No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अब सिनियर टिमबाट विश्वकप खेल्ने पूजाको सपना


अब सिनियर टिमबाट विश्वकप खेल्ने पूजाको सपना

गोविन्दराज नेपाल

काठमाडौं । पछिल्लो एक साता पूजा महतोको नाम खुब खर्चामा रह्यो ।

पूजाको कप्तानीमा रहेको टिमले यूएईलाई हराउँदै आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको उपाधि जित्यो ।

च्याम्पियन हैसियतमा नेपालले आगामी जनवरी-फेब्रुअरीमा मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकप र डिसेम्बरमा मलेसियामा नै हुने यू-१९ महिला एसिया कप खेल्ने अवसर पायो ।

यो उपलब्धिमा सबैभन्दा अगाडि पूजाकै नाम आउँछ । उनले महिला क्रिकेटमा नेपाललाई पहिलोपटक विश्वकपमा पुर्‍याउन नेतृत्व गरिन् । उनी मैदानमा ब्याट र बल दुवैमा अब्बल देखिइन् ।

‘महिला क्रिकेटमा इतिहास रच्दा धेरै खुशी लागेको छ र त्यसको कप्तानको भूमिका निर्वाह गर्न पाउँदा त अझ धेरै गर्व लागेको छ’, पूजाले अनलाइनखबरसँग भनिन् ।

पुरुष क्रिकेटमा नेपालको सिनियर टिमले दुई पटक टी-२० विश्वकप र यू-१९ टिमले ८ पटक विश्वकप खेलेपनि महिला टिम अहिलेसम्म विश्वकपमा पुग्न सकेको थिएन ।

यू-१९ महिला टिमले दोस्रो प्रयासमा विश्वकपमा स्थान बनाउन सफल भयो । सन् २००७ देखि महिला टिमले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेपनि विश्वकपको नजिकसमेत पुग्न सकेको थिएन ।

दुबईमा चार टोली सहभागी यु-१९ विश्वकप छनोटमा नेपालले यूएईविरुद्ध अन्तिम खेल राम्रो नेट रनरेटमा जित्नुपर्ने अवस्था थियो । त्यस्तोमा पहिले बलिङ गरेको नेपालले घरेलु टोली यूएईलाई ८३ रनमा रोक्न सफल भयो ।

कृष्मा गुरुङको ४ विकेटसहित नेपालले राम्रो बलिङ गर्‍यो । यूएईको मुख्य खेलाडी रिनिथा रजिथलाई आउट गर्नुले नै कम स्कोरमा रोक्न सकेको पूजाले बताइन् ।

‘रिनिथा (२०) आउट भएपछि उनीहरुले ८३ रन मात्र बनाउन सक्यो । लक्ष्य सानो थियो र हामीले १६.२ ओभरमा भेट्नुपर्ने थियो । त्यसलाई रोक्न सहज नै भयो’, पूजाले भनिन् ।

त्यसपछि ओपनर सना प्रविन अविजित ३५ रन मद्दतमा नेपालले १४.२ ओभरमै ८६ रन बनाएर विश्वकपको टिकट काटेको थियो । एकछेउबाट विकेट गएपनि सनाले राम्रो ब्याटिङ गरेको पूजाले बताइन् ।

डबल राउण्ड रोबिन खेलमा यूएईविरुद्धको पहिलो खेलमा १३ रनले पराजित भएको नेपालले त्यसपछि थाइल्याण्डलाई दोस्रो पटक हराइसकेको थियो । अन्तिम खेलमा यूएईसँग भिड्नुअघि रनरेट बढाउन नेपालले कुवेतविरुद्ध फराकिलो अन्तरको जित निकाल्नु थियो ।

खेल भयो पनि त्यस्तै । पूजाको शतक र ५ विकेट मद्दतमा नेपालले कुवेतलाई १६५ रनले हराएर रनरेट सुधार गरेको थियो । ‘कुवेत विरुद्ध हामीलाई हाइ मार्जिनमा जित्न चाहिन्थ्यो । त्यसपछि हामी यूएईलाई हराउँछौं भन्ने थियो’, पूजाले त्यो बेलाको आत्मविश्वास सुनाइन् ।

पूजाले भनेजस्तै अन्तिम खेलमा नेपालले यूएईलाई जसरी जित्नुपर्ने थियो त्यसरी नै हरायो र इतिहास रच्यो ।

सिनियर टिममा २० खेल खेलेर जुनियरको कप्तान

महोत्तरीकी पूजाले सुरुमै नेपालको सिनियर टिमबाट खेलिन् । ब्याट र बल दुवैमा अब्बल उनले उमेर समूहमा नखेली सिधै सिनियर टिमबाट २०२३ मा डेब्यु गरेकी थिइन् ।

सिनियर टिमबाट खेलेपछि मात्र उनले उमेर समूह अर्थात् यू-१९ टिमबाट खेलेकी हुन् । त्यसमा पनि विश्वकप छनोटजस्तो प्रतियोगितामा कप्तानकै जिम्मेवारी पाइन् ।

सिनियर टिमबाट खेलिसकेकी पूजा र सोनी पाख्रिन यू-१९ टिममा थिए । सिनियर टिमबाट खेलिरहेको र अनुभवी खेलाडी भएकाले पनि पूजा कप्तानको स्वभाविक दाबेदार थिइन् ।

पूजाले आफूलाई दिएको नेतृत्वको जिम्मेवारी पनि पूरा गरेर देखाइन् । सिनियर टिममा खेलिसकेकाले त्यो अनुभव अहिले काम लागेको उनले बताइन् ।

‘हामी दुई (सोनी) सिनियर टिमबाट खेलेका थियौं । यू-१९ मा म सबैभन्दा सिनियर थिएँ । मैले सिनियर टिमबाट २० खेल खेलिसकेको थिएँ’, पूजाले भनिन्, ‘क्रिकेटमा अनुभवले धेरै अर्थ राख्छ । क्यानलाई पनि धन्यवाद । दिल्लीमा राम्रो सुविधासहित राम्रो टिमसँग खेल्न पायौं र विश्वकप छनोटमा राम्रो खेल्यौं ।’

एकै खेलमा शतक र ५ विकेट

छनोटमा कुवेतविरुद्धको खेलमा पूजाले शतक र ५ विकेट लिंदै कीर्तिमानी प्रदर्शन गरिन् । कुवेतविरुद्ध उनले ६९ बलमा १७ चौका हान्दै अविजित १३० रन बनाएकी थिइन् ।

उनकै १३० रन मद्दतमा नेपालले २१३ रन बनाएको थियो । त्यसपछि उनले नै ५ विकेट लिएपछि कुवेतलाई ४८ रनमा अलआउट गर्दै नेपालले १६५ रनको फराकिलो अन्तरले खेल जित्यो ।

त्यस खेलमा पूजाले अलराउण्ड प्रदर्शन गरिन् । क्रिकेटमा कुनैपनि फर्म्याटमा शतक र ५ विकेट लिनु अविश्वसनीय जस्तै हुन्छ । यस्तो खालको प्रदर्शन गर्नलाई निकै राम्रो खेल्नुपर्छ ।

पूजा भने यस्तो प्रदर्शनको जस भगवानलाई दिन्छिन् । ‘मेरो विचारमा सबै क्रेडिट भगवानलाई जान्छ । यो ठूलो कुरा हो’, शतक र ५ विकेटबारे उनले भनिन्, ‘एकै खेलमा शतक प्रहार गर्नु र ५ विकेट लिनु एक प्रकारले अविश्वसनीय हो ।’

पूजाको यो प्रदर्शन अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट कुनै पनि फर्म्याटमा कुनै पनि उमेर समूहमा बनेको पहिलो कीर्तिमान हो । त्यसैले पनि नेपाली क्रिकेटमा यो सदाबहार कीर्तिमानको रूपमा रहनेछ ।

कुनै एक खेलमा गरेको उत्कृष्ट प्रदर्शनको प्रसंग आउँदा अब पूजाको नाम बिर्सिइने छैन ।

‘विश्वकपमा किन छौं भनेर प्रमाणित गर्नुपर्छ’

महिला सिनियर टिमले डेढ दशकदेखि प्रयास गरेपनि विश्वकप पुग्न सकेको थिएन । यू-१९ महिला टिमले दोस्रो प्रयासमै विश्वकपमा स्थान बनायो ।

