No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ढल्केबर-लोहारपट्टी १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा

धनुषाको ढल्केबरदेखि महोत्तरीको लोहारपट्टीसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण कार्य पूरा भएको छ।

ढल्केबर–लोहारपट्टी प्रसारण लाइन १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी बुधबारदेखि सञ्चालनमा ल्याइएको छ।

धनुषा र महोत्तरीका क्षेत्रमा विद्युत् आपूर्ति सुधार, बढ्दो मागको व्यवस्थापन, र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत् प्राधिकरणले करिब १ अर्ब १३ करोड रुपैयाँको लगानीमा यो आयोजना निर्माण गरेका हुन्।

डबल सर्किट प्रसारण लाइनको कुल लम्बाइ २३ किलोमिटर रहेको छ, जसका लागि ९१ वटा टावरहरू निर्माण गरिएका छन्।

लोहारपट्टी सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताका दुई पावर ट्रान्सफर्मर र १३२/११ केभी, २२.५ एमभीए क्षमताको एक ट्रान्सफर्मर स्थापना गरिएको छ, जसले समग्र सबस्टेसनको क्षमता ८२.५ एमभीए पुर्‍याएको छ।

यस सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि जनकपुर, जलेश्वर, गौशाला, र यदुकुवा वितरण केन्द्रअन्तर्गतका करिब डेढ लाख ग्राहकहरूले प्रत्यक्ष लाभ पाउने छन्।

प्राधिकरणका मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरका अनुसार यस आयोजनाबाट अब सो क्षेत्रमा चुहावट कम हुनुका साथै न्यून भोल्टेज, र बारम्बार विद्युत् विच्छेद (ट्रिपिङ) जस्ता समस्या समाधान भई समग्र विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, र गुणस्तरीय हुने छ।

यसअघि, यस क्षेत्रमा ढल्केबरबाट जनकपुरको मुजलिया हुँदै विद्युत् आपूर्ति हुँदै आएको थियो। तर, पुरानो लाइन लामो र क्षमताले नधान्दा न्यून भोल्टेज र ट्रिपिङ जस्ता समस्या देखिएका थिए।

नयाँ संरचनाबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका चार वटा फिडर निकाल्न सकिने गरी व्यवस्था गरिएको छ, जसमा जलेश्वरका लागि दुई, गौशाला र जनकपुरका लागि एक–एक फिडर निर्माण गरिएको छ। जनकपुरतर्फको एउटा फिडर निर्माण सम्पन्न गरी चालु गरिएको छ।

यस्तै, लोहारपट्टी सबस्टेसन वरपरको क्षेत्रका लागि ११ केभीका चार वटा फिडर लाइन निकाल्न सकिने व्यवस्था गरिएको छ, जसमा दुई वटा फिडर निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। यो प्रसारण लाइन आयोजना लगभग तीन वर्षअघि सुरु गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
बंगलादेशमा शेख हसिनाविरुद्ध ९ वर्ष पुरानो घटनामा अपहरण मुद्दा दर्ता

अमेरिकी टिभी शो ‘फ्रेन्ड्स’का अभिनेता म्याथ्यु पेरीको मृत्युको मामिलामा एक व्यक्ति पक्राउ

प्रादेशिक अस्पताल जनकपुरमा डाक्टरले आफ्नै रगत दिएर अपरेसन गरी बचाए महिलाको ज्यान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .