No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ ?

रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ ?

एजेन्सी । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् ।  क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन तयार गरेको दाबी गरे । रुसको स्वास्थ मन्त्रालयमा यो भ्याक्सिन दर्ता भइसकेको छ । पुटिनले बताएअनुसार उनकी छोरीले यो भ्याक्सिनको डोज लिइसकेकी छिन् ।

रुसको दाबीपछि अहिले पुरै विश्वमा यसको चर्चा सुरु भएको छ  । के विश्व स्वास्थ संगठनले यसलाई अनुुमति देला ? यदि दियो भने कसरी यस भ्याक्सिनको प्रयोग अघि बढ्छ ? के भारतसहितका दक्षिण एशियाली देशमा यो भ्याक्सिन प्रयोगमा आउनेछ ? यी र यस्ता महत्वपूर्ण सवाललाई आउनुस् १० बुँदामा बुुझौं ।

१.रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ११ अगस्टमा टिभीमार्फत कोरोना भ्याक्सिन बनाइएको जानकारी विश्वलाई दिए ।  पुटिनकाअनुसार रुसले विश्वकै पहिलो कोरोना भ्याक्सिन बनाएको हो । करिब दुुई महिनाको ह्युमन ट्रायलपछि यो भ्याक्सिनलाई रुसमा अनुमति दिइएको उनले दाबी गरे ।

२.यस भ्याक्सिनको नाम ‘स्पुटनिक पाँचौ’ हो । यो नामको विशेष अर्थ छ । स्पुटनिक विश्वको पहिलो स्याटेलाईट हो, जसलाई सोभियत युनियनले १९५७ मा लन्च गरेको थियो । यही स्याटेलाईटसँग जोडेर संसारको पहिलो कोरोना भ्याक्सिनको नामाकरण गरिएको छ ।

३. पुुटिनका अनुसार भ्याक्सिनको पहिलो प्रयोगका लागि उनले आफ्ना दुुई छोरीमध्ये एकलाई रोजे । भ्याक्सिन लिएपछि पुटिनकी छोरीलाई हल्का ज्वरो आयो । कोरोना संक्रमित पाइएपछि उनलाई यो भ्याक्सिन दिइएको थियो । यसपछि उनको स्वास्थ तिव्र रुपले सुुधार भयो, एकै दिनमा ज्वरो पनि आफैं कम भयो ।

४.यो भ्याक्सिन रुसको गामालिया नेशनल सेन्टरले तयार गरेको हो । यस भ्याक्सिनका लागि एक अलग भाइरस ‘एडेनोभाइरस’ को प्रयोग गरिएको छ । यस्तै खाले भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालय र चीनमा पनि विकास हुँदैछ ।

५.रुसको रक्षा मन्त्रालयले भ्याक्सिन निर्माणमा गामालिया नेशनल सेन्टरलाई सहयोग गरेको छ । यसको क्लिनिकल ट्रायल १ सय प्रतिशत सफल भएको दाबी गरिएको छ । क्लिनिकल ट्रायल १८ जुनमा सुरु गरिएको थियो । यस ट्रायलमा ३८ स्वयंम्सेवक सहभागी थिए । ट्रायलका दौरानमा यी स्वयंम्सेवकमा भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकसित भएको थियो । ट्रायलपछि पहिलो समूहलाई १५ जुलाई र दोस्रो समूहलाई २० जुलाईमा डिस्चार्ज गरियो ।

६. अझैसम्म पनि यो भाइरसको अन्तिम ट्रायल पूरा भइसकेको छैन । यस्तोमा यसले स्वीकृति पाउने विषयलाई लिएर पनि प्रश्न खडा छ । यता, रुसी कम्पनी सिस्टेमाले यसै वर्षको अन्त्यसम्म भ्याक्सिनलाई ठूलो परिमाणमा उत्पादन गर्ने जानकारी दिएको छ ।

७. रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख किरिल डिमिट्रोभका अनुसार रुसलाई यसअघि नै २० भन्दा धेरै देशबाट यस भ्याक्सिनको १ अर्बभन्दा धेरै डोजका लागि माग आइसकेको छ । भ्याक्सिनलाई सेप्टेम्बर महिनाबाटै ठूलो परिमाण उत्पादन गर्न थालिने र अक्टुुबरमा अझै धेरै मात्रामा उत्पादन गर्ने लक्ष्य पनि रुसको छ ।

८. अनौठो कुरा त भ्याक्सिनलाई तेस्रो चरणको ट्रायल सुरु हुनभन्दा पहिले नै रुसी स्वास्थ मन्त्रालयले दर्ता गरिसकेको छ । फेज ३ को ट्रायलमा ठूलो संख्यामा सहभागीहरुलाई खोप लगाईन्छ । आम रुपमा यस ट्रायल सफल भएपछि मात्रै भ्याक्सिनलाई सर्वसाधारणको प्रयोगका लागि अनुमति दिइन्छ ।

९.भ्याक्सिनको एडभान्स क्लिनिकल ट्रायल अर्थात् तेस्रो चरणको ट्रायल १२ अगस्टदेखि सुरु हुँदैछ । यस ट्रायलमा युुएई, साउदी अरेबिया, फिलिपिन्स र ब्राजिल पनि समावेश हुनेछ । पहिलो र दोस्रो चरणको ट्रायल १ अगस्टमा पूरा भइसकेको छ । यो पनि भनिएको छ कि यस अवधिमा यो भ्याक्सिन ठूलो संख्यामा स्वयंम्सेवकहरुलाई दिइनेछ । रुस प्रशासनले यो पनि भनेको छ कि मेडिकल स्टाफ, टिचर्सलगायत व्यक्ति, जो ज्यादा जोखिममा छन्, उनीहरुलाई सबैभन्दा पहिले यो भ्याक्सिन दिइनेछ ।

१०. यसअघि विश्व स्वास्थ संगठनले तेस्रो चरणको ट्रायल समाप्त भएपछिमात्रै भ्याक्सिनले स्वीकृति पाउने जनाएको थियो ।  तेस्रो चरणको ट्रायलअघि नै कुनै भ्याक्सिनको उत्पादनका लागि लाइसेन्स जारी गर्नु निकै खतरनाक कदम हुने डब्ल्युएचओले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post
कलेजो बिग्रिएको कसरी थाहा पाउने ? यस्ता छन् ५ संकेत

कलेजो बिग्रिएको कसरी थाहा पाउने ? यस्ता छन् ५ संकेत

एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध

एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध

डेटिङ टिप्सः यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी

डेटिङ टिप्सः यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .