No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेश लोकसेवा आयोगको परीक्षा निष्पक्ष नभएको खुलासा

मधेश लोकसेवा आयोगको परीक्षा निष्पक्ष नभएको खुलासा

मधेश प्रदेश लोकसेवा आयोगको परीक्षा पक्षपात भएको खुलेको छ । सेवा समूह कृषि ईन्जिनियर तह सातौंको लिखित परीक्षामा परीक्षार्थीसंग विभेद भएको हो ।
लिखित परीक्षाको नतिजा सार्वजनिक गरेपछि केही परीक्षार्थीले यसको खुलासा गरेका हुन् । परीक्षार्थीहरुका भनाइमा निष्पक्षतामाथि आफूहरुले प्रश्न उठाउँदा आयोगका पदाधिकारीले परीक्षा रद्द गर्ने मौखिक आश्वासन दिएका थिए । तर निवेदन भने दर्ता गरेनन् ।

परीक्षा नतिजा सार्वजनिक गरेपछि पछि परीक्षार्थीहरुले निष्पक्ष नभएको परीक्षा बदर गर्न माग गरेका छन् ।
घटना दुईवर्ष अघिको हो । आयोग, मधेस प्रदेश द्वारा ३१ असार २०७८ मा प्रकाशित सूचना नम्बर १६÷२०७७–७८, विज्ञापन नं.–१३३÷२०७७–७८ कृषि समूह कृषि ईन्जिनियर तह सातौको लिखित परीक्षा २२ मंसिर २०७९ मा भएको थियो ।

जनकपुरधामको जानकी मध्यमिक विद्यालयमा राखेको परीक्षा केन्द्रमा दुईवटा कोठामा परीक्षा भएको थियो । केही परीक्षार्थीको दावी गरे अनुसार कोठा नं. एफ–४ मा लिइएको परीक्षामा प्रथम पत्रमा क्याल्कुलेटर चलाउन अनुमति दिइएको थियो भने कोठा नं. एफ– ५ मा क्यालकुलेटर चलाउने अनुमति दिएको थिएन ।
त्यस्तै दुईघण्टापछि सोही दिन भएको दोस्रो पत्रमा एफ–५ मा क्याल्कुलेटर चलाउने अनुमती दियो भने एफ– ४ मा थिएन ।

एकै परीक्षा केन्द्रमा एकै सेवा समूहको लागि कसरी दुई आदेश भयो, साथै केन्दीय लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोगको नियम तथा नामावली वमोजिम परीक्षा नभएको स्पस्ट देखिएको भन्दै परीक्षार्थीहरु आफूहरू मार्कामा परेको गुनासो समेत गरेका छन् ।

एक परीक्षार्थीका अनुसार त्यतिबेला परीक्षा पश्चात यो विषय उठाउँदा उल्टै आयोगले धम्काएको र पछि यस विषयमा निवेदन दिंदा आयोगले दर्ता समेत दर्ता गरेन । त्यस बेला आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादव थिए ।

‘हामी निवेदन दिन आयोगमा पुगेका थियौं । त्यस बेला अध्यक्षजी बाहिर हुनुहुन्छ । निवेदन दर्ता हुँदैन । तर यो परीक्षा रद्द हुन्छ भनेर हामीलाई आस्वस्त बनाएर आयोगले फर्कायो । दुईवर्षपछि त्यही निष्पक्ष नभएको परीक्षाको रिजल्ट प्रकाशित गरेको छ’ उनले भने ‘लोकसेवा आयोगमाथि कसरी विश्वास गर्नु ?’

त्यस बेला परीक्षार्थीले परीक्षा केन्द्रमा गार्ड बसेकासँग गरेको प्रश्नमा भिडियो र लोकसेवा आयोगको कार्यालयमा पुगेर गरेको गुनासोको भिडियो प्राप्त भएको छ । जसमा खटेका एक गार्डले एकजना परीक्षार्थीले क्याल्कुलेटर प्रयोग गरेको स्वीकारेका छन् ।

त्यस्तै लोकसेवा आयोगमा पुगेर परीक्षार्थीहरुले गुनासो गर्दा एक कर्मचारीले दुवै कोठामा क्याल्कुलेटर प्रयोग गर्न नभनेको भिडियोमा स्पष्ट सुनिन्छ । भिडियोमा तत्कालीन सचिव नरेशराज खरेल देखिन्छन् ।

एकजना पदको लागि भएको सो परीक्षाको नतिजा १० कार्तिकमा आयोगले प्रकाशित गरेको छ । जसमा सहभागी ११ जना सहभागी परीक्षार्थी मध्ये ३ जना सफल भएका छन् । गत कार्तिक २७ गते भएको अन्तवार्तामा एकजनाको नाम सिफारिस भएको छ ।

तीन महिना अघि लोकसेवा आयोगका अध्यक्ष बनेका शिवराम यादव निवेदन परेपछि यो घटनाको विषयमा बुझ्दा परीक्षार्थीबाट कुनै प्रकारका निवेदन दर्ता नभएको बताए ।
एउटा सवजेक्टिभ पश्नपत्रमा एउटा १० पूर्णाङ्कको हिसाब गर्नुपर्ने समान्य प्रश्न भएको बताउँदै उनले त्यसको लागि क्याल्कुलेटरको पनि आवश्क्ता नभएको तर्क गरे ।

‘एटउटा समान्य प्रश्नको लागि हिसाब क्याल्कुलेटर बिनै गर्न सकिन्छ । अबजेक्टिभ पश्नपत्रमा क्याल्कुलेटरको आवश्यक्ता नै छैन’ अध्यक्ष यादवले भने ‘एउटा कक्षामा एकजनाले क्याल्कुलेटर प्रयोग गरेको भएपनि लिखितमा पास त दुबैकक्षाको परीक्षार्थी भएका छन् । पश्नपत्रमा भएको समान्य एउटा हिँसाब भएको प्रश्नको उत्तर दिन नसक्ने परीक्षार्थी लोकसेवामा पास नै हुन सक्दैनन्’
उनले त्यस बेला नै परीक्षार्थीहरुले उजुरी दिएर अघि बढ्नु पर्नेमा दुईवर्षपछि प्रकाशित नतिजाको बेलामा निवेदन गर्नु भन्दा मिहिनेत गरेर अगामी परीक्षाको लागि तयारी गर्न परीक्षार्थीहरुलाई सुझाव दिए ।

केही परीक्षार्थीहरु परीक्षा बदर नगरे सर्वोच्चसम्म पुग्ने बताएका छन् ।
सुरेन्द्र प्रसाद यादव अध्यक्ष रहेको कार्यकालमा आयोगको परीक्षाको विश्वसनीयता, बढुवा सिफारिस लगायतको घटनामा झमेला भएको विभिन्न घटनाहरु सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
बटेश्वर गाउँपालिकामा लागूऔषध नियन्त्रण गर्न यूवाहरुको ज्ञापन

बटेश्वर गाउँपालिकामा लागूऔषध नियन्त्रण गर्न यूवाहरुको ज्ञापन

साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध

साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध

हङकङमा प्रजातन्त्र समर्थक कार्यकर्तालाई १० वर्षसम्म जेल सजाय सुनाइयो

हङकङमा प्रजातन्त्र समर्थक कार्यकर्तालाई १० वर्षसम्म जेल सजाय सुनाइयो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .