No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कांग्रेसका दुई महामन्त्रीले अघि सारेका प्रस्तावको अर्थ के हो, के पार्टीले स्वीकार्ला

कांग्रेसका दुई महामन्त्रीले अघि सारेका प्रस्तावको अर्थ के हो, के पार्टीले स्वीकार्ला

अहिले प्रतिनिधिसभाको सबै ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेले सत्ता गठबन्धन बनाएका छन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका छुट्टाछुट्टै प्रस्तावबारे उनीहरूसँग पार्टीका दुई उपसभापतिको उपस्थितिमा बिहीवार छलफल गरे। देउवाले थप छलफल गर्न शनिवार पार्टीका पदाधिकारीहरूको बैठक बोलाएका छन्।

बुधवारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीहरूले विशेष गरी गठबन्धन निर्माण र महत्त्वपूर्ण राजकीय पदहरू (राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री) एवं सांसद बन्न पाउने अवसर र त्यसको अवधि तोक्ने विषय उठाएका छन्।

गगन थापाले कांग्रेसले चुनावी गठबन्धन गर्नु नहुने कुरा उठाउँदै गत फागुन महिनामा प्रस्ताव पेस गरेका थिए। विश्वप्रकाश शर्माले पनि आफ्नो पुरानो प्रस्ताव संशोधन गर्दै राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई कार्यकाल, मन्त्री तीन कार्यकाल र सांसद चार कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने कुरा राखेका थिए।

नेपाली कांग्रेससँग निकट मानिने टिप्पणीकारहरूले यस प्रस्तावलाई पार्टीले जे जसरी अङ्गीकार गरे पनि त्यसले सङ्गठनभित्र “ठूलो तरङ्ग” सिर्जना गरेको बीबीसीलाई बताएका छन्।

उनीहरूका अनुसार कांग्रेसले चुनावअगाडि नै गठबन्धन गर्दाको प्रतिफल यसपालि भोग्नुपरेको र पार्टीभित्र नयाँ पुस्ताले नेतृत्व गर्ने अवसर नपाएको विषय उठिरहेको छ।

अहिले पार्टीको साङ्गठनिक क्षमता जाँच्नुपर्ने विषय पनि पेचिलो बनेको उनीहरूले औँल्याएका छन्।

गगन थापा

तस्बिर स्रोत,RSS

तस्बिरको क्याप्शन,गगन थापा चुनावमा गठबन्धन गर्नु नहुने पक्षमा उभिएका छन्

‘क्रियाशील सदस्यता बाँड्नै सकस’

गगन थापाको प्रस्ताव कांग्रेसलाई एक्लै प्रतिस्पर्धा गर्न सक्ने बनाउने उद्देश्यसहितको मध्यमार्ग भएको टिप्पणीकार शङ्कर तिवारी ठान्छन्। “त्यो भनेको गठबन्धनबारे नबोल्ने तर एकल बहुमतमा जान सक्ने अवस्था बन्ने गरी अगाडि बढ्ने भन्ने देखिन्छ,” उनी भन्छन्।

“पार्टी सभापतिको धारणा चुनाव जित्ने गरी गठबन्धन गर्ने भन्ने छ भने महामन्त्रीहरू बरु एउटा चुनाव हारेर फरक पर्दैन तर एक पटक हाम्रो वास्तविक अवस्था जाँच गरौँ भन्ने देखिन्छ।”

सङ्गठन विस्तारको जिम्मेवारी पाएका महामन्त्रीहरूले केन्द्रीय समितिको बैठकअघि दलको समानुपातिक मत घटेको अनि तराईदेखि पहाडसम्मै पुराना गढहरू गुमेको औँल्याएका छन्।

‍विश्वप्रकाश शर्मा

तस्बिर स्रोत,RSS

तस्बिरको क्याप्शन,‍विश्वप्रकाश शर्माले पार्टीबाट मुख्य राजकीय पदमा बस्नेहरूको कार्यकाल तोकिनुपर्ने कुरा उठाएका छन्

सङ्गठन विस्तारका क्रममा कांग्रेसको क्रियाशील सदस्यता बाँड्नुपर्ने बेला तल्लो तहबाट “अर्को चुनावमा कुन दललाई भोट हाल्नुपर्ने हो?” भन्दै त्यसका लागि उत्साह नदेखिएको महामन्त्रीहरूले पाएको जानकारहरू बताउँछन्।

“गठबन्धनकै कारण पुराना क्रियाशील सदस्यले नवीकरण गर्न उत्साह देखाएनन् र नयाँमा समेत अलमल देखियो,” तिवारी भन्छन्।

देशभरि घुमेका महामन्त्रीहरूले कार्यकर्ता र मतदाताको मनस्थिति बुझेपछि त्यही कुरा केन्द्रीय समितिमा प्रस्तुत गरेपछि त्यो केही नेताहरूको विषय नभई समग्र पार्टीलाई नै झकझक्याउने अवसर दिएको तिवारीको बुझाइ छ।

यस प्रस्तावबाट पार्टी नेतृत्वसँग नैतिक प्रश्न उठाएको भन्दै तिवारी भन्छन्: “कांग्रेस कार्यकर्ता भएर रूख चिह्नमा भोट हाल्न पाउनुपर्छ भन्ने माग गर्नु आधारभूत कुरामा पनि पार्टी किन डराएको?”

देउवा र प्रचण्ड

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,निर्वाचनपछि नेपाली कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो। तर पछि उक्त गठबन्धन भत्कियो

चुनावपछिको गठबन्धनप्रति लक्षित बहस

नेपालमा चुनावअघि गरिने गठबन्धनमा दलहरू विफल भएकाले अब त्यसको परिवेश नै “असान्दर्भिक” बनेको अर्का टिप्पणीकार गेजा शर्मा वाग्लेको भनाइ छ। “त्यसैले आफ्नै पार्टीको घोषणापत्र र साङ्गठनिक क्षमताका साथ चुनावमा जाने र त्यसमा बहुमत नआए त्यसपछि बल्ल गठबन्धन गर्ने कुरा उपयुक्त हुने देखिन्छ,” वाग्ले भन्छन्।

“त्यसैले कांग्रेसमा मात्र होइन, एउटा मुख्य दल भएकाले त्यसले राष्ट्रिय राजनीतिमै तरङ्ग सिर्जना गरेको देखिन्छ।”

नेपालको राजनीतिमा नेताहरूको प्रवेश र अवकाशको मितिको टुङ्गो नभएकाले पनि कांग्रेसभित्रको बहसको अर्थ महत्त्वपूर्ण ठानिएको छ। त्यसैले विश्वप्रकाश शर्माले प्रस्तुत गरेको कार्यकालको हदसम्बन्धी प्रस्ताव “आवश्यक” रहेको गेजा शर्मा वाग्ले बताउँछन्।

“त्यसले पार्टीभित्र राम्रै बहस सिर्जना गरेको छ। केन्द्रीय समितिबाट पारित हुने सम्भावना कम देखिए पनि त्यसको अर्कै प्रारूप बनाएर भए पनि कांग्रेसले सभापति, प्रधानमन्त्री हुने अवधिको हद, अवकाशको नीति बनाउनु आवश्यक हुन्छ।”

त्यसबाहेक कुनै पार्टी प्रमुखले चुनावमा जानुअघि आफूहरूसामु रहेको मत “चुनावमा गुमाएमा वा पार्टी पराजित भएमा” नैतिकताका आधारमा राजीनामा दिएमा समेत “नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्ने” टिप्पणीकार वाग्ले ठान्छन्।

के सभापति र अरू पदाधिकारीले स्वीकार गर्लान्?

शेरबहादुर देउवा

तस्बिर स्रोत,RSS

तस्बिरको क्याप्शन,शेरबहादुर देउवा । फाइल तस्बिर

टिप्पणीकार गेजा शर्मा वाग्लेका बुझाइमा कांग्रेसको नेतृत्व, संस्थापन र पुरानो पुस्ता यी दुवै पक्षप्रति लिएर सकारात्मक देखिँदैन।

“गगनजीको प्रस्तावलाई ‘रणनीतिक’ भन्दै त्यसलाई नीतिको रूप दिन संस्थापन पक्ष र पुरानो पुस्ता तयार देखिँदैन। तर महासमितिबाट पारित भइसकेको प्रस्तावको मूल उद्देश्यमाथि नै प्रश्न उठाउनु अस्वाभाविक हो । त्यसैले गगनजीको प्रस्ताव पारित गर्नु स्वयं कांग्रेसकै भविष्यका लागि आवश्यक छ,” उनी भन्छन्।

“तर यसले कांग्रेसको नेतृत्वमा एक्लै चुनावमा गएर जित्न नसकिने लघुताभास जुन देखिएको छ, त्यो भने आश्चर्यको विषय छ।”

शङ्कर तिवारी भने विश्वप्रकाश शर्माको प्रस्ताव सुन्नमा “कर्णप्रिय” लागे पनि त्यो व्यावहारिक नहुने धारणा राख्छन्।

“संसारमा कहीँ पनि सांसद कति पटकसम्म बन्न पाइने भन्ने तोकिएको हुँदैन। यसको अन्तर्य भनेको निर्वाचित नेतृत्वलाई जनताप्रति उत्तरदायी कसरी गराउने भन्ने मात्र हो।” उनले विश्वप्रकाश शर्माको प्रस्ताव त्यस दिशामा केन्द्रित हुनुपर्ने सुझाउँछन्।

“त्यो भनेको आमनिर्वाचनलगत्तै यदि पार्टी ठूलो दल भएन वा सरकारमा सहभागी हुन सकेन भने पार्टी नेताको पदावधि छ महिनामा सकिन्छ भन्ने जस्तो हुनुपर्छ,” तिवारी भन्छन्।

“यदि चार वर्षपछिको चुनावमा पार्टीको नेतृत्व गर्ने हो भने छ महिनाभित्र पार्टीको अधिवेशन गर। पार्टीको अधिवेशनभन्दा निर्वाचनको कार्यादेश ठूलो हो भन्ने कुरा जापानदेखि पश्चिमा लोकतन्त्रहरूमा स्थापित छ। नेपालमा हामीले त्यो स्थापित गराउन सकेका छैनौँ।” BBC Nepali

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
अमेरिकासहित १० देशले गरे टीआरसी विधेयकको स्वागत

अमेरिकासहित १० देशले गरे टीआरसी विधेयकको स्वागत

डोनाल्ड ट्रम्प विरुद्ध चुनाबमा हस्तक्षेपको मुद्दा फेरि चलाउन पुनरावेदन

डोनाल्ड ट्रम्प विरुद्ध चुनाबमा हस्तक्षेपको मुद्दा फेरि चलाउन पुनरावेदन

नयाँ सदस्यहरू निर्वाचित भएपछि भारतको राज्यसभामा पनि भाजपा गठबन्धनको बहुमत

नयाँ सदस्यहरू निर्वाचित भएपछि भारतको राज्यसभामा पनि भाजपा गठबन्धनको बहुमत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .