No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सोमबार प्रधानमन्त्रीको औपचारिक चीन भ्रमण, यस्तो छ ४६ सदस्सीय टोली

सोमबार प्रधानमन्त्रीको औपचारिक चीन भ्रमण, यस्तो छ ४६ सदस्सीय टोली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्ने भएका छन्।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन्। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ। उनले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहनेछिन्।

यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत छन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ।

यस्तो छ प्रधानमन्त्रीको भ्रमण प्रतिनिधिमण्डल

१. प्रधानमन्त्री केपी शर्मा ओली
२. राधिका शाक्य, पत्नी, प्रधानमन्त्री
३. परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा
४. विष्णुप्रसाद रिमाल, मुख्य सल्लाहकार
५. डा युवराज खतिवडा, आर्थिक र विकास सल्लाहकार
६. एकनारायण अर्याल, मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
७. विष्णुप्रसाद गौतम, प्रोटोकल प्रमुख,
८. लेफ्टिनेन्ट कर्णेल दिवाकर खड्का
९. अर्जुन नरसिंह केसी, संघीय संसद् सदस्य
१०. श्यामकुमार घिमिरे, संघीय संसद् सदस्य
११. लीलानाथ श्रेष्ठ, संघीय संसद् सदस्य
१२. बिजुला रायमाझी, संघीय संसद् सदस्य
१३. रेखा शर्मा, संघीय संसद् सदस्य
१४. वीरेन्द्रप्रसाद महतो, संघीय संसद् सदस्य
१५. दीपक कार्की, संघीय संसद् सदस्य
१६. सर्वेन्द्रनाथ शुक्ल, संघीय संसद् सदस्य
१७. रञ्जिता श्रेष्ठ, संघीय संसद् सदस्य
१८. डा रामप्रसाद घिमिरे, सचिव, अर्थ मन्त्रालय
१९. अमृतबहादुर राई, कार्यवाहक सचिव, परराष्ट्र मन्त्रालय
२०. सुशील ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत, नेपाल लगानी बोर्ड
२१. प्रा.डा. दिव्या सिंह शाह, निजी चिकित्सक माननीय प्रधानमन्त्री
२२. सह-प्राध्यापक पदमसुन्दर जोशी, उपाध्यक्ष, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
२३. राजेश बज्राचार्य, प्रमुख निजी सचिव
२४. कृष्णप्रसाद ढकाल, सहसचिव, उत्तर पूर्व एशिया डिभिजन, परराष्ट्र मन्त्रालय
२५. मणिरत्न शर्मा, उपसचिव, उत्तर पूर्व एशिया डिभिजन
२६. उदय पोखरेल, सेवाका निजी उपसचिव, प्रधानमन्त्री
२७. कमल रावल, माननीय के निजी उपसचिव, परराष्ट्र मन्त्री, परराष्ट्र मन्त्रालय
२८ ऋचा भट्टराई, प्रोटोकल अफिसर, परराष्ट्र मन्त्रालय
२९. जानकी ओझा, शाखा अधिकृत, उत्तरपूर्व एशिया डिभिजन, परराष्ट्र मन्त्रालय
३०. सुजन लामिछाने, शाखा अधिकृत, उत्तरपूर्व एशिया डिभिजन, परराष्ट्र मन्त्रालय
३१. विनोद खनाल, प्रोटोकल सहायक, परराष्ट्र मन्त्रालय
३२. जय शाक्य, को-निजी सहायक, भ्यालेट प्रधानमन्त्री
३३. अनिता सिंह, व्यक्तिगत सहायक भ्यालेट परराष्ट्र मन्त्री
३४. इन्स्पेक्टर माधव केसी, सुरक्षा अधिकारी माननीय प्रधानमन्त्री
३५. प्रकाश सिलवाल, वरिष्ठ संवाददाता, राष्ट्रिय समाचार समिति
३६. प्रद्युम्न ढुंगेल, वरिष्ठ सहायक क्यामेरा पर्सन, नेपाल टेलिभिजन
३७. आशिष पौडेल, व्यक्तिगत फोटोग्राफर, प्रधानमन्त्री
३८. चन्द्रप्रसाद ढकाल, अध्यक्ष उद्योग वाणिज्य मंहासंघ
३९. राजेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल उद्योग परिसंघ
४०. कमलेश कुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
४१. गणेश कार्की, अध्यक्ष, स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल
४२. करण चौधरी, अध्यक्ष, नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन
४३. शंकरप्रसाद पाण्डेय, अध्यक्ष, निर्यात व्यवसायी महासंघ नेपाल
४४. उमेशप्रसाद सिंह, अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ
४५. प्रविण भट्टराई, प्रोटोकल अधिकारी, परराष्ट्र मन्त्रालय
४६. मेजर दिनेश न्यौपाने, भीभीआईपी, सुरक्षा निर्देशनालय, नेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
अज्ञात समुहले विष हालेर माछा मार्दा १२ लाखको क्षति, युवा किसान यादव स्थानीय सरकार संग क्षती पुर्तीको माग

अज्ञात समुहले विष हालेर माछा मार्दा १२ लाखको क्षति, युवा किसान यादव स्थानीय सरकार संग क्षती पुर्तीको माग

जेसिजको नेतृत्वमा खुट्टीखोला नहर बिवाद समाधानको सुरुवात

जेसिजको नेतृत्वमा खुट्टीखोला नहर बिवाद समाधानको सुरुवात

प्रादेशिक अस्पताल लहानमा जेसिजको सामाजिक अभियान बिरामीलाई फलफूल वितरण

प्रादेशिक अस्पताल लहानमा जेसिजको सामाजिक अभियान बिरामीलाई फलफूल वितरण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .