No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रादेशिक अस्पताल सिरहाका पूर्वमेसु र चिकित्सकविरुद्ध जाहेरी

प्रादेशिक अस्पताल सिरहाका पूर्वमेसु र चिकित्सकविरुद्ध जाहेरी
सिरहा । उपचारमा लापरबाही गरेको भन्दै प्रादेशिक अस्पताल सिराहका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट (मेसु) र अर्का एक जना चिकित्सकविरुद्ध जाहेरी परेको छ ।
तत्कालीन मेसु डा. नागेन्द्रप्रसाद यादव र चिकित्सक सन्तोष गोइतविरुद्ध जाहेरी परेको हो ।फिस्टुलाको अपरेशनको क्रममा दुवै घुँडामा करेन्ट लगाएर गम्भीर घाउ बनाइदिएको भन्दै सिरहाको कल्याणपुर नगरपालिका-१२ बेल्हाका २४ वर्षीय रामबाबु महतोले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् ।पीडित महतोले जिल्ला हुलाक कार्यालयमार्फत आइतबार जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराएका हुन् ।प्रहरीले जाहेरी लिन नमानेपछि हुलाक कार्यालय मार्फत दर्ता गराएको पीडित महतोले बताए ।
मलद्वारमा समस्या भएपछि ६ चैतमा अस्पतालमा भर्ना भएका महतोको भोलिपल्ट ७ चैतमा फिस्टुलाको शल्यक्रिया भएको थियो ।अपरेसन थिएटरबाट निकाल्दा उनको देब्रे घुँडाको छाला बढी र दाहिने घुँडामुनि पनि ३ ठाउँमा हल्का-हल्का जलेको थियो ।शल्यक्रिया अस्पतालका तत्कालीन मेसुसमेत रहेका सर्जन डा. यादवले गरेका थिए । शल्यक्रिया गरेको उनले स्वयम् स्वीकार गरिसकेका छन् । त्यसबेलाका मेसु यादवले औषधि उपचारको सम्पूर्ण खर्च बेर्होर्ने आश्वासन दिएका थिए ।
पीडित महतोसोही अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । २८ चैतमा मेसु डा. नागेन्द्र यादवको राजविराजस्थित गणेजन्द्रनारायण सगरमाथा अस्पतालमा सरुवा भयो । उनी अहिले त्यहाँका निमित मेसु छन् ।
घाउ बल्झिदा महतोलाई भने सिरहा अस्पतालले १८ वैशाखमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिदियो । दाहिने घुँडाको तीन ठाउँमा डढेको घाउ निको भएपनि देब्रे घुँडाको घाउ अहिलेसम्म निको भएको छैन ।
उपचारमा हालसम्म तीन लाख रुपैयाँ खर्च भइसकेको रामबाबु बताउँछन् । स्थानीय एक पेट्रोल पम्पमा काम गरेर जीवीकोपार्जन गर्ने रामबाबु उल्टै उपचारको क्रममा ऋणको भारी बोक्न बाध्य भएको बताउँछन् ।
क्षतिपूर्ति र लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गर्दै घुँडामा भएको घाउ बोकेर उनी न्यायको लागि भौतारिरहेका छन् ।
३३ लाख क्षतिपूर्तिसहित कारबाहीको माग
मेसुसहित चिकित्सको चरम लापरबाहीले आफ्नो यस्तो अवस्था आएको भन्दै पीडित रामबाबुले हालसम्म आफ्नो फिस्टुलाको घाउ पनि निको नभएको गुनासो गरेका छन् । ‘फिस्टुलामा अहिले पनि समस्या छ र निको भएको छैन । फिस्टुलाको उपचार गर्न गएकोमा सोको उपचार राम्रोसँग भएन बरु बढ्यो भने मलाइ खुट्टामा विपक्षीहरुवाट लापरबाही गरेर जलाएर झनै कडा रोगको सिकार भएको छु,’ उनको जाहेरीमा उल्लेख छ ।
उनले उपचार गराउन लागेको खर्च, अगामी दिनमा लाग्ने खर्चसहित १३ लाख र उपचारमा लापरबाही गर्ने मेसुसहित चिकित्सकबाट २० लाख गरी ३३ लाख रुपैयाँ क्षतिपूर्ति दिलाइदिन जाहेरीमा माग गरिएको छ ।
‘उपचारमा रु ७ लाख खर्च भएको र ६ लाख अब लाग्ने भएको र क्षतिपूर्तिबापत २० लाख गरी जम्मा ३३,००,०००/- विपक्षीहरुबाट दिलाई पछि रोग बढेमा सोको समेत उपचार गराई लापरबाही साथ सो कार्य गरेकोले निज विपक्षीहरुलाई हदैसम्म कैद सजाय गरी पाउँ,’ जाहेरीमा लेखिएको छ ।
लापरबाही भएको पुष्टि
रामबाबुले सूचनाको हक प्रयोग गरी आफ्नो शल्यक्रियासहितको उपचारको कागजात अस्पतालबाट लिएका छन् । जसमा शल्यक्रियाको क्रममा त्रुटि भएको रेडर्कडमा पाइएको छ । जसमा ६ गते नै शल्यक्रिया भएको लेखिएको छ भने ७ गते शल्यक्रिया गर्न दिइने एनेसथेसियाले बेहोस गरेको देखिन्छ ।
शल्यक्रियामा अस्पतालमा विज्ञ डाक्टरले अपरेसन गर्नु पर्नेमा बिचैमा सर्जन मेसुले छोडेर गएको र असम्बन्धित एमबीबीएस डाक्टर सन्तोष गोइतले शल्यक्रिया गरेका छन् । जसमा उनको हस्ताक्षर छ । शैलेन्द्र महतो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
बारामा माछा खाएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु

बारामा माछा खाएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु

सप्तरीमा ट्रक सडकबाट खस्दा च्यापेर चालकको मृत्यु

सप्तरीमा ट्रक सडकबाट खस्दा च्यापेर चालकको मृत्यु

अमेरिकाले भन्योः बङ्गलादेशको परिवर्तनमा हाम्रो हात छैन, अफवाह मात्रै हो

अमेरिकाले भन्योः बङ्गलादेशको परिवर्तनमा हाम्रो हात छैन, अफवाह मात्रै हो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .