No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

छठ महापर्वको पौराणिक्ता, आराधना विधि र सामाजिक संदेश

छठ महापर्वको पौराणिक्ता, आराधना विधि र सामाजिक संदेश

डा. बिरेन्द्र “मुनिजी”

महापर्वको पौराणिक्ता :

प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा षष्ठी देवीको साथसाथै सुर्यदेव को पुजा आराधनाको बिधान प्रथम मनु स्वायंभुवको कालखण्ड देखि नै उल्लेख भएको पाइन्छ | शिव पुराण, ब्रह्म्वैवर्त पुराण, मार्कण्डेय पुराण लगायत अन्य बिभिन्न उपनिषद् तथा श्रुतिहरुमा यस महापर्वको महत्त्व बिस्तृत रुपमा बर्णन गरिएको छ |

प्रथम मनु स्वायंभुवको कालखण्डका पुराणमा उल्लेख भए अनुसार निज स्वायंभुवका पुत्र प्रियव्रत नि:सन्तान रहेको ब्यथा राजाबाट महर्षि कश्यपले सुनेपछि पुत्रेष्ठी यज्ञ गर्न आदेश दिए | सोहि आदेश अनुरुप यज्ञ गरेको फलस्वरुप राजाले शिशु  प्राप्त गरे, तर नवजात शिशु जीवित थिएन | मृत सन्तानको जन्मले अति दु:खी, विहृवल राजा प्रियव्रतले प्राण वियोग गर्न खोजेको समयमै आकाश बाट एउटा विमान पृथ्वीतिर अवतरण भइरहेको थियो, जसमा एउटी दिव्य नारि विराजमान थीइन|  दिव्य नारीले आफ्नो परिचय ब्रह्माकी मानस पुत्री देवसेना हुँ, मलाइ षष्ठी पनि भनिन्छ भनेर दिइन र संसारका सबै शिशुहरुको रक्षा एवं पालन गर्ने मै हुँ भनेर भनिन | यिनै षष्ठी माताकी अनुकम्पाले प्रियवर्तका शिशु जीवित भएको उल्लेख भएको पाइन्छ |

शिव पुराणमा उल्लेख भए अनुसार भगवान शिवको तेजबाट उत्पन्न स्कंदलाइ छौ कृतिकाहरुले स्तनपान गराएर रक्षा गरेको ले नै उनको नामकरण कार्तिकेय भएको थियो | यस परिपेक्षमा षष्ठी देवीलाइ स्कंदकी पत्नी देवसेनाको नामले पनि पुजा आराधाना थालिनी भएको उल्लेख छ | त्रेता युग तथा भगवान श्रीरामको कालखण्ड, जो स्यंम सुर्यबंशी थिए, अर्थात उनका कुलदेवता नै सुर्य थिए |

लंका विजय पश्चात अयोध्या पुनारागवनमा श्रीराम आफ्नो कुलदेवताको आशिर्वादको निम्ति माता सिता सहित षष्ठी तिथिमा ब्रत राखी सरयु नदिमा अस्ताउँदो सुर्यलाइ फलफुल, मिष्ठान तथा अन्य बस्तुहरु सहित अर्ध्य दिएका थिए र संगै सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्ध्य दिएर कुलदेवता सुर्यको आशिर्बाद प्राप्त गरे पश्चात मात्र राजकाज सम्भालेको अनुशरण गर्दै आम जनहरु समेत सुर्यषष्ठीको रुपमा पर्व मनाउन लागेको उल्लेख भएको पाइन्छ | द्वापर तथा श्रीकृष्णको कालखण्डमा पनि चौध वर्षको बनवास र एक वर्षको अज्ञातवासको बेला कुन्ती, द्रौपदी सहित पाण्डवहरुले षष्ठी ब्रत गरेको प्रसंग महाभारतमा उल्लेख भएको पाइन्छ |

अर्को एक सनातन प्रसंग अनुसार भिष्म पितामहले पुलस्त्यमुनिबाट व्यक्त गरिएको जानकारी उल्लेख गर्दै भनेका थिए एक दुस्ट क्षेत्रीय राजा कुष्ठ र क्षयरोगबाट ग्रसित थियो र सो कष्ट सहन न सकेर मृत्यु वरण नै एक मात्र उपाय रहेको सोची रहदा त्यति बेलै एक ब्राह्मणको राजदरबारमा उपस्थिति भयो | कष्टग्रस्त राजाले राजदरबारमा उपस्थित ब्राह्मणसमक्ष आफ्नो शारीरिक कष्टका साथै कतिपय प्रजा पुत्रविहिन रहेको र कतिपयको अल्पायुमै मृत्यु हुने गरेकोले सोको समाधान गर्ने उपाय बताउन आग्रह गरे | ति सबै किसिमका कष्ट निवारणको लागि सुर्यदेवको उपासना गर्न कार्तिक शुक्ल पन्चमी तिथिमा खरना गर्दै षष्ठी तिथिमा अस्ताउँदो र सप्तमी तिथिमा उदाउँदो सुर्यको पुजा आराधना गर्ने बिधान बारे जानकारी गराए | सोहि अनुसार षष्ठी तिथिमा निर्दिस्ट बिधान अनुसार सुर्यदेवको पुजा आराधान गरेपछी राजा र प्रजाको कष्ट निवारण भएको विश्वासमा यो पर्वको महत्व बढ्दै गएको उल्लेख छ |

अर्को एक प्रसंग अनुसार प्रथम देवासुर संग्रामको बेला जब देवताहरु असुरहरुसंग पराजित भएको बेला देव माता अदितिले तेजस्वी पुत्र प्राप्तिको मनोकांक्षा लिएर सुर्य देवको आराधना गरेको थिइन् | देव माताको पुजा आराधनाले सुर्य देव प्रसन्न भइ सर्वगुण समपन्न तेजस्वी पुत्र पाउने बरदान दिएको थियो | वरदानको फलस्वरूप अदितिले त्रिदेव रुप आदित्य भगवान पुत्रको रुपमा पाइन्, जसले असुरहरु माथि देवताहरुलाई विजय हात पर्न सफल बनाएका थिए |

 आराधना बिधि:

अत्यन्त श्रध्दा एबंम निष्ठाले मनाउने यो पर्ब चार दिन सम्म मनाइन्छ | शारीरिक तथा मानसिक दुवै रुपमा शुध्द हुनु आबश्यक हुन्छ | कार्तिक शुक्ल चतुर्थीबाट शुरु भइ सप्तमीको दिन यो महापर्बको समापन हुन्छ | यस महापर्वको पहिलो दिन अर्थात चतुर्थीका दिन विधि-विधान सम्मत बर्तालुहरु हातखुट्टाको नङ काट्छन, पुरुष बर्तालुहरु कपाल समेत खौर्छन र नजिकको जलासय, नदि, पोखरी, इनारको शुध्द पानिले स्नान गर्छन र शुध्द-सातुकी (अर्वा-अर्वाइन) भोजन ग्रहण गर्छन | त्यसको भोलिपल्ट अर्थात कार्तिक शुक्ल पन्चमी तिथिमा आ-आफ्ना घर-आँगनलाइ गाईको गोबरले लिपि शुध्द चोखो पर्ने काम गरिन्छ |यस दिन ब्रतालु बिहान देखि पानि पनि नखाई ब्रत बसेका हुन्छन र साँझमा सख्खर र दुधबाट तैयार पारिएको बिशेष खिरको नैवेद दिई अत्यन्तै कठोर मानिएको छठ ब्रतको सफल्ताको कामना गर्दै सोहि खिर भोजनको रुपमा ग्रहण गर्ने गर्छन | छठको तेस्रो दित अर्थात कार्तिक शुक्ल षष्ठीका दिन ब्रतालुहरु निर्जल/निराहार बस्छन |

घरका अन्य सदश्यहरु नदि, पोखरी/तलाउ, जलासय जसको किनारमा गइ संध्या र बिहानको अर्घ्य दिइन्छ, त्यसको बिस्तृत सरसफाई गरि छठको घाट तैयार गर्ने सिँगार्ने काम गरिन्छ, जुन सामाजिक रुपमै समूहमै गर्ने हुनाले यसले सामाजिक सद्भाव र एकतालाइ दर्साउछ | बर्तालु संगै परिवारका अन्य सदश्यहरु नुहाई, चोखो भइ अर्घ्यको लागि आबश्यक पकवानहरु: ठाकुवा, भूसवा, खाजुरिया, पिरिकिया आदि छठ मात्रको निमित्त तैयार पारिएको माटोको चुल्होमा पकाइन्छ | यसरि तैयार पारिएको पकवान तथा अन्य फलफुल, साग–सब्जी, उखु, मुला, बेसारको झार आदिले अर्घ्य तैयार गरिन्छ र जलासयमा तैयार पारिएको पबित्र छठ घाटमा गइ अस्ताउँदो सुर्यलाइ पुजा आराधना गर्दै अर्घ्य दिईन्छ | छठ पर्वको अन्तिम अर्थात कार्तिक शुक्ल सप्तमीका बिहान पुन: ब्रह्म मुहुर्तमै ब्रतालुहरु छठ घाटमा पुग्छन र उदाउँदो सुर्यदेवलाइ अर्घ्य दिन्छन् |

सामाजिक संदेश:

भक्ति तथा आध्यात्मले ओतप्रोत यो महापर्वको सबभन्दा महत्वपूर्ण पक्ष यसको सरलता, पवित्रता एबंम लोकपक्ष रहेको छ | सामाजिक संरचनामा रहेको सबै तह-बर्गका जात-जति, समुहको यस महापर्वमा समान रुपको सहभागिता रहेको पाइन्छ | यस पर्वमा प्रयोग हुने बाँसका ढाकी (टोकरी), सुप (सुपा) र डगारी जस्ता सामाग्रीहरु तराई-मधेसमा रहेका डुम समुदायले तैयार परेका हुन्छन भने माटोबाट निर्मित कुरबार (बिशेष किसिमका गाग्री), हाथि, ठाकनहरु कुम्हार समुदायले तैयार परेका हुन्छन |

यस महापर्वका लागि फुल समाजमा रहेका माली समुदायले घर घरमा गइ पुर्याउने रिवाज रहेको छ | षष्ठी देवीको पुजा-आराधनाका लागि बजाइने बिशेष किसिमका सांगीतिक धुन तराई-मधेसका चमार (महरा) समुदायको जिम्मेबारि रहेको छ | छठ घाटमा समाजका सबै तह-बर्गका मानिसहरु एक-आपसमा सामाजिक सद्भावको उच्चतम नमुना प्रस्तुत गर्दै एकै रेखामा लामबध्द भइ गरिरहेका सुर्यका पुजा-आराधनाको दृश्य निश्चय नै सामाजीक सद्भाव तथा एकताको अनुपम नमुना हो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
आज लोक आस्थाको महापर्व छठ मनाइँदै

आज लोक आस्थाको महापर्व छठ मनाइँदै

समाजसेवी अशोक खड्काको गरिब र असहाय समुदायप्रतिको समर्पण

समाजसेवी अशोक खड्काको गरिब र असहाय समुदायप्रतिको समर्पण

सामाजिक न्याय र समानताको पक्षधर : नेता बिनोद साह

सामाजिक न्याय र समानताको पक्षधर : नेता बिनोद साह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .