No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पार्टीभित्रै घेराबन्दीमा प्रचण्ड

पार्टीभित्रै घेराबन्दीमा प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रभित्र नेताहरुबीच तीव्र विचलन देखिएको भन्दै पार्टी आवाज उठ्न थालेको छ। सरकारमा हुँदा नै नेता र कार्यकर्ताको व्यवस्थापनलाई लिएर भएको विवादले भित्रभित्रै उकुसमुकुस भएको नेताहरुले बताएका छन्।

माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले जनताको असली पार्टी बनाउने र आगामी निर्वाचनमा कोही कसैसँग पनि गठबन्धन नगरी भाग लिने बताउँदै आएका छन्। निर्वाचन आउन तीन वर्ष बाँकी हुँदा नै गरिएको यस्ता निर्णणको औचित्य नहुने नेताहरुले बताएका छन्।

निर्वाचनको बेला आवश्यकता र औचित्यको आधारमा सहकार्य गर्न सकिने भन्दै कुनै न कुनै दलसँग माओवादीको गठबन्धन हुने निश्चित रहेको स्वयं माओवादी नेताहरुको भनाइ छ।

खासगरी माओवादीभित्र उपमहासचिव जनार्दन शर्मा लगायतका नेताहरुले आफ्नो छट्टै समूह निर्माण गरी अध्यक्षका निर्णयमा फरक मत राखिरहेका छन्। त्यसमा अर्का उपमहासचिव हरिबोल गजुरेल मिसिएका छन्।

शर्माले खुला रुपमा आफ्ना अभिव्यक्तिहरु नदिएको भए पनि गजुरेलले बुधबार पार्टी बैठकमै राजीनामाको घोषणा गरे। पाँच दिनसम्म चलेको बैठकमा लिखित रूपमा असहमति राख्दै उनले पार्टीका सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेका थिए।

‘पदाधिकारीले सरकार राजदूतसहित अन्य नियुक्तिको विषयमा ठीक योजना र नीति बनाउन नसकेकाले सबैले राजीनामा दिनुपर्छ। अरू कसैले राजीनामा नदिए म एक्लै भएपछि दिन्छु, त्यो कुरा अध्यक्षबाट आउनपर्यो,’ बैठकमा उपमहासचिव गजुरेलले लिखित पत्र बैठकमा वाचन गर्दै आफ पद त्याग्न तयार रहेको सुनाएका थिए।

माआवादीभित्र यतिबला तीन वटा समूह सक्रिय छन्। काभ्रेका अर्जुन लामा हत्या प्रकरणमा सर्वोच्च अदालतबाट अग्निप्रसाद सापकाटाको प्रतिकुल फैसला आएमा त्यसको जिम्मेवार पार्टी अध्यक्ष नै हुनुपर्ने भन्दै सापकोटा परिवारले यतिबेला प्रचण्डलाई दबाबमा राखेको छ।

सचेतक हितराज पाण्डे पनि प्रचण्डसँग असन्तुष्ट रहेका छन्। मातृका यादव, चक्रपाणी खनाल, रेखा शर्मा लगायतका नेताहरुले पनि नेतृत्वको विषयमा फरक धारणा राखेका कारण नेताको मात्र होइन आफन्तबाट पनि प्रचण्ड घेराबन्दीमा परेका छन्।

खासगरी गजुरेल र शर्माको असन्तुष्टि भने कार्यालयदेखि राष्ट्रिय सभा अध्यक्षसम्म प्रचण्डले आफन्तलाई प्राथमिकतामा राखेका कारण रहेको देखिन्छ। राष्ट्रिय सभा निर्वाचनमा अध्यक्ष प्रचण्डका भाइ नारायण दाहाललाई अध्यक्ष बनाइएकोप्रति उनले गम्भीर असन्तुष्टि जनाएका छन्।

उनले नेताहरूको जिम्मेवारी दिँदा गरेको गल्तीले नेतृत्वको अक्षमता छताछल्ल भएको भन्दै ढिला नगरी सच्याउन आग्रह गरेका थिए। माक्र्सवादको नीति, विचार र विधिबाट पार्टी च्यूत भएको गजुरेलको ठम्याइ थियो।

यस्तै पार्टीको बैठकमा नेताहरूले औपचारिक रूपमा पेस गरेको राजनीतिक विषयवस्तुप्रति कसैको चासो र चिन्ता नभएको र त्यसमा छलफलसमेत नभएकोमा उनको असन्तुष्टि रहेको छ।

आठौँ महाधिवेशनमा ४६ जनाको स्थायी समिति निर्माण गर्दा जम्मा १५ जना मात्र पदाधिकारी हुनुपर्नेमा २१ जना बनाएर विधि र पद्धति मात्र नभई विधानकै उल्लंघन भएको भन्दै उनले आपत्ति जनाएका छन्।

पार्टी दिनानुदिन साँघुरिँदै गएकोमा अर्का उपमहासचिव शर्माले चिन्ता व्यक्त गर्दा प्रचण्डले जनताको माझमा गएर पार्टीलाई एक नम्बरको बनाउने बताएका थिए। तर शर्माले यही अवस्थामा पार्टी झन् रसातलमा पुग्ने बताएका थिए।

यतिबेला पार्टीभित्र शर्मालाई हेर्ने दष्टिकोणसमेत बदलिएको एक पदाधिकारीले बताए। पछिल्लो पटक वर्षमान पुनसँग नजिक रहेका प्रचण्डले शर्माको भनाइलाई बेवास्ता गर्न थालेका छन्।

प्रचण्डकै विश्वासपात्र मानिएका अग्नि सापकाटाले पनि वर्गीय दृष्टिकोण बोध भएको र वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको बताएका थिए। बैठकमा शुद्धीकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाएर जनतामा र वर्ग समुदायमा जाने निष्कर्ष निकाल्नुपर्नेमा मूल नेतत्वले बेलाबखत बाटो बिराएको आरोपसमेत लगाएका थिए।

बैठकमा अधिकांशले पार्टी शुद्धीकरण र जनतामा जाने कुरामा जोड दिएका थिए। पार्टीभित्र नेतृत्वको आलोचना हुन थालेपछि सुदन किराँती। माआवादीभित्र बैठक औपचारिक रूपमा मुद्दाले प्रवेश पाइसकेको र बाहिर पनि सषुप्त रूपमा नेताहरुले प्रश्न उठाउन थालेपछि किराती खुलेर प्रचण्डको पक्षमा लागेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
साउनको तेस्रो सोमबार आज, महादेव मन्दिरमा भक्तजनको भीड

साउनको तेस्रो सोमबार आज, महादेव मन्दिरमा भक्तजनको भीड

१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन भारत गइन्?

१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन भारत गइन्?

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .