No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

महेश सिंह लहान, सिरहा- मधेस प्रदेशमा नसर्ने रोगका बिरामीका लागि सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले लहानमा पेन-प्लस (PEN-Plus) क्लिनिक सञ्चालनमा आएको छ। लहान नगरपालिका, अस्पताल विकास समिति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा स्थापना भएको यो क्लिनिकले मुटु, मधुमेह, श्वासप्रश्वास, थालासेमिया, सिकलसेल, छारे रोग र अटिजम जस्ता गम्भीर नसर्ने रोगहरूको निःशुल्क उपचार सेवा प्रदान गर्नेछ।

क्लिनिकको उद्घाटन लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले गरेका छन्। कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष शत्रुधलन मण्डल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, अस्पतालका मेसु डा. बृजेन्द्र साह, डा. कुसुम यादव लगायतको उपस्थिति रहेको थियो।
नेपालमा ७१ प्रतिशतभन्दा बढी मानिस नसर्ने रोगबाट प्रभावित रहेको तथ्यांकले देखाएको छ। मधेस प्रदेशमा यसको प्रभाव अझै बढी देखिएकाले, स्वास्थ्य सेवा पहुँचलाई सुधार्न यो क्लिनिक प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाको विशेष निगरानीमा सञ्चालन हुने यस क्लिनिकबाट गम्भीर नसर्ने रोग भएका बिरामीले अब उपचारका लागि काठमाडौं वा अन्यत्र जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।

गम्भीर नसर्ने रोगका बिरामीका लागि ओपीडी सेवा
निःशुल्क इको (ECHO) तथा एचपीएलसी (HPLC) परीक्षण सेवा
थालासेमिया बिरामीलाई निःशुल्क औषधि, बेड चार्ज तथा रक्तसञ्चार सेवा
स्वास्थ्य बीमामा आबद्ध गराउँदै बीमा सक्रिय नहुँदासम्म निःशुल्क औषधि र ल्याब परीक्षण सेवा
अस्पतालका मेसु डा. बृजेन्द्र साहका अनुसार, “नसर्ने रोग नियन्त्रण गर्न समुदायस्तरमा स्क्रिनिङ अभियान सञ्चालन गरिनेछ। विशेष गरी, १९ वर्षमुनिका किशोरीहरूको पाठेघरको क्यान्सर पहिचान गर्न प्रत्येक पालिकामा स्क्रिनिङ कार्यक्रम थालिनेछ।”
नगर प्रमुख चौधरीले भने, “यो क्लिनिक तीन जिल्लाका गरिब, दलित तथा विपन्न समुदायका बिरामीहरूको लागि स्वास्थ्य सेवा केन्द्र बन्नेछ। नसर्ने रोगका कारण उत्पन्न स्वास्थ्य समस्यालाई व्यवस्थित गर्न यसले ठोस योगदान दिनेछ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा, युनिसेफ (UNICEF) तथा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) को साझेदारीमा सञ्चालित यो क्लिनिकले मधेस प्रदेशका बिरामीलाई सहज, गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
यो क्लिनिक सञ्चालनमा आएपछि नसर्ने रोगका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने समस्या कम हुने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

Next Post
मधेश कृषि विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीद्वारा नै तालाबन्दी, पठनपाठन ठप्प

मधेश कृषि विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीद्वारा नै तालाबन्दी, पठनपाठन ठप्प

जनयुद्धका उपलब्धि उल्टयाउने कोसिस हुँदैछ : अध्यक्ष प्रचण्ड

जनयुद्धका उपलब्धि उल्टयाउने कोसिस हुँदैछ : अध्यक्ष प्रचण्ड

ठमेलमा प्रहरी कुट्ने अखिल नेता पक्राउ

ठमेलमा प्रहरी कुट्ने अखिल नेता पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...