धेरैका लागि यो अपेक्षाभन्दा बाहिर रहेपनि वर्तमान यू-१९ टोलीले नेपालले पनि गर्न सक्छ भन्ने प्रमाणित गर्‍यो ।

एसिया छनोटको च्याम्पियन बनेर यू-१९ विश्वकपमा स्थान बनाएपछि अहिले सबैको चासो यू-१९ महिला टिममा छ । किनभने नेपालले एउटा मात्र नभई लगातार दुई ठूला प्रतियोगितामा बलिया टिमसँग खेल्दैछ ।

डिसेम्बरमा हुने यू-१९ एसिया कपमा भारत र पाकिस्तानसँग समूह चरणमा खेल्नेछ । यस्तै २०२५ जनवरी-फेब्रुअरीमा मलेसिया हुने विश्वकपमा समूह चरणमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग खेल्नेछ ।

एसोसिएटमा एसियाकै बेस्ट बनेपछि अब विश्वकपमा किन छौं भनेर प्रमाणित गर्नुपर्ने पूजाले बताइन् । ‘अहिले हामी बेस्ट एसोसिएट भएर छनोट भयौं । एसिया कप र विश्वकपमा हामी किन छौं भनेर प्रमाणित गर्नुपर्छ’, पूजाले भनिन्, ‘ठूला टिमसँग खेल्न हामी धेरै उत्साहित छौं र हामी इन्जोय गरेर हाम्रो खेल खेल्छौं ।’

महिलाको जुनियर टिम छनोट भएपछि अब सिनियर टिमलाई पनि विश्वकप पुग्नुपर्छ भन्ने चुनौती थपिएको छ । ‘मैले पनि सिनियर टिमबाट खेल्छु र मलाई पनि हामी छनोट हुनुपर्छ भन्ने लाग्छ’ सिनियर टिमकी समेत महत्वपूर्ण सदस्य रहेकी पूजाले भनिन्, ‘सिनियर टिमबाट पनि मेरो अबको सपना चाँडै विश्वकपमा छनोट हुनु हो ।’

एसिया कप र विश्वकप खेल्नका लागि टिममा अझै सुधार गर्नुपर्ने पूजा बताउँछिन् । ‘सबै कुरा माइन्डसेट हो । हाम्रो फिटनेस, ब्याटिङ र बलिङ ठिकै छ । तर हामीले टेस्ट नेसनलाई राम्रो चुनौती दिने हो भने हामीले धेरै सुधार गर्नुपर्छ’, उनले भनिन्, ‘फिटनेस, बलिङ, फिल्डिङ, ब्याटिङ स्किलमा सुधार गर्नुपर्छ । क्यानले लामो ट्रेनिङ गराए सुधार गर्न सकिन्छ ।’

दिल्लीदेखि विश्वकपसम्मको यात्रा

पूजा महोत्तरीको गौशालामा जन्मिइन् । तर उनले क्रिकेट कला भने भारतको दिल्लीमा सिकिन् । अधिकांश नेपाली खेलाडी जस्तै उनको क्रिकेटको सुरुवात दिल्लीमै भयो ।

दिल्लीबाट राष्ट्रिय टिम हुँदै यू-१९ विश्वकपसम्मको उनको यात्रा जति रमाइलो छ, त्योभन्दा बढी संघर्षपूर्ण छ उनको परिवारको संघर्ष । ‘यहाँसम्म आइपुग्न मेरो बुबाले धेरै मिहिनेत गर्नुभएको छ । मेरो परिवारको साथ एकदम धेरै छ’, बुवा र परिवारप्रति कृतज्ञ थिइन् उनी ।

निम्नमध्यम आर्थिक अवस्था सुधार्न पूजाका बुबा रञ्जित महतो पैसा कमाउन दिल्ली गएका थिए । परिवारको राम्रो भविष्यका लागि दिल्ली गएका उनका तीन छोरी र एक छोरा छन् । त्यसमध्ये माइली हुन् पूजा ।

पूजा र उनकी भाइ परिवारसँग दिल्लीमै थिइन् । संयोगले भाइले क्रिकेट सिक्ने एकेडेमीमै पूजाले पनि क्रिकेट सिक्न पाइन् ।

‘मेरो भाइले क्रिकेट खेल्न थालेको थियो । हामी उसलाई एकेडेमीमा लैजान्थ्यौं । एक दिन एकेडेमीको कोचले मेरो बुबासँग कुरा गर्दै तिम्रो छोरीसँग पनि क्षमता छ क्रिकेट खेल्नुपर्छ भन्नुभयो’, पूजाले क्रिकेट करिअरको सुरुवाती दिन सम्झँदै भनिन्, ‘अनि बुबाले तिमीले पनि खेल्नुपर्छ भन्नुभयो र म क्रिकेटसँग जोडिएँ ।’

तर पूजाको बुबासँग दिदीबहिनी र भाइका लागि पैसा पुर्‍याउन कठिन थियो । पछि एकेडेमीमा नि:शुल्क प्रशिक्षणको व्यवस्था भएपछि पूजाले सिक्न थालिन् ।

त्यसो त पूजाको नेपाल आगमनको प्रसंग पनि भाइसँग जोडिएको छ । दुई वर्षअघि बुबा र भाइ एक कार्यक्रमका लागि नेपाल आएका थिए । त्यही बेला उनको भाइ जिल्लाको यू-१५ क्याम्पमा परे ।

‘मेरो भाइले एक खेल खेलेर प्लेअर अफ दि म्याच अवार्ड पाएँ र उसलाई रोशन सर (तत्कालीन क्यान कोषाध्यक्ष) ले अवार्ड दिनुभयो’, पूजाले भनिन् ।

भाइले आफ्ना दिदीहरूले पनि क्रिकेट खेल्ने कुरा रोशन सिंहलाई बताए । दिल्ली फर्केपछि भाइले दिदीहरूलाई यसबारे जानकारी गराए । खेलको भिडियोहरू रोशन सिंहलाई पठाए ।

सिंहले यी विषयमा क्यानमा जानकारी गराए । त्यसपछि पूजा र आरती क्रिकेट खेल्न महोत्तरी आए । ‘रोशन सरले मलाई खेलाउनका लागि सबै पहल गर्नुभयो’, पूजाले भनिन् ।

प्रशिक्षणमा सहभागी हुन थालेसँगै पूजाको राष्ट्रिय टिममा इन्ट्री भयो । गत वर्ष मलेसियामा भएको आईसीसी वुमन्स टी-२० वर्ल्ड कप एसिया रिजन क्वालिफायरका लागि उनी पहिलोपटक राष्ट्रिय टोलीमा परिन् ।

वर्ल्डकप क्वालिफायरअघि चार देश सम्मिलित सिरिजमा हङकङविरुद्ध खेल्दै उनले सिनियर टिममा डेब्यु गरिन् ।

पहिलो खेलमा पूजाको अलराउण्ड प्रदर्शन थियो । ३ ओभर बलिङ गरेर १ मेडन राख्दै ५ रन खर्चेर १ विकेट लिएकी उनले ब्याटिङमा ओपनिङ गर्दै १८ बलमा १६ रन बनाइन् ।

राष्ट्रिय टिममा २० खेलमा १४ इनिङ्स ब्याटिङ गरेकी पूजाले १ अर्धशतकसहित १८५ रन बनाएकी छन् । यस्तै बलिङमा १९ इनिङ्समा १६ विकेट लिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post
“कुशवाहा पत्रकार नेपाल” स्थापना गरी देशव्यापी संगठन विस्तारको आग्रह

"कुशवाहा पत्रकार नेपाल" स्थापना गरी देशव्यापी संगठन विस्तारको आग्रह

कप्तान पूजा महतो जनकपुरमा ‘फेस अफ बोल्ट्स्’ घोषित

कप्तान पूजा महतो जनकपुरमा ‘फेस अफ बोल्ट्स्’ घोषित

कार्यालय खुल्ने समयमा सार्वजनिक बिदा : समयमै निर्णय गर्न किन चुक्यो सरकार ?

कार्यालय खुल्ने समयमा सार्वजनिक बिदा : समयमै निर्णय गर्न किन चुक्यो सरकार ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...