No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हसिना पलायनपछिको बंगलादेश

हसिना पलायनपछिको बंगलादेश

रमेश घिमिरे

काठमाडौँ । पालसँग सीमा नजोडिए पनि पूर्वी सीमा काँकडभिट्टाबाट २० किलोमिटरभन्दा कम दुरीमा बंगलादेश रहेको छ। हालको बंगलादेश सन् १९७१ भन्दा पहिले पूर्वी पाकिस्तानका रूपमा चिनिन्थ्यो। पूर्वी पाकिस्तानलाई पाकिस्तानबाट स्वतन्त्र गराउन शेख हसिनाका पिता शेख मुजिबुर रहमानको नेतृत्वमा ‘मुक्ति बाहिनी सेना’को गठन भयो र १६ डिसेम्बर १९७१ मा भारतीय सेनाको प्रत्यक्ष हस्तक्षेप र सहयोगमा दक्षिण एसियामा नयाँ राष्ट्र बंगलादेशको उदय भयो।

सन् १९७२ मा ती मुक्तियोद्धालाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्था गरियो। पछि गएर यो आरक्षण उनीहरूका सन्तान दरसन्तानले समेत पाउने व्यवस्था गरियो। विद्यार्थीहरूको मुख्य विरोध यही आरक्षण व्यवस्थामा थियो। यसबाहेक १० प्रतिशत महिला, १० प्रतिशत पिछडिएका जिल्लाका व्यक्तिका लागि, पाँच प्रतिशत अल्पसंख्यक र एक प्रतिशत विकलांगहरूका लागि छुट्याइएको थियो।

छात्रहरूको आन्दोलन चर्किंदै गएपछि बंगलादेशको सुप्रिम कोर्टले सरकारी आरक्षण व्यवस्थासम्बन्धी परेको रिटको सुनुवाइ गर्दै एक आदेशमा भनेको छ-९३ प्रतिशत भर्ती योग्यताको आधारमा हुनेछ। बाँकी सात प्रतिशतमा पाँच प्रतिशत मुक्ति योद्धाहरूका लागि, एक प्रतिशत जनजाति समुदाय र एक प्रतिशत विकलांग वा लैगिंक तथा यौनिक अल्पसंख्यकलाई हुनेछ।

शेख हसिना विश्वमा सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहने महिला हुन्। उनले शेख हसिनाले मुलुकलाई विपक्षीविहीन गर्न कुनै कसर छाडेकी थिइनन्। छात्रहरूको मुख्य आक्रोश यसैमा थियो तर हसिनाले मागको विरोधमा तिनैमाथि जुन दमनचक्र चलाइन्, त्यसले गर्दा आन्दोलन जनविद्रोहमा परिणत भयो।

बंगलादेशले हसिनाको २० वर्षे बर्बर शासनबाट उन्मुक्ति पाएको छ। बंगलादेशी जनताले यसलाई बंगलादेशले दोस्रो स्वतन्त्रता भनेका छन्। उनी सत्ताच्युत भएर भारत भाग्नुपरेको छ र बंगलादेशी छात्र आन्दोलनको सफलताको एउटा अर्को इतिहास रचिएको छ।

बंगलादेशमा विद्यार्थी आन्दोलनको इतिहास गौरवमय छ। १९५२ मा जब बंगलादेश नै बनेको थिएन, त्यतिबेला पाकिस्तान सरकारले ‘एक देश, एक भाषा’ भन्दै उर्दु भाषालाई सरकारी कामकाजको भाषा बनायो, यसविरुद्ध पूर्वी पाकिस्तानका विद्यार्थी आन्दोलनमा उत्रिए र पाकिस्तान सरकार घुँडा टेक्न बाध्य भयो अनि पूर्वी पाकिस्तानका लागि बंगाली भाषाले सरकारी भाषाको मान्यता प्राप्त ग¥यो।

अबको बंगलादेश

सन् २००६ मा शान्तिका लागि नोबेल पुरस्कार प्राप्त ८४ वर्षीय मोहम्मद युनुस अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्त भएका छन्। पेरिसमा उपचार गराइरहेका उनी पदको शपथ लिन बंगलादेश पुगिसकेका छन्। उनी गरिबका बैंकर भनेर चिनिन्छन्। उनले ग्रामीण विकास बैंकको माध्यमबाट लाखौंलाई गरिबीको रेखामाथि उठाएका उनी अन्तर्राष्ट्रिय जगत्मै चर्चित व्यक्तित्व हुन्।

ढाका विमानस्थलमा उनलाई उच्च सैनिक अधिकारी र विद्यार्थी नेताहरूले स्वागत गरेका थिए। शेख हसिनाका कटु आलोचक अर्थशास्त्री युनुसले विमानस्थलमा भने– हाम्रो मुलुक अपार आर्थिक सम्भावना भएको सुन्दर मुलुक हो।

आन्दोलनकारी विद्यार्थीहरूले हाम्रो मुलुक र मुलुकको स्वतन्त्रताको रक्षा गरेका छन्। यसलाई हामीले मिलेर जोगाउनुपर्छ। विद्यार्थीहरूले हामीलाई जुन बाटो देखाएका छन्, त्यही बाटोबाट हामी अघि बढ्नुपर्छ। हामीले मुलुकलाई तानाशाहीबाट जान जोगाएका छौं। सरकारी अधिकारीहरू र सुरक्षा अंगका प्रमुखहरू अब एक परिवार भएर अघि बढ्नुपर्छ।

सेना प्रमुख जनरल वाकर उज–जमानले राजनीतिक दल र समाजका अगुवाहरूसँग छलफलपछि भनेका छन्– अन्तरिम सरकार १५ सदस्यीय हुनेछ र यस अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले गर्नेछन् र यसका साथसाथै निम्न व्यक्तित्वहरूको प्रमुख भूमिका रहने सम्भावना छ।

बेगम खालिदा जिया

खालिदा जिया बंगलादेशको प्रथम महिला प्रधानमन्त्री हुनुका साथसाथै प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का नेता हुन्। उनी दुई पटक प्रधानमनन्त्री भइन्। जिया हसिनाको कट्टर विरोधी हुन्।

हसिनाको पतनपछि मात्र उनी नजरबन्दबाट रिहा भएकी हुन्। बिएनपीले यो भन्दा पहिले भएको दुवै आमचुनावको बहिष्कार गरेको थियो। बंगलादेशी जनताको आक्रोश बढ्नुमा यो पनि एउटा प्रमुख कारण हो किनभने हसिनाले निर्मम तरिकाले विपक्षीलाई दमन गरेर शासन गरेकी थिइन्।

सेना प्रमुख वाकर उज–जमान

५८ वर्षीय जनरल जमानले गत जुनमा मात्र सेना प्रमुखको तीनवर्षे कार्यकाल सम्हालेका हुन्। उनी हसिनाका टाढाका नातेदार भएर पनि आमजनतामा सेनाको प्रतिष्ठा जोगाउन हसिनाको साथ छोडेर जुन साहस देखाए, त्यसले गर्दा उनी बंगलादेशको राजनीतिक परिदृश्यमा प्रमुखतासाथ देखा परेका छन्। उनले नै हसिनालाई देश छाड्न बाध्य पारेका थिए भन्ने समेत बताइन्छ। जमानले नै राष्ट्रपति, विपक्षी दलहरू, नागरिक अगुवा र आन्दोलनकारी विद्यार्थी नेताहरूसँग गम्भीर विचार विमर्श गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए।

विद्यार्थी नेता नाहिद इस्लाम

२६ वर्षीय इस्लाम आन्दोलनको क्रममा उदाएका प्रमुख विद्यार्थी हुन्। इस्लामले नै युनुसको नाम र अन्तरिम सरकार र त्यसको संख्याबारे पहिलोचोटि बोलेका थिए। यसबाहेक हसिना सरकारमा सल्लाहकारको भूमिकामा रहेका शेख हसिनाका ५३ वर्षीय छोरा साजीव वाजेद जोय (जो हाल अमेरिकामा बस्छन्) बंगलादेश अवामी पार्टीका नेता पनि हुन्। उनको पनि केही भूमिका हुने सम्भावना देखिन्छ।

अन्तरिम सरकार प्रमुख युनुसका अगाडि चुनौतीका चाङ त छन् तर उनलाई समाजका सबै पक्षको समर्थन भएकाले बंगलादेशलाई सही बाटोमा ल्याएर तीन महिनाभित्रमा चुनाव गराउनु उनको प्रमुख दायित्व हो। नेपाल सरकारले भौगोलिक रूपले अत्यन्त नजिकको दक्षिण एसियाली राष्ट्र बंगलादेशको नयाँ अन्तरिम सरकारसँग राम्रो सम्बन्ध राख्न ढिला गर्नु हुँदैन। nagariknews

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
आज नागपञ्चमी पर्व मनाइँदै

आज नागपञ्चमी पर्व मनाइँदै

बंगलादेशको हिंसामा अमेरिकाको हात छ ?

बंगलादेशको हिंसामा अमेरिकाको हात छ ?

युक्रेनी सेना आएपछि रुसले एक क्षेत्रमा संकटकाल लगायो

युक्रेनी सेना आएपछि रुसले एक क्षेत्रमा संकटकाल लगायो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .