई कमजोर बनाउने नीति लियोः उपेन्द्र यादव

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भयो : कमल थापा

संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भयो : कमल थापा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...