No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विश्वसनीय सेवा प्रति सरकार गम्भिर रहने : मन्त्री सिंह

विश्वसनीय सेवा प्रति सरकार गम्भिर रहने : मन्त्री सिंह

जनकपुधाम – किशोर किशोरी मैत्री सेवा प्रदेशभरि लागु गर्ने स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले वताएका छन् । प्रदेश सरकार र स्थानीय सरकार मातहतमा रहेको स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान प्रति सरकार गम्भिर रहेको वताए । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि कार्ययोजना तयार गरि कार्य गरिरहेको वताए ।
युएएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले “किशोरकिशोरीमैत्री स्थानीय सरकार, सुनिश्चित भविष्यको सुरुवात” भन्ने मूलनाराका साथ प्रथम नगर स्तरीय किशोरकिशोरी सम्मेलनको प्रमुख अतिथी समेत रहेका मन्त्री सिंहले भने स्वास्थ्य क्षेत्र अतिसंवेदनशिल क्षेत्र रहेको र किशोर किशोरी देशको मेरुदण्डको रुपमा रहेकोले उनीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नु र पाउनु मौलिक अधिकार रहेकोले समयमा उचित सेवा तथा गोपनीयता रहने गरी स्वास्थ्यकर्मी तथा स्थानीय सरकारलाई निर्देशन समेत दिए ।
मन्त्री सिंहले भने स्थानीय सरकारलाई नीति तथा कार्यक्रममा किशोरकिशोरीहरुलाई सहज रुपमा सहभागीता गराउनु पर्ने वताए । यस सम्मेलनमा सहभागी किशोर किशोरीहरुको सहभागिताले पनि देखाएको छ कि युवाहरु सचेत भएको र आफनो अधिकार खोज्न थालेको देखिन्छ । तसर्थ अवका दिनमा स्थानीय सरकार र प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा किशोर किशोरीलाई सेवा संग योजना प्रक्रियामा समेत सहभागिता वढाउने प्रतिवद्ध जाहेर गरेका छन् ।
किशोरी किशोरी मैत्री नगर वनाउनका लागि १५ बुदें क्षीरेश्वरनाथ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनले १५ बुदें घोषणा पत्र जारी गरेको छ ।
घोषणा पत्रमा किशोरकिशोरीमैत्री नीति, युवाहरुको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्नको लागि वडा स्तरीय योजना छनौट,कार्यान्वय तथा अनुगमन र मुल्यांकनका प्रक्रियामा सहभागी गराउने, हानिकारक परम्परागत अभ्यासहरु (वालविवाह, दाईजो प्रथा, वोक्सी प्रथा, छुवाछुत, लैङ्गिक विभेद तथा अन्य अन्धविश्वासहरु) का विरुद्ध युवाहरुसंग समन्वय र सहकार्य गरी क्रियाकलापहरु संचालन गर्ने साथै, स्थानीय कलासंस्कृति तथा रीतिरिवाजहरुको संरक्षण तथा सम्बद्र्धृन गर्न यूवा क्लव तथा विधालय स्तरमा सांस्कृतिम कार्यक्रमहरु संचालन गरी किशोरकिशोरी तथा युवाहरुलाई समाज तथा राष्ट्र प्रति जिम्मेवार र उत्तरदायी वनाउन प्रतिवद्ध पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्मेलनमा विशिष्ट अतिथिको समेत रहेका नगर उप–प्रमुख रचना माथेमाले भनिन किशोरकिशोरी मैत्री नगर वनाउनका लागि हामी तत्पर रहेको वताए । समाजमा देखिएका विकृतिहरुलाई न्यूनिकरण गर्नका लागि नगरले विभिन्न संघसंस्थाहरुसंग समन्वयमा क्रियाकलापहरु समेत संचालन गर्दै आइरहेका पनि वताए । उप प्रमुख माथेमाले सम्मेलनमा नगरपालिकाको अवधारण पत्र समेत प्रस्तुत गरेका थिए ।
सम्मेलनमा युएएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजनाका मधेश प्रदेश संयोजक विजय झा ले भने स्वास्थ्यको क्षेत्रमा किशोरकिशोरीमा देखिएका समस्या दिनानुदिन बढ्दै गइरहेकोले यसलाई न्युनिकरण गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका थिए ।
उनले भने परियोजनाले मधेशको ६ वटा जिल्लामा संचालन गरेको कार्यक्रमले मात्र समस्याको समाधान हुन नसक्ने हुदाँ सरकारले यसलाई अपनत्व लिई स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानमा सवैलाई लाग्न अपिल गरे । समाजमा देखिएका समस्या न्युनिकरण गर्नका लागि सामाजिक व्यवहार परिवर्तन उतिनै आवश्यक रहेको वताए । व्यवहार परिवर्तन भए धेरै स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरु समाधान हुने र समाजमा देखिएका वेमेल तथा सामाजिक विकृतिहरु समेत न्यूनिकरण हुने विश्वास व्यक्त गरे ।
सम्मेलनमा शिक्षाका शाखाका प्रतिनिधी कासिमले स्वागत संगै उद्धेश्यवारे प्रष्ट गरेका थिए । उनले भने किशोर किशोरी मैत्री वनाउनका लागि पालिकाले शिक्षा,स्वास्थ्यमा धेरै काम गरेपनि अझ धेरै गर्न वाकीँ रहेको भन्दै प्रदेश सरकारले स्थानीय सरकारलाई सहयोग गरी समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
सम्मेलनमा विभिन्न कुरिति र हानिकार परम्परागत अभ्यास विरुद्ध सचेतना मुलक नाटकहरु समेत प्रस्तुत गरेका थिए । वालविवाह,दहजे प्रथा,लागुपदार्थ दुव्र्यशन विरुद्धको नाटक विधालय तथा युवा कल्बले प्रदर्शन गरेका थिए भने मौलिकता झल्किने सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए । सम्मेलनमा नगर भरिका करिब १ सय ५० जना किशोरकिशोरी, जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post
फेर्वेलमा विद्यार्थी सकृय

फेर्वेलमा विद्यार्थी सकृय

राष्ट्रिय एकता अभियानद्वारा पोखरा विमानस्थलको विषयमा सार्वजनिक बहस: भ्रष्टाचार छानबिनको माग

राष्ट्रिय एकता अभियानद्वारा पोखरा विमानस्थलको विषयमा सार्वजनिक बहस: भ्रष्टाचार छानबिनको माग

असई थमन विक हत्या प्रकरणमा पूर्व प्रदेश सांसद कौशल यादव पक्राउ

असई थमन विक हत्या प्रकरणमा पूर्व प्रदेश सांसद कौशल यादव पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